१६ आश्विन २०८१ बुधबार
image/svg+xml

पाँच हजार २ सय ११ खेलाडी सहभागी हुने

वि.सं. २०३८ सालदेखिको इतिहास बोकेको नेपाली खेलकुदको महाकुम्भ राष्ट्रिय खेलकुदको आठौं संस्करणमा पाँच हजार २ सय ११ खेलाडीले ३ सय ७२ स्वर्ण पदकका लागि चुनौती प्रस्तुत गर्ने भएका छन्।

आठौं राष्ट्रिय खेलकुदको तालिका सार्वजनिक

प्रदेश नम्बर ५ मा आगामी वैशाख ५ गतेदेखि हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका धेरैजसो खेल बाँकेमा हुने भएको छ। शुक्रबार आठौं राष्ट्रिय खेलकुदको मिति घोषणा भएसँगै राष्ट्रिय खेलकुद परिषद्ले शनिबार जारी गरेको खेलतालिका अनुसार बाँकेमा १७ वटा खेल हुनेछ।

आठौं राष्ट्रिय खेलकुद वैशाखमा गर्ने राखेपको निर्णय

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आठौं राष्ट्रिय राष्ट्रिय खेलकुद प्रतियोगिता वैशाखमा गर्ने निर्णय गरेको छ। प्रतियोगिता वैशाख ५ देखि ११ गतेसम्म प्रदेश नम्बर ५ मा सञ्चालन हुने छ। प्रतियोगिता सम्बन्धी औपचारिक जानकारी राखेपले भोलि पत्रकार सम्मेलन गरेर दिने छ।

खेलाडी चोटमुक्त हुँदा अस्ट्रेलिया उत्साही

एकदिवसीय विश्वकप क्रिकेट उपाधि रक्षाको अभियानामा रहेको अस्ट्रेलिया तीव्र गतिका बलर मिचेल स्टार्क र जस हाज्लेउड चोटमुक्त हुँदै अभ्यासमा फर्किने संकेत गरेसँगै उत्साही बनेको छ।

आठौं राष्ट्रिय खेलकुदमा समन्वय भएन

नेपालगन्जमा आठौं राष्ट्रिय प्रतियोगिताको तयारी भइरहँदा यहाँका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदकधारी पूर्वखेलाडीले चरम असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूले राष्ट्रिय खेलकुद प्रतियोगिता हतारमा गरेर नेपालगन्जको बेइज्जत नगरिदिन बुधबार सरोकारवाला निकायलाई सचेत  गराए।

दोस्रो अभ्यास खेलमा कुवेतसँग नेपाल पराजित

कुवेतसँगको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय फुटबल टोली १–० ले पराजित भएको छ। नेपाल पहिलो खेलमा गोलरहित बराबरीमा रोकिएको थियो। खेलको २९ औं मिनेटमा कुवेतले पेनाल्टीमार्फत निर्णायक गोल गरेको हो।

आधिकारिक निर्णय भएको छैन : मन्त्री विश्वकर्मा

सदस्यसचिवले आठाैं राष्ट्रिय खेलकुदको नयाँ मिति घोषणा गरेको एक दिन बित्न नपाउँदै युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार विश्वकर्माले फरक धारणा राखेका छन्।

गैरआवासीय २४ खेलाडी सहभागी हुने

बालुवाटारस्थित गैरआवासीय नेपाल संघको कार्यालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा एनआरएनएका तर्फका विमलासँगै कुल आठ खेलका २४ खेलाडीले प्रतिस्पर्धा गर्ने जानकारी दिइएको हो। यसअघि राष्ट्रिय खेलकुद परिषद्सँग गैरआवासीय खेलाडीलाई पनि राष्ट्रिय खेलकुदमा समावेश गर्ने सम्झौता भएअनुरूप संघले खेलाडीको नाम सार्वजनिक गरेको हो।

आठौं राष्ट्रिय खेलकुदको नयाँ मिति, प्रतियोगिता चैत २७ बाट

छलफलका क्रममा सदस्यसचिव विष्टले चैत २७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतियोगिताको उद्घाटन गर्ने बताए। प्रतियोगिता वैशाख ३ गतेसम्म चल्ने बताइएको छ।

आइपिएलको नयाँ संस्करण आजबाट, उद्घाटन खेलमा धोनी र कोहलीको टिम भिड्दै

विश्वकै सर्वाधिक लोकप्रिय इण्डियन प्रिमियर लिग (आइपिएल) को १२ औं संस्करण शनिबारदेखि सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन खेलमा चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुनेछ।

भरपर्दा खेलाडीलाई विश्राम दिँदा युवा क्रिकेट टोली पराजित

भरपर्दा खेलाडीलाई विश्राम दिएको खेलमा नेपालको यु–१९ क्रिकेट टोलीले भारतको आन्ध्र प्रदेश यु–१९ टोलीसँगको दोस्रो अभ्यासमा हार बेहोरेको छ।  यु–१९ विश्वकप क्रिकेटको एसिया क्षेत्र छनोटका लागि भारत भ्रमणमा रहेको नेपाल शुक्रबारको अभ्यास खेलमा घरेलु टोलीसँग ७२ रनले स्तब्ध भएको हो।

एसिया कप ह्विलचेयर नेपालमा

विश्वमै पहिलो पटक हुन लागेको एसिया कप ह्विलचेयर क्रिकेट प्रतियोगिता नेपालमा सञ्चालन हुने भएको छ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्मा आयोजक ह्विलचेयर क्रिकेट संघ नेपालले बिहीबार पत्रकार सम्मेलन गरी अप्रिल अन्तिम साता प्रतियोगिता आयोजना गर्ने जानकारी गराएको हो।

१९ वर्षपछि नेपाल र कुवेत आमनेसामने

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा बिहीबार (आज) नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्दैछ। दुई मैत्रीपूर्ण खेल खेल्न कुवेत पुगेको नेपाली टोलीले आज पहिलो खेल खेल्न लागेको हो। खेल नेपाली समयअनुसार राति ९ः१५ बाट सुरु हुनेछ।

टि–२० विश्वकपको एशिया छनोट खेलतालिका सार्वजनिक

सिङ्गापुरमा हुने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) टी–२० विश्वकपको एशिया छनोटको अन्तिम चरणको खेल तालिका सार्वजनिक भएको छ। आइसिसीले बुधवार सार्वजनिक गरेको एशिया छनोटको अन्तिम प्रतियोगिता आगामी साउन ६ गतेदेखि १२ गतेसम्म सिङ्गापुरमा हुने भएको छ।

हचुवामा आठौं राष्ट्रिय खेलकुद

आठौं राष्ट्रिय खेलकुदको मिडिया सेन्टर सोमबार उद्घाटन गरियो। आठौं खेलकुदलाई लक्षित गरेर ‘जिंगल’ पनि सार्वजनिक भयो। बृहत् आठौं राष्ट्रिय खेलकुदलाई प्रचार गर्ने भनिएको जिंगल र मिडिया सेन्टरमा प्रतियोगिता कहिले हुँदै छ भन्ने आधिकारिक सूचना छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्