काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् (राखेप)काे कार्यकारी समितिले आठौं राष्ट्रिय राष्ट्रिय खेलकुद प्रतियोगिता वैशाखमा गर्ने निर्णय गरेको छ।
प्रतियोगिता वैशाख ५ देखि ११ गतेसम्म प्रदेश नम्बर ५ मा सञ्चालन हुने छ। प्रतियोगिता सम्बन्धी औपचारिक जानकारी राखेपले भोलि पत्रकार सम्मेलन गरेर दिने छ।
राखेप स्रोतका अनुसार प्रतियोगिताअन्तर्गत प्रदेश ५ का बाँके, बर्दिया, दाङ, कपिलवस्तु र रुपन्देही जिल्लामा खेलहरु हुनेछन्।
प्रकाशित: १५ चैत्र २०७५ ११:५९ शुक्रबार