१६ आश्विन २०८१ बुधबार
image/svg+xml

स्विमिङ पुल बनाउन साढे दुई करोड

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी गण्डकी प्रदेश खेलकुद परिषद्को पाएको छ। त्यसभन्दा अघि पोखरामै सागका केही खेल समापन गरिनेछ। सागका लागि पूर्वाधार निर्माण गरिएको छ। गण्डकी प्रदेशले आयोजना गर्ने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि स्विमिङ पुल (पौडी पोखरी) निर्माणलाई प्राथमिकतामा राखेको छ। सरकारले पनि पौडी पोखरी निर्माणका लागि रातो किताबमै उल्लेख गरी बजेट छुट्ट्याएको छ। रातो किताबमा उल्लेख भएअनुसार पोखरामा पौडी पोखरी निर्माणका लागि साढे दुई करोड रुपैयाँ छुट्ट्याइएको छ।

खेलमैत्री छैन खेलकुद विधेयक

देशका हरेक क्षेत्रमा संघीय संरचना लागू भइरहँदासम्म पनि नेपाली खेलकुदमा प्रभावकारी प्रभाव पर्न सकिरहेको छैन।

भलिबल एकेडेमीको उपभोक्ता समितिमा आफन्तको रजाई

क्षेत्रीय खेलकुद विकास समिति प्रदेश नम्बर ५ अध्यक्ष भीम ओलीले आफ्नो दाई धनिरामलाई शुक्र भलिबल एकेडेमी निर्माण उपभोक्ता समिति बनाएर काम गरेका छन्। त्यस्तै ओलीले आफ्ना भाई मुम बहादुर ओलीलाई आफ्नो गाउँको विद्यालयमा रकम खर्च गर्दा उपभोक्ता समिति अध्यक्ष बनाएको तथ्य खुलेको छ।

वृद्धवृद्धालाई देखाइयो नाटक

भक्तपुरको भेलुखेलस्थित सिद्धि शालिग्राम जेष्ठ नगारिक आवास गृहमा रहेका वृद्धवृद्धाहरूलाई बुधबार ‘उपयोगी व्यायाम’ नामक नाटक देखाइएको छ । वीर अस्पताल काठमाडौंबाट आएका नर्सहरूले वृद्धवृद्धाहरूका लागि उपयोगी नाटक देखाएका हुन् ।

भ्रष्टाचारीलाई खेलकुद परिषदमा पुनर्वहाली गरेकोमा मन्त्रीको असन्तुष्टि

युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले अदालतले भ्रष्टाचार गरेकाहरुलाई पनि राष्ट्रिय खेलकुद परिषदमा पुनर्वहाली गर्ने गरेकोमा असन्तुष्टि व्यक्त गरेका छन्। आइतबार संघीय संसदको विधायन व्यवस्थापन समितिको बैठकमा मन्त्री विश्वकर्माले गम्भीर गल्ती गरेकाहरुलाई परिषदबाट हटाए पनि अदालतको आदेशबाट पुनर्वहाली हुने गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्।

अत्तरखेलमा लुटेरा समाउन प्रहरीले गोली चलायो, एक घाइते

काठमाडौंको जोरपाटीस्थित अत्तरखेलमा लुटेरा पक्राउ गर्न प्रहरीले गोली चलाएको छ ।

पल्सर स्पोर्टस् अवार्ड– सहप्रायोजक संस्थासँग सम्झौता

पल्सर स्पोर्टस् अवार्डका लागि नेपाल खेलकुद पत्रकार मञ्चले आज २ सहप्रायोजक संस्थासँग सम्झौता गरेको छ। मञ्चले एभिन्युज टेलिभिजनसँग सम्झौता नवीकरण तथा केल्मी नेपालसँग सम्झौता गरेको हो।

अवार्डको तयारी अन्तिम चरणमा

खेलकुद पत्रकार मञ्च गण्डकीले यस वर्ष लाइफटाइम अचिभमेन्ट अवार्डबाट बक्सिङका अन्र्तराष्ट्रिय पूर्वखेलाडी चित्रबहादुर गुरुङलाई सम्मान गर्दै छ। वि.स.२०१८ सालमा जन्मिएका गुरुङले आधा दर्जन पदक जितेका छन्।

राहदानी विधेयक संशोधनविनै राष्ट्रपतिसमक्ष पठाउन चलखेल

प्रतिनिधिसभाले राहदानी विधेय संशोधनबिनै राष्ट्रपतिसमक्ष पठाउने चलखेल देखिएको छ। राहदानी जारी गर्ने र प्रयोग गर्ने विषयमा अस्पष्टता र द्विविधा सिर्जना हुनसक्ने भएकोले विधेयक पुनर्विचार गर्न भनी राष्ट्रपतिले फिर्ता पठाए पनि विधेयक संशोधन नै नगरी पठाउने चलखेल भएको हो। चलखेलकै कारण सभामुख कृष्णबहादुर महराले यस विधेयकबारे कुनै छलफल चलाएका छैनन्

आफ्नो हात जगन्नाथ

२४ योजनामध्ये क्षेत्रीय खेलकुद विकास समिति प्रदेश नम्बर ५ अध्यक्ष भीम ओलीले चार वर्षे कार्यकालमा आफ्नो गृह जिल्ला बाँकेमा २३ वटा योजनामा रकम छुट्याए। बाँकेमा खर्च भएका २३ योजनामध्ये ओलीले आफ्नो गाउँवरपर मात्रै १३ योजनाका लागि रकम खर्च गरेको तथ्य खुलेको छ।

नेपाली फुटबल टोली मलेसिया प्रस्थान

मलेसिया र चाइनिज ताइपेईविरुद्धको मैत्रीपूर्ण खेलमा खेल्न नेपाली राष्ट्रिय फुटबल टोली बिहीबार त्यसतर्फ प्रस्थान गरेको छ। नेपाली टोलीलाई अखिल नेपाल फुटबल(एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा र युवा तथा खेलकुद मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले बिदाइ गरेका थिए। नेपाली टोलीले आइतबार क्वालालम्पुरमा पहिलो मैत्रीपूर्ण खेलमा मलेसियाको सामना गर्नेछ भने बिहिबार चाइनिज ताइपेईविरुद्ध चुनौती दिनेछन्। टोली मलेसियाबाट ताइपेइ प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

खेलकुदको बजेट कति प्रभावकारी ?

आर्थिक वर्ष २०७६/७७ को बजेटमा खेलकुद क्षेत्रमा ३ अर्ब ९९ करोड विनियोजन भएको छ। त्यसो त, यो आर्थिक वर्षमा खेलकुद क्षेत्रमा १३ औं दक्षिण एसियाली खेलकुद, खेल पूर्वाधार निर्माण लगायतका महत्वपूर्ण काम बाकीँ रहेका छन्।

सरकारको प्रस्तावप्रति सांसदहरुकै आपत्ति

राष्ट्रियसभाका सांसदहरुले राष्ट्रिय खेलकुद परिषदमा कर्मचारी संघ रहने कानुनी व्यवस्था गर्ने सरकारको प्रस्तावप्रति आपत्ति जनाएका छन्।

खेलकुद विकासका लागि करिब ४ अर्ब

बुधबार सार्वजनिक आर्थिक वर्ष २०७६/७७ को बजेटअन्तर्गत सरकारले खेलकुद विकासका लागि ३ अर्ब ९९ करोड रुपैयाँ विनियोजन गरेको छ।

खेलकुदको कुल बजेट ३ अर्ब ९९ करोड, मूलपानी क्रिकेट मैदानका लागि १० करोड

काठमाडौंको मूलपानीमा निर्माणाधिन अन्तराष्ट्रिय क्रिकेट मैदानका लागि १० करोड तथा प्रदेश तहको सहलगानीमा सबै प्रदेशमा सुविधा सम्पन्न १/१ वटा रंगशाला र प्रदेश र स्थानीय तहको सहलगानीमा सबै स्थानीय तहमा १/१ वटा खेल ग्राम स्थापनाका लागि ४० करोड बजेटको व्यवस्था पनि गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्