१५ आश्विन २०८१ मंगलबार
image/svg+xml

‘खेलकुद क्षेत्रमा राजनीतिक नियुक्ति बन्द गर्नुपर्छ’

संघीय संसदको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले खेलकुदको विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ माथिको दफाबार छलफल सुरु गरेको छ।

विद्यु्त पोल विस्थापित गरी खेलमैदान निर्माण

म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनको पिपलबोट स्थित कैलाशफाँटमा बगर सम्माएर खेलमैदान बनाइएको छ।

टुँडिखेलको तल्लो भागमा पहिरो

जिल्लाकै ठूलो खेलमैदान सदरमुकामस्थित ठूलो टुँडिखेलको तल्लो भाग वर्षाको पानीले भत्किएपछि खेलकुद प्रतियोगता आयोजना गर्न समस्या भएको छ।

इटहरीमा नवौं पुष्पलाल स्मृति ब्याडमिन्टन हुने

खेलकुद महासंघको तत्वावधान तथा राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा योनेक्स सनराइज नवौं पुष्पलाल स्मृित राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता इटहरीमा हुने भएको छ ।

प्रशिक्षणस्थलको अभाव खेप्दै उसु खेलाडी

सागमा उसु सहभागिताको इतिहास धेरै वर्ष भएको छैन। कुल तीन संस्करण मात्र खेलेको नेपाली उसु पदक दिलाउनमा भने वयस्क साबित हुने गरेको छ। १०औं संस्करणको सागबाट मात्र उसुले सहभागिता पाएको थियो। तथापि नेपालका लागि सुरुआतदेखि नै पदकको माध्यम बनेको छ, उसु। त्यसैले पनि स्वाभविक रूपमा नेपाली उसुबाट पदकको आशा गर्नु मनासिब होला।

सरसफाइमा कराँते खेलाडी

सधै खेल खेल्न, प्रतियोगितामा भाग लिन तथा प्रशिक्षणमा व्यस्त हुने खेलाडीहरु सडकमा सरसफाई तथा बृक्षरोपणमा देखिएका छन्।

१२ वर्षीय छात्रले पारसलाई गरे बोल्ड, पढाई र खेललाई सँगै लैजान सुझाव (फोटो फिचर)

नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले क्रिकेटर बन्नका लागि पढाई र खेललाई सँगसँगै निरन्तरता दिनुपर्ने बताएका छन्। स्टार क्रिकेट एकेडमीको आयोजना तथा एक्सपर्ट एजुकेशनको समन्वयमा क्रिकेटरलाई प्रशिक्षण दिन भैरहवा आएका कप्तान खड्काले खेलाडीलाई पढाई र क्रिकेटलाई सँगसँगै लैजान सम्भव भएकोले त्यसका लागि समय व्यवस्थापन गर्न सुझाव दिए।

तेक्वान्दो खेलाडी भारततर्फ

नेपालका सात खेलाडीले भारतमा आयोजना हुने अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा चुनौती प्रस्तुत गर्ने भएका छन्।

ह्यान्डबलका खेलाडीलाई जर्सीसमेत छैन

पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्ड हलभित्र यति बेला ह्यान्डबल प्रशिक्षण चलिरहेको छ। खेलाडीहरूले नियमित रूपमा बिहान र साँझ दुई समय प्रशिक्षण लिइरहेका छन्। तर खेलाडीहरू प्रशिक्षण जर्सीबिना नै सिकिरहेका छन्।

ही एटिपी जित्ने पहिलो बहिरा खेलाडी

दक्षिण कोरियाका ली डक ही एटिपी टेनिसमा जित निकाल्ने पहिलो बहिरा खेलाडी बन्न सफल हुँदा सोझो सेटमा नतिजा आत्मसात् गरेका छन्।

नियमित प्रशिक्षणमा प्याराग्लाइडिङ खेलाडी

पोखरामा केही सातायता सडक नै हिलाम्मे हुने गरी झरी परेको छैन। बिहानदेखि खुलेको आकाश साँझसम्म नीलै देखिन्छ। आकाशभन्दा मुनि डाँडाभन्दा माथि भने रंगीविरंगी प्याराग्लाइडिङ उडिरहेका देखिन्छन्। एकल र व्यावसायिक उडान भइरहेको छ। वर्षे सिजन भए पनि उडान रोक्ने पानी परेको छैन। आगामी मंसिरमा हुने १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत प्याराग्लाइडिङका खेलाडीहरू नियममित उडान भर्दै प्रशिक्षण लिइरहेका छन्।

गौरवको योजना अन्तर्गत चौतारामा मिनी रंगशाला

जिल्ला सदरमुकाम चौताराको टुँडिखेलमा अत्याधुनिक ‘मिनी’ रंगशाला निर्माण थालिएको छ। ३ नं. प्रदेश सरकारको गौरवको योजना अन्तर्गत निर्माण थालिएको रंगशालाको सोमबार समाजिक विकासमन्त्री युवराज दुलालले शिलान्यास गरे।

पौडी टोली हंगेरी प्रस्थान

सातौं विश्व जुनियर पौडी प्रतियोगितामा सहभागी हुन ८ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शनिबार हंगेरीको बुडापेस्ट प्रस्थान गरेको छ।

दुइटा संघ हुनु राम्रो होइनः सदस्य सचिव सिलवाल

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले तेक्वान्दोको दुई वटा संघ अस्तित्वमा रहनु राम्रो कुरा नभएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्