१४ आश्विन २०८१ सोमबार
image/svg+xml

यूनिक होम्स तेस्रो पटक सामूहिक खेल महोत्सवको च्याम्पियन

भैरहवामा भएको भएको १८ औं सामूहिक खेल महोत्सवको च्याम्पियन यस वर्ष पनि यूनिक होम्स बनेको छ। रुपन्देहीको धकधईस्थित विद्यालयले मिनर्वा बोडिंग हाइस्कुल ठुटिपिपललाई ९ अङले पछि पार्दै लगातार तेस्रो पटक च्याम्पीयन बनेको हो।

कबाडी पेस्तोलले खेलाडीलाई धोका

जारी सागमा १० मिटर एयर पेस्तोल प्रतिस्पर्धामा नेपालबाट १२ खेलाडी सहभागी छन्। ती सबैले १० वर्ष पुरानो एउटै पेस्तोलबाट प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता छ।

भैरहवामा १८औँ सामूहिक खेल महोत्सव सुरु(फोटो फिचरसहित)

१८ औं सामूहिक खेल महोत्सव सुरु भएकोे छ। सामाजिक सद्भाव र राष्ट्रिय समृद्धिको लागि खेल भन्ने नाराका साथ भैरहवा आसपास क्षेत्रका नीजि विद्यालयहरु बीच आपसी सम्बन्ध कायम राख्न सामूहिक विद्यालय परिवार, रुपन्देहीले विगत १७ वर्षदेखि निरन्तर रुपमा आयोजना गर्दै आएको छ।

१३ औं साग : ३१ स्वर्णको कीर्तिमान बराबरी

दक्षिण एसियाली खेलकुद सागमा सफल आठौं संस्करणको ३१ स्वर्णको कीर्तिमान बिहीबार बराबरी भएको छ। नेपालमा जारी १३ औ सागमा नेपालले बिहीबार दुई स्वर्ण थप्दै तालिकामा ३१ औं स्वर्ण पुर्‍याउँदा नेपालको कीर्तिमानी साग इतिहासमा बराबरी भएको हो।

नेपालगन्ज विमानस्थलको सुरक्षामा गम्भिर खेलवाड

बुद्ध एयरको ४०५ फ्लाइटको एटिआर–७२ जहाज मंगलबार बेलुका ६ बजेर २० मिनेटमा जब नेपालगन्ज बिमानस्थलको रनवेमा प्रवेश गर्‍यो, रनवेमा अचानक बँदेल आएर जहाजसँग ठोक्कियो । जहाजको पछाडीको पांग्रामा ठोक्किदा बँदेल घटनास्थलमै मर्‍यो, भने पाईलटको सावधानीका कारण जहाज ठुलो दुर्घटनाबाट जोगियो । बुद्ध एयरका नेपालगन्ज प्रमुख बिनित शाहका अनुसार जहाजमा कुनै क्षति भएन । तर, ठुलो दुर्घटना टर्‍यो । ‘जहाज ल्याण्ड गरेर रनवेमा गुडिरहेको थियो, त्यहीबेला एक्कासी बँदेल निस्केछ,’ उनले भने ‘जहाजको पछाडीको चक्कामा बँदेल ठोक्कियो र घटनास्थलमै मर्‍यो, जहाजमा भने कुनै क्षति भएन ।’

सयाैं स्वर्णकाे काेसेढुंगा पार

नेपालले दक्षिण एसियाली खेलकुद (साग) इतिहासमा स्वर्ण पदक संख्या एक सय पु-याएको छ। सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीमा बुधबार भएको पुरुष ८७ केजी तौल समूहमा सक्षम कार्कीले पाकिस्तानका वाकर अलीलाई हराउँदै स्वर्ण जिते, जुन दक्षिण एसियाली राष्ट्रहरुको ओलम्पिकका रुपमा हेरिएको सागमा नेपालको सयौंं स्वर्ण पदक हो।

होचो कदको अग्लो जित

होचो कद र सानो जिउडालकी तेक्वान्दो खेलाडी काजल श्रेष्ठका लागि मंगलबार विशेष दिन नै रह्यो । घरेलु मैदानमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग)मा फाइटतर्फ स्वर्ण जितेपछि राष्ट्रिय टोलीकी सानी काजलको दिन विशेष बन्न पुग्यो ।

महिला भलिबलः मन जित्यो, खेल जितेन

१३ औं दक्षिण एसियाली खेलकुद (साग)को औपचारिक उद्घाटन हुनुभन्दा पाँच दिन अघि महिला तथा पुरुष भलिबलको प्रतिस्पर्धा सुरु भएको थियो। प्रतिस्पर्धा सुरु हुनुअघि नेपाली महिला भलिबल टोली उच्च आत्मविश्वासका साथ मैदान उत्रिएको थियो।

दोस्रो सेटमा नेपालकाे पुनरागमन

१३औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत महिला भलिबलको स्वर्ण  पदकका लागि भएको प्रतिस्पर्धामा नेपालले दोस्रो सेटमा पुनरागमन गरेको छ।

लनटेनिसका दुवै टोली सेमिफाइनलमा

दक्षिण एसियाली खेलकुदअन्तर्गत लन टेनिसमा नेपालका पुरुष र महिला टोली सेमिफाइनलमा पुगेका छन्। सातदोबाटोस्थित लन टेनिस कोर्टमा सोमबार भएको क्वार्टरफाइनलमा नेपालले बंगलादेशलाई हराउँदै पुरुषतर्फ सेमिफाइनल प्रवेश गरेको हो। नेपालले ३–० को सहज जित निकालेको हो। पुरुष सिंगल्समा नेपालका प्रणव खनालले मोहम्मद आलमगिरलाई ६–० र ६–१ मा हराए।

नेपालको दमदार सुरुआत,दुई दशकअघिको सफलता दोहोरिने अपेक्षा

सन् १९९९ मा नेपालमा सम्पन्न आठौं दक्षिण एसियाली महासंघीय खेलकुद (साफ) अझै स्मरणीय बन्ने गर्छ। दुई दशक बितिसक्दा आठौं साफ अविस्मरणीय बन्नु स्वाभाविक पनि छ। त्यतिबेला नेपालले ३१ स्वर्ण, १० रजत र २४ कांस्य जितेको थियो, जुन सागमा नेपालले हात पारेको सर्वाधिक सफल नतिजा हो। त्यसै संस्करणदेखि सागमा डेब्यु गरेका मार्सल आट्र्सका दुई विधा तेक्वान्दो र कराँतेले सनसनीपूर्ण नतिजा दिएका थिए।

तस्बिरमा तेक्वान्दोमा नेपाललाई सात स्वर्ण

नेपालले घरेलु मैदानमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा तेक्वान्दोको पुम्से विधातर्फ कुल सात स्वर्ण जितेको छ।

तस्बिरमा पोखराकाे १३ औं साग

पर्यटकीय नगरी पोखरामा तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) प्रतियोगिता भव्यरुपमा शुभारम्भ भएको छ। सागमा खेलाइने कुल २६ खेलमध्ये आठ खेल आज भव्य समारोहबीच गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले औपचारिकरुपमा शुभारम्भ भएको घोषणा गरे।

दीपकलाई गर्वको अनुभूति

सन् १९९९ मा घरेलु मैदानमा सम्पन्न आठौं दक्षिण एसियाली खेलकुददेखि सहभागिता जनाउन थालेको तेक्वान्दोमा दीपकले त्यसै संस्करणदेखि एघौरौं संस्करणसम्म स्वर्ण पदक जितेका थिए।

‘सागमा बेवास्ता भयोे’

आइतबारदेखि सुरु भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग)लाई व्यवस्थित बनाउन ६ वर्षअघि एउटा योजना बन्यो। योजना बनाउनुको कारण थियो– खेलाडीलाई लामो समय अभ्यास गराउने, दशरथ रंगशालाको पूर्वाधार सुधार्ने, नयाँ स्टेडियमको सम्भाव्यता खोज्ने, वरिपरि नयाँ लाइट जडान गर्नेलगायत।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्