घुससहित समातिएका नेपालगन्ज भन्सारका नायव सुब्बाविरुद्ध मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५२ हजार घुससहित पक्राउ परेका नेपालगन्ज भन्सार कार्यालयका नायव सुब्बा लक्ष्मण बहादुर चन्दविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ। चन्दले भन्सारबाट आयात हुने चामललगायत अन्य सामानहरुको प्रज्ञापन पत्र बनाइदिने तथा भन्सार जाँच पासमा सहजीकरण गरिदिए बापत सेवाग्राहीसँग घुस रकम माग गरिरहेको उजुरीको आधारमा अख्तियार बुटवलअन्तर्गतको सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले ५२ हजार घुससहित नियन्त्रणमा लिएको थियो।