९ आश्विन २०८१ बुधबार
image/svg+xml

कोभिड खोप अब सातामा ६ दिन दिइने

उदयपुरमा कोभिडविरुद्धको खोप अब सातामा ६ दिन लगाउन पाइने भएको छ। स्वास्थ्य कार्यालय उदयपुरले सोमबार एक सूचना जारी गर्दै अबदेखि कोभिडविरुद्धको खोप सातामा ६ दिन लगाउन पाइने जानकारी गराएको हो।

पर्सामा विशेष खोप अभियान सञ्चालन हुने

वीरगञ्ज महानगरपालिकाको बढी भिडभाड हुने क्षेत्र घण्टाघर चोक, नयाँ बसपार्क, माइस्थान चोक, आदर्शनगर चोक, भन्सार र ड्राइपोर्ट चोकमा समेत खोप केन्द्र स्थापना गर्ने गरी तयारी गरिएको छ।

काठमाडौं महानगरमा आजदेखि दसैँलक्षित कोभिड-१९ विरुद्धको खोप अभियान

काठमाडौँ महानगरपालिकाले १८ वर्षमथिका सबै नागरिकलाई आजदेखि दसैँलक्षित कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ।

काठमाडौँमा रोकियो खोप कार्यक्रम

कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासन बद्रीबहादुर खड्काले कोभिड १९ विरुद्धको भेरोसेल खोप अभियान असार २९ गतेदेखि साउन २ गतेसम्म सञ्चालन गर्ने भने पनि मौजुदा रहेको खोपको मौज्दात सकिएकाले अर्को सूचना नआएसम्मका लागि खोप कार्यक्रम स्थगित भएको बताए।

भेरोसेल खोप अभियानमा व्यापक दुरुपयोग

खोपमा दुरुपयोग भएपछि पाँच दिनसम्म चल्ने भनिएको अभियान शुक्रवार नै एक दिन अघि नै सकिने भएको बताए। लक्षित समुह बाहिरको समुहले खोप लिंदा लक्षित व्यक्तिले नपाइ अरुले पाउने स्थिति रहेको खड्गाको भनाइ छ। अपुग रहेका लक्षित समुहलाई अर्को पटक खोप उपलब्ध गराउने खड्गाले बताए।

मंगलबारदेखि खोप अभियान सञ्चालन, ७७ वटै जिल्लामा पहिलो मात्राको खोप लगाउने

सरकारले मंगलबारदेखि कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाउने भएको छ।

दुई दिनअघि नै रोकियो खोप अभियान

काठमाडौंँ महानगरपालिकाले खोप अभाव भएको जनाई कोभिड–१९ विरुद्धको चिनियाँ खोप लगाउने अभियान दुई दिन अगाडि नै रोकेको छ।

आजदेखि भेरोसेलको खोप लगाइने

नेपालमा मंगलबारदेखि कोरोना रोगविरुद्ध खोप अभियानको नयाँ चरण सुरु हुने भएको छ। चीनले अनुदानस्वरूप दिएको भेरोसेल खोप काठमाडौं उपत्यकामा ६०–६४ वर्ष उमेर समूहका र अन्य जिल्लामा ६२–६४ वर्ष उमेर समूहका नागरिकलाई लगाइने खोप शाखाले जनाएको छ।

दोस्रो चरणको खोप वैशाख ७ बाट

सरकारले अहिलेसम्म १८ लाख ३५ हजारलाई कोरोनाविरुद्धको खोप लगाइसकेको छ। अहिले उपत्यकाका तीन जिल्ला तथा काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट र रसुवामा खोप कार्यक्रम जारी छ।

कोरोना खोप अभियान स्थगित

नेपालले कोभिड–१९ विरुद्धको खोप अभियान हाललाई स्थगित गरेको छ। खरिद गरिएको १० लाख खोपसँगै थप खोप नआएपछि केही समयका लागि कार्यक्रम स्थगित गरेको स्वास्थ्य मन्त्रालय परिवार कल्याण महाशाखाले जनाएको छ।

दोस्रो खेप दिन सेरमको आनाकानी

भारतीय खोप निर्माता कम्पनी सेरम इन्स्टिच्युटले नेपालले कोरोनाविरुद्ध खरिद गरेको खोपमध्ये दोस्रो खेप उपलब्ध गराउन आनाकानी गरेको छ। सरकारले सेरमसँग २० लाख कोरोना खोप खरिद गरेको थियो। त्यसमध्ये १० लाख खोप समयमा दिएको सेरमले बाँकी दिन आनाकानी गरेको हो। भारत सरकारको सहयोगकै कारण नेपालमा कोरोना खोप लगाउने वातावरण बनेको थियो।

कोरोनाविरुद्ध दोस्रो चरणको खोप अभियान आजदेखि सुरु हुँदै

कोरोना भाइरसविरुद्धको दोस्रो चरणको खोप अभियान आजदेखि सुरु हुँदैछ। खोप अभियान २० दिनसम्म सञ्चालन हुनेछ। सरकारले भारतको सेरम इस्सिच्युटबाट उत्पादन भएको ‘कोभिशिल्ड’ नामक खोप २० लाख मात्रा खरिद गर्ने भनेता पनि अहिलेसम्म १० लाख मात्रा खोप ल्याइसकेको छ।

भोलिदेखि दोस्रो चरणको खोप अभियान सुरुः ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई दिइने

सरकारले दोस्रो चरणको खोप अभियानअन्तर्गत ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप दिइने भएको छ।

कोभिड विरुद्धकाे दोस्रो चरणको खोपका लागि १५ केन्द्र तोकिए

५५ वर्षमाथिका ज्येष्ठ नागरिक, विद्यालयका शिक्षक, कर्मचारी र सार्वजनिक यातायातका चालक, सहचालकलाई खोप दिने योजना रहेको कामपाले जानकारी गराएको छ। खोप लगाउने केन्द्र अस्पताल नै हुनुपर्ने भएकाले कामपाले १५ अस्पताललाई केन्द्र तोकेको छ।

दोस्रो समूहलाई खोप अभियान आजदेखि

सरकारले आज (आइतबार)देखि कोभिड १९ विरुद्ध दोस्रो चरणको खोप अभियान सुरु गरेको छ। फागुन २ देखि ८ गतेसम्म चल्ने सो अभियानमा करिब २ सय खोप केन्द्रबाट खोप दिइनेछ। खोप कार्यक्रम बिहान १० बजेदेखि साँझ ४ बजेभित्र दिइनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्