साहित्यकार शैलेन्दुप्रकाश नेपाललाई गोपाल पाँडे असिम पुरस्कार
यस वर्षको गोपाल पाँडे असिम पुरस्कार साहित्यकार शैलेन्दुप्रकाश नेपाललाई प्रदान गरिने भएको छ।
यस वर्षको गोपाल पाँडे असिम पुरस्कार साहित्यकार शैलेन्दुप्रकाश नेपाललाई प्रदान गरिने भएको छ।
नेपाली चलचित्र ‘परस्त्री’ नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आएको छ। प्रायः शुक्रबार नयाँ चलचित्र प्रदर्शन हुने गरे पनि विशेष कारणले बिहीबार नै प्रदर्शन गरिएको निर्देशक सुरज पाण्डेले बताए।
मनमति साहित्य समाजले माधव बिडारीले सम्पादन गरेकाे सोपान संयुक्त कवितासंग्रहकाे लोकार्पण गरेको छ।
नमस्ते आधुनिक लघुकथा मञ्चले डा. शेखरकुमार श्रेष्ठको लघुकथासंग्रह ‘बोकाको खुसी’लाई ‘लघुकथालय पुरस्कार-२०८०’ प्रदान गरिने भएको छ।
भैरव स्मृति पुस्तकालयले कवि ध्रुवकिरण रेग्मीका अजम्मरी यादहरू र सार्न सके मखमली दुई कवितासंग्रहको लोकार्पण गरेको छ।
साहित्य, संस्कृति र महिला सशक्तीकरणका लागि काम गर्दै आएको सखी प्रतिष्ठानले २०८० सालको धान रोपाइँको अवसरमा हात्ती गौडा, फसिकोट, काठमाडौंमा कृषियोग्य जमिनलाई प्लटिङ नगर्न र काठमाडौं उपत्यकालाई कंक्रिटको जंगल नबनाउन अनुरोध गरेका छन्।
भूगोल साहित्य समाजले साहित्यकार हिरण्यकुमारी पाठकको कथासंग्रह ‘विसंगत स्वरहरू’ र सुशीला देउजाको बालनियात्रासंग्रह ‘सम्पदाको दर्शन’ काे लोकार्पण गरेको छ।
नेपाल स्रष्टा समाजले प्रसिद्ध लेखक तथा नारीकेन्द्रित खाद्य एवं पोषण अभियानकर्मी डा. अरुणा उप्रेतीलाई २०८० सालको ‘योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान’ प्रदान गर्ने निर्णय गरेको छ।
दमौली बजार, तनहुँका गीतकार सागर उदासका दुई गीतसंग्रहको भक्तपुरमा चर्चा गरिएको छ। सिर्जना अभियान समाजले आयोजना गरेको कार्यक्रममा उदासका फैलिन्छ कि माया र सागर सुसेली पुस्तकको चर्चा गरिएको हो।
नेपाल प्रज्ञाप्रतिष्ठानको ६६औँ वार्षिकोत्वसका अवसरमा आज आयोजित राष्ट्रिय कविता महोत्सवमा सर्वाेत्कृष्टताका आधारमा पुरस्कार पाउने कविहरूको नाम घोषित भएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले शनिबार बेलुकी चलचित्र ‘नीरफूल’ हेरे।
नेपाली प्रगतिवादी साहित्यकार कृष्ण सेन इच्छुकको सम्झनामा स्थापित इच्छुक सांस्कृतिक प्रतिष्ठान र शीतला माध्यमिक विद्यालयको आयोजनामा प्रतियोगितात्मक कविता गोष्ठी सम्पन्न भएको छ।
रमेश जीवनलाई कवितामा हेर्न चाहन्छन्। कविताको प्रकाशनले जीवन उजिल्याउन चाहन्छन्। कविताको ‘सारेगम’ मा जीवनको सङ्गीत खोज्न चाहन्छन्। कविताको रङमा जीवनको भावमय चित्र उतार्न चाहन्छन्।
इतिहासको कुनै खण्डमा मानिससँग न निजी सम्पत्ति थियो, न राज्य सत्ता अनि शासक नै थिए। समाज विकासक्रमको सिलसिलासँगै ती कुराको विकास भयो। मानिसले मानिसमाथि शोषण गर्ने अवस्थाको विकास पनि तिनै कुराको विकाससँगै भएको थियो।
आँखा चिम्ली आएथें, आँखै चिम्ली जानु छ भनेथें। आँखा चिम्ली रहुन्जेल गर्भे बालकले आफ्ना पूर्वजन्मको सबै कुरा सम्झँदा रहेछन्। आँखा उघार्दै च्याँ गर्नेबित्तिकै पूर्वजन्मका सबै दृश्य अलप हुँदा गर्छन् ।