२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

शीतला माविमा कविता गोष्ठी

नेपाली प्रगतिवादी साहित्यकार कृष्ण सेन इच्छुकको सम्झनामा स्थापित इच्छुक सांस्कृतिक प्रतिष्ठान र शीतला माध्यमिक विद्यालयको आयोजनामा प्रतियोगितात्मक कविता गोष्ठी सम्पन्न भएको छ।

इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष वरिष्ठ मार्क्सवादी समालोचक प्राडा ताराकान्त पाण्डेको अध्यक्षतामा सम्पन्न उक्त गोष्ठीमा प्रतिष्ठानका सदस्य-सचिव प्रगतिवादी लेखक मित्रलाल पंगेनी, प्राडा जगदीशचन्द्र भण्डारी, डा. छायादत्त न्यौपाने, गौरी देवकोटा लगायत संस्थाका सदस्य, विद्यालयका सहायक प्रधानाध्यापक ईश्वरी अधिकारी, शिक्षक कर्मचारी तथा विद्यार्थीको सहभागिता थियो।

विद्यालयका सहायक प्रधानाध्यापक ईश्वरी अधिकारीले यस्ता कार्यक्रमले विद्यार्थीको रचनात्मक क्षमता विकास गर्न सहयोग पुर्‍याउने बताए। कार्यक्रममा मित्रलाल पज्ञानी, जगदीश चन्द्र भण्डारी र गौरी देवकोटाले विद्यार्थीलाई उत्प्रेरित गर्न कविता वाचन गरेका थिए।

कार्यक्रममा सहभागी विद्यार्थीमध्ये संगीता बोहोरा, सशान्त दाहाल, रश्मि राई तथा पुष्पा लामाले क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार प्राप्त गरेका थिए। विजेता विद्यार्थीलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो।

प्रतियोगितामा कक्षा ८ देखि १० सम्मका २६ जना विद्यार्थीले भाग लिएका थिए। गौरी देवकोटाले सञ्चालन गरेको कार्यक्रम प्राडा जगदीशचन्द्र भण्डारी, डा. छायादत्त न्यौपाने र शिक्षक लेखनाथ निरौलाले निर्णायकको भूमिका निर्वाह गरेका थिए। प्राडा ताराकान्त पाण्डेले प्रगतिवादी साहित्यकार इच्छुक क्रान्तिकारी सर्जक रहेको बताउँदै उनको साहित्यिक र सांस्कृतिक योगदानको चर्चा  गरेका थिए।

प्रकाशित: १० असार २०८० ०२:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App