२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

भक्तपुरमा गीतकार उदासका कृतिको चर्चासँगै सम्मान

दमौली बजार, तनहुँका गीतकार सागर उदासका दुई गीतसंग्रहको भक्तपुरमा चर्चा गरिएको छ। सिर्जना अभियान समाजले आयोजना गरेको कार्यक्रममा उदासका ‘फैलिन्छ कि माया’ र ‘सागर सुसेली’ पुस्तकको चर्चा गरिएको हो।

गीतकार हरिहर तिमल्सिना र विमला राना मगरले पुस्तकको टिप्पणी गर्दै उदासका गीतहरू सरल एवं भावपूर्ण रहेको बताए। वरिष्ठ गीतकार सुवासचन्द्र ढुंगेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा लेखक तथा अध्येता केशव सिग्देल, समाजका अध्यक्ष धनमान श्रेष्ठ र सचिव ध्रुव मधिकर्मीले गीतकार उदासलाई शुभकामना दिएका थिए।

उदासका गीतहरू मर्मस्पर्शी छन्, वरिष्ठ गीतकार ढुंगेलले भने, ‘हदयले लेखिएका गीतहरू मुटु छुने खालका छन्।’

दमौली बजार, तनहुँका गीतकार सागर उदासका दुई गीतसंग्रहको भक्तपुरमा चर्चा गरिएको छ। सिर्जना अभियान समाजले आयोजना गरेको कार्यक्रममा उदासका ‘फैलिन्छ कि माया’ र ‘सागर सुसेली’ पुस्तकको चर्चा गरिएको हो।

कार्यक्रमस्थल परिपक्व स्रष्टाहरूले भरिएको थियो। त्यसैगरी  टिप्पणीकार राना मगरले पनि उदासको तारिफ गरिन्। यी गीतमा आञ्चलिक स्वाद छ, उनले भनिन्, ’विम्व र प्रतीकको राम्रो प्रयोग गरिएको छ।’ 

त्यसैगरी गीतकार हरिहर तिमिल्सिनाले पनि उनका गीतमाथि बोलेका थिए। लोकलयको स्वाद दिने गीतहरू मन छुने खालको भएको भन्दै उनले गीतकार उदासलाई बधाई दिए।

विरही भावका गीत लेख्दै आएका उदास व्यवहारमा ज्यादै रसिक छन्। उनको खास नाम अर्जुन अधिकारी हो। भक्तपुरको मायाले आफू ऋणी बनेको उनले बताए।

कार्यक्रमस्थल परिपक्व स्रष्टाहरूले भरिएको थियो। त्यसैगरी  टिप्पणीकार राना मगरले पनि उदासको तारिफ गरिन्। यी गीतमा आञ्चलिक स्वाद छ, उनले भनिन्, ’विम्व र प्रतीकको राम्रो प्रयोग गरिएको छ।’ 

कार्यक्रममा गीतकार उदासलाई सम्मान पनि गरिएको थियो। तीन दशकभन्दा लामो समयदेखि निरन्तर गीतसंगीतमा सक्रिय भएर नेपाली साहित्यको उन्नयनमा योगदान पुर्‍याएकामा उनलाई सिर्जना अभियान समाज भक्तपुरका तर्फबाट कार्यक्रमका प्रमुख अतिथि ढुंगेलले सम्मानपत्र र काठको मयुर झ्याल अर्पिएर सम्मान गरेका हुन्।

सिर्जना अभियान समाजका सचिव ध्रुव मधिकर्मीका अनुसार गीतकार उदास साहित्य सिर्जनासँगै समाजसेवा र व्यवसायमा सक्रिय छन्। उनी गण्डकी वाङमय प्रतिष्ठानका अध्यक्ष पनि हुन्। उनले आमाबाबाको नाउँमा खुमपार्वती कलासाहित्य कोष गठन गरेर साहित्यकर्मको शुभारम्भ पनि गरेका छन्।

कार्यक्रममा गीतकार उदासलाई सम्मान पनि गरिएको थियो। तीन दशकभन्दा लामो समयदेखि निरन्तर गीतसंगीतमा सक्रिय भएर नेपाली साहित्यको उन्नयनमा योगदान पुर्‍याएकामा उनलाई सिर्जना अभियान समाज भक्तपुरका तर्फबाट कार्यक्रमका प्रमुख अतिथि ढुंगेलले सम्मानपत्र र काठको मयुर झ्याल अर्पिएर सम्मान गरेका हुन्।

विरही भावका गीत लेख्दै आएका उदास व्यवहारमा ज्यादै रसिक छन्। उनको खास नाम अर्जुन अधिकारी हो। भक्तपुरको मायाले आफू ऋणी बनेको उनले बताए।

कार्यक्रमको सुरुमै समाजका अध्यक्ष  श्रेष्ठले कालो भादगाउँले टोपी लगाइदिएर उदासको स्वागत गरेका थिए। भक्तपुर भ्रमणमा आएका  भारतका चर्चित लोककवि हल्दर नागलाई पनि कार्यक्रममा स्वागत गरिएको थियो। भारतको प्रतिष्ठत पद्यश्री पुरस्कारबाट सम्मानित उनले आफ्नो मातृभाषामा एउटा कविता सुनाएका थिए।  

प्रकाशित: ११ असार २०८० ०४:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App