२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

पाठकको ‘विसंगत स्वरहरू’ र देउजाको ‘सम्पदाको दर्शन’ लाेकार्पण

भूगोल साहित्य समाजले साहित्यकार हिरण्यकुमारी पाठकको कथासंग्रह ‘विसंगत स्वरहरू’ र सुशीला देउजाको बालनियात्रासंग्रह ‘सम्पदाको दर्शन’ काे लोकार्पण गरेको छ।

वरिष्ठ साहित्यकार, गायक एवं संगीतकार गणेश रसिकको प्रमुख आतिथ्यमा प्रमुख अतिथि रसिक, भूगोल साहित्य समाज तथा कार्यक्रम अध्यक्ष विनोद नेपाल, वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली लगायतले कृतिको लोकार्पण गरेका थिए।

भूगोल साहित्य समाजले साहित्यकार हिरण्यकुमारी पाठकको कथासंग्रह ‘विसंगत स्वरहरू’ र सुशीला देउजाको बालनियात्रासंग्रह ‘सम्पदाको दर्शन’ काे लोकार्पण गरेको छ।

सो कार्यक्रममा प्रमुख अतिथि गणेश रसिक, वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले शुभकामना मन्तव्य दिएका थिए।

नेपाल बालसाहित्य समाजका अध्यक्ष वरिष्ठ समालोचक प्रमोद प्रधान र सखी प्रतिष्ठानकी अध्यक्ष मन्जिला अनिलले लोकार्पित कृति ‘विसंगत स्वरहरू’ को समीक्षात्मक टिप्पणी गरेका थिए।

यस्तै निबन्धकार भीष्म उप्रेतीले निबन्धकार सुशीला देउजाको बालनियात्रा कृति ‘सम्पदाको दर्शन’ माथि बालेका थिए।

कार्यक्रममा लेखकद्वय-हिरण्यकुमारी पाठक र सुशीला देउजाले लेखकीय मन्तव्य राखेका थिए।

नेपाल बालसाहित्य समाजका अध्यक्ष वरिष्ठ समालोचक प्रमोद प्रधान र सखी प्रतिष्ठानकी अध्यक्ष मन्जिला अनिलले लोकार्पित कृति ‘विसंगत स्वरहरू’ को समीक्षात्मक टिप्पणी गरेका थिए।

शैलेन्द्रकुमार शाहले संचालन गरेकाे कार्यक्रममा कार्यक्रममा साहित्यकारहरू- वीणा हाङ्खिम (दार्जिलिङ), दिनेशविक्रम थापा, माया ठकुरी, भागीरथी श्रेष्ठ, गुन्जनकी अध्यक्ष जलेश्वरी श्रेष्ठ, वरिष्ठ गीतकार उन्नती बोहरा ‘शीला’, प्राडा गोविन्दमान सिंह कार्की, सिर्जना शर्मा, युवराज मैनाली, नारायण तिवारी,तुलसीहरि कोइराला, प्रद्युम्न जोशी, ताराकान्त पाण्डेय, नम्रता शर्मा, जयदेव भट्टराई, मुरारि सिग्देल, निर्मलरमण पराजुली, श्रीबाबु कार्की, कमला रिसाल, जय राई, श्याम प्रधान, तारा सुवेदी लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित: ११ असार २०८० ०६:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App