११ मंसिर २०८१ मंगलबार
image/svg+xml

बजेटमा विद्युतीय सवारीसाधन प्रर्वद्धन गर्न माग

वातावरण संरक्षण र दिगो विकासको क्षेत्रमा कार्यरत तीन संस्थाहरुले विद्युतीय साधनको वृद्धि, विकास र प्रवद्र्धनका लागि अगामी बजेटमा नीतिगत र संरचनागत विकासका कार्यक्रमहरु ठोस रुपमा ल्याउन माग गरेका छन्। नेपाल वातावरण पत्रकार समूह, स्वच्छ उर्जा नेपाल र नेपाल विद्युतीय परिवहन संघले ललितपुरमा बिहीबार पत्रकार सम्मेलन आयोजना गदै तीनै संस्थाले सरकारले बिजुली बस प्रवद्र्धन गर्न थप सहयोग गर्न आवश्यक रहेको बताए।

पोखराको प्रदूषण नाप्न उपकरण राखिँदै

पोखरामा वायुको प्रदूषण मापन गरिने भएको छ। विभिन्न ठाउँमा उपकरण राखेर वायु प्रदूषणको अवस्था पत्ता लगाउने योजना प्रदेशको वातावरण मन्त्रालयले बनाएको छ।

वन मास्दै, भवन बनाउँदै

गत असोज पहिलो हप्ता सुदूरपश्चिम प्रदेशको प्रदेशसभाले कैलालीको गोदावरी नगरपालिकास्थित तेघरी जंगलमा राजधानी बनाउने निर्णय ग-यो। जंगल मासेर राजधानी बनाउने निर्णयले वन तथा वातावरणप्रेमीहरू निकै चिन्तित भए। प्रदेश सरकारको सो निर्णयको सर्वत्र आलोचना र विरोध भयो।

लगानीमैंत्री वातावरण बनाउन उद्योगी व्यवसायीको माग

नीजि क्षेत्रले लगानीमैंत्री वातावरण बनाउन सरकारसँग पुनः माग गरेको छ। नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवालले लगानीमैंत्री वातावरण बनाउन सरकारसँग माग गरेका हुन्।

वन तथा वातावरण संरक्षण गर्न माग

प्रतिनिधिसभा सदस्य हेमकुमार राई ‘सुरवीर’ले सोलुखुम्बुको वन तथा वातावरण संरक्षणमा ठोस कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका छन्। शनिबार सांसद राईले संघीय सरकारका वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतलाई भेटी हिमाली जिल्ला सोलुखुम्बुको वन तथा वातावरण संरक्षणमा ठोस कार्यक्रम डिजाइन गर्न आग्रह गरेका हुन्।

आदर्श अभिभावकत्वको कला

बच्चाहरु थरीथरीका हुन्छन्। कोही डेन्डेलिओन जस्ता हुन्छन् त कोही सुनगाभा जस्ता। कोही भने होपफूल मोन्सटर (आशवान राक्षस) हुन्छन्। डेन्डेलिओनहरू खासै सुन्दर फूल होइनन्, ती फूल लचिला हुन्छन्। जस्तोसुकै प्रतिकूल वातावरणमा पनि फस्टाउँछन्।

भाग्य, कर्म र वातावरणको सम्मिश्रणः वर्तमान जीवन

जे हुन्छु भनेर सोचिएको थियो जीवनमा त्यो भइराखेको हुँदैन र जे भइराखेको छ, त्यसबारेमा सोचिएकै हुँदैन। हरेक मानिसलाई नियाल्दा यही अवस्था देखिन्छ।

पछिल्लो पटक देखेको जनावर सम्झनुहुन्छ, तर बिरुवा ?

रूखलाई नसम्झिए पनि तपाईंको दिमागले जनावरलाई चाहिँ ख्याल गरेको हुन सक्छ। पछिल्लो पटक कुन जनावर देख्नु भयो भनेर कसैले सोधे भने तपाईंले फ्याट्टै जवाफ दिने सम्भावना उच्च रहन्छ।

प्रदेश नं. ३ को पर्यटन ‘ब्रान्ड’ सार्वजनिक

प्रदेश नं. ३ को पर्यटन ‘ब्रान्ड’ सार्वजनिक गरिएको छ। काठमाडौंमा एक कार्यक्रम गरी प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले ब्रान्ड सार्वजनिक गरेका हुन्।

‘विकास जनता र सरकारको एउटै प्राथमिकता’

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जनता र सरकारको एउटै प्राथमिकता विकास भएको बताएका छन्।

वातवरणीय मूल्यांकन ५० दिनभित्रै

प्रारम्भिक वातावरणीय अध्ययन (आइइई) र वातावरणीय प्रभाव अध्ययन मूल्यांन (इआइए) लाई ५० दिनभित्र टुंग्याइने भएको छ। आइइई र इआइए बेलामा सम्पन्न हुन नसक्दा विकास निमार्णको कार्यले गति लिन नसकेका बेला वन मन्त्रालयले सो नयाँ नीति अख्तियार गरेको हो। सो नयाँ नीति बनाएपछि मन्त्रालय विकासविरोधीका रूपमा चित्रित नहुने विश्वास लिइएको छ।

इआइएका कारण विकास आयोजना नरोकिने

वातावरण प्रभाव मूल्याङ्कन (इआइए) का कारण विकास आयोजनाहरू नरोकिने भएका छन्। इआइए प्रक्रियालाई पूर्वाधार विकासको प्रमुख बाधक मानिँदै आएको छ। ५० दिन भित्रमा इआइए सकिने गरी ऐन संशोधन गरिएकाले जनताको विकासको चाहनालाई पूरा हुने वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतले बताए।

लगानी सम्मेलन र उपलब्धि

भर्खरै लगानी सम्मेलन भयो। प्रधानमन्त्रीले यो सम्मेलन उपलब्धिमूलक भएको दाबी गरेका छन्। तर सहभागिताका हिसाबले सम्मेलन उत्साहजनक देखिए पनि प्रतिबद्धताका दृष्टिले उपलब्धिमूलक देखिन्न। ‘सोकेस’मा राखिएका परियोजनाका लागि आवेदन दिने समय अप्रिल २० सम्म रहेकाले लगानी प्रतिबद्धता अझै बढ्नसक्ने सरकाको अनुमान छ।

सर्प बचाऔँ, वातावरण जोगाऔँ

सर्प देखे मार्न वा लखेट्न अगाडि सर्ने प्रवृत्ति कायमै छ। सर्पले वातावरण संरक्षणका लागि कस्तो भूमिका खेल्छ भन्ने कमै मात्र सर्वसाधारणलाई थाहा छ।

चरालाई सहरमा कसरी डाक्ने?

ठाउँठाउँमा रुखविरुवा रोप्नुस्, चउर बनाइदिनुस्, चराहरु आउन थाल्छन्। सँधै आइजाई गर्न थालेपछि उनीहरुको बासै यतै हुन थाल्छ । चराचुरुंगीलाई शहर भित्र्याउने राम्रो उपाय हो यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्