१० मंसिर २०८१ सोमबार
image/svg+xml

पानी बोकेको ट्यांकर दुर्घटनामा बालकको मृत्यु

इलामको रोङ गाउँपालिका-३, कोल्बुङमा पानी बोकेको ट्यांकर सडकबाट पल्टिँदा एक बालकको मृत्यु भएको छ।

पशुपतिनगर भन्सारद्वारा एक करोड ३४ लाख राजस्व सङ्कलन

इलामको पशुपतिनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०८०/८१ को पुससम्ममा एक करोड ३४ लाख १३ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ।

पशुपतिनगर नाकामा सूचना केन्द्र र ट्याक्सी पार्क

भारतीय सीमाक्षेत्र पशुपतिनगर बजारमा पर्यटन सूचना केन्द्र र ट्याक्सी पार्क निर्माण गरिएको छ। सूर्याेदय नगरपालिकाले निर्माण गरेका केन्द्र र पार्क आज उद्घाटन गरिएका छन्।

‘भारतले हेपाहा प्रवृत्ति देखायो’

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनगरस्थित नेपाल-भारत सीमा क्षेत्रमा भारतले हेपाहा प्रवृत्ति देखाएको बताएका छन्।

पशुपतिनगरमा भारतले हेपाहा प्रवृत्ति देखायो: ओली

नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनगरस्थित नेपाल–भारत सीमा क्षेत्रमा भारतले हेपाहा प्रवृत्ति देखाएको बताएका छन्।

पशुपतिनगर अध्यागमन तीन वर्षदेखि कामविहीन

पूर्वीपहाडकै एकमात्र सहज भारतीय नाका पशुपतिनगरमा ३ वर्षअघि खुलेको अध्यागमन कार्यालय अझै सञ्चालनमा आउन सकेको छैन।

पशुपतिनगर नाकामा होल्डिङ सेन्टर र क्वारेन्टिन

पशुपतिनगरमा रहेको पर्यटन सूचना केन्द्रमा होल्डिङ सेन्टर स्थापना भइसकेको छ। नाकाबाट आएका व्यक्तिलाई एन्टिजिनसहित सामान्य स्वास्थ्य अवस्था जाँचेर केही समय राख्न सेन्टर स्थापना गरिएको हो। पशुपतिनगर प्राथमिक स्वास्थ्य केन्द्रमा पनि ७ शय्याको क्वारेन्टिन राखिएको छ।

पशुपतिनगरमा नेपाल–भारत सीमा विवाद, एसएसबीले स्वीकार्‍यो गल्ती

भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपालको पूर्वी सीमावर्ती क्षेत्रमा एकतर्फी रूपमा खम्बा गाढ्नु आफ्नो गल्ती भएको स्वीकारेको छ। सूर्योदय नगरपालिकाका जनप्रतिनिधि, स्थानीय, सशस्त्र र जनपद प्रहरीको टोलीसँग एसएसबीले आइन्दा सहमतिबिना दशगजामा कुनैपनि गतिविधि नगर्ने प्रतिबद्धता गरेको छ।

भारतले बन्द गर्‍यो पशुपतिनगर नाका

नोबल कोरोना भाइरस (कोभिड १९)को कारण देखाउँदै भारतले पूर्वको पशुपतिनगर नाका बन्द गरेको छ। पश्चिमबंगाल सरकारले कोरोना नियन्त्रणका लागि भन्दै शनिबार बिहान नाका बन्द गरेको हो।

पशुपतिनगर नाकामा स्वास्थ्य जाँच गरिँदै

विश्वव्यापी चुनौती बनिरहेको नोबल कोरोना भाइरस जाँचका लागि पूर्वको नेपाल–भारत सीमा पशुपतिनगर नाकामा स्वास्थ्य जाँच गरिने भएको छ। बुधबारदेखि पशुपतिनगरका २ स्थानमा डेस्क स्थापना गरी भारतबाट नेपाल छिर्ने प्रत्येक व्यक्तिको तापक्रम जाँच गरिने भएको हो।

भारतीय पक्षका कारण पशुपतिनगर बजार सुनसान

दैनिक लाखौँको कारोबार हुने नेपाल–भारत सीमा पशुपतिनगर नाका पछिल्लो समय सुनसान बन्दै गएको छ।

अझै खुलेन पशुपतिनगरमा भन्सार

जिल्लाको पूर्वी पशुपतिनगरमा भन्सार खुलाउन स्थानीयले लामो समयदेखि प्रयत्न गरे पनि खुल्न सकेको छैन। पशुपतिनगरमा भन्सार कार्यालय रहे पनि भारतपट्टि नहुँदा यहाँबाट आयात–निर्यातको काम हुन सकेको छैन।

अध्यागमन कार्यालय कामविहीन

पूर्वीपहाडकै एकमात्र सहज भारतीय नाका मानिएको पशुपतिनगरमा अध्यागमन कार्यालय औपचारिक रूपमै खुलेको बुधबार ठीक ४ महिना भएको छ। तर, यतिका समयसम्म न यहाँ दरबन्दीअनुसार कर्मचारी आएका छन् न कार्यालयले कामै सुरु गरेको छ।

पशुपतिनगरबाट १९ दिनमा कञ्चनजंघा

पूर्वी भारतीय सीमावर्ती क्षेत्र पशुपतिनगरदेखि कञ्चनजंघा हिमालको बेसक्याम्पसम्म पर्यटकीय पदमार्गको सम्भाव्यता अध्ययन गरिएको छ। १९ दिन लगाएर ‘द ग्रेट हिमालयन ट्रेल’का विज्ञसहितको टोलीले यो पदमार्गमा पर्यटकका लागि आवश्यक पूर्वाधारसमेतको अध्ययन गरी प्रतिवेदन तयार गरेको हो।

पशुपतिनगरमा अध्यागमन राख्न पहल गर्छु : राजदूत पुरी

पूर्वी भारतीय सीमा पशुपतिनगरमा अध्यागमन कार्यालय राख्न नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरी ‘पोजिटिभ’ देखिएका छन्। स्थलगत निरीक्षण गर्न शनिबार पशुपतिनगर नै आएका राजदूत पुरीले स्थानीयले वर्षौंदेखि राखिरहेको अध्यागमन कार्यालयको मागबारे माथिल्लो निकायमा पहल गर्ने आश्वासन दिएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्