४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

२५ तोला सुनसहित बस कन्डक्टर पक्राउ

कावासोती—नवलपरासीस्थित इलाका प्रहरी कार्यालय नवलपुरले सवारी जाँचका क्रममा २५ तोला १२ लाल सुनसहित एक व्यक्तिलाई पक्राउ गरेको छ।

हत्यामा संलग्न तामाङ १५ बर्ष पछि पक्राउ

काठमाडौं-हत्यामा संलग्न एक मुख्य अभियुक्तलाई प्रहरीले १५ बर्ष पछि पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–६ बौद्ध बस्ने रामेछाप खनियापानी गाविस–६ का विवेक, सम्राट योञ्जन, दानबहादुर लामा उपनामका ४२ बर्षीय दानबहादुर तमाङलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजले १५ बर्ष पछि बौद्धबाट पक्राउ गरेको हो।

पच्चीस तोला सुनसहित एक पक्राउ

कावासोती– नवलपरासीस्थित इलाका प्रहरी कार्यालय नवलपुरले सवारी जाँचका क्रममा २५ तोला १२ लाल सुनसहित एक व्यक्तिलाई पक्राउ गरेको छ।

सेक्रेटरीसहित ५ पक्राउ

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका पाँचजना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला सेक्रेटरी देवकला अधिकारी शरद थापालाई गुलरियाबाट र माइकिङ गर्दै हिँडेका जिल्ला सदस्य जयबहादुर ठाडा, पार्टी सदस्य वीरबहादुर परियार, विवेक पौडेललाई सानोश्रीताराताल नगरपालिकाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

सिभिल बैंकको जाहेरीमा सिद्धार्थ विकास बैंकका बजार ब्यवस्थापक पक्राउ

काठमाडौं—सिभिल बैंकले दिएको जाहेरीका आधारमा प्रहरीले सिद्धार्थ विकास बैंकका बजार ब्यवस्थापक सहित अन्य ६ जनालाई पक्राउ गरेको छ।

पक्राउ परेका डा.केसीका समर्थकलाई रिहा गर्न माग

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोग आगाडी डा गोविन्द केसीको समर्थनमा निकालिएको प्रदर्शनमा प्रहरीले गरेको हस्तक्षेपको विरोध भएको छ।

बुहारी हत्या आरोपमा सासु पक्राउ

कोहलपुर-बुहारी हत्याको आरोपमा ईलाका प्रहरी कार्यालय कोहलपुरले चिसापानी १ की रामदेवी सार्कीलाई नियन्त्रणमा लिएको छ। बुहारी सिता सार्की (२२) लाई हत्या गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो।

काठमाडौं प्रहरीका सई र सिपाही पक्राउ

काठमाडौं– प्रहरीले महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत प्रहरी नायब निरिक्षक(सई) निर्मल ज्ञवाली र प्रहरी जवान सन्तोष खडकालाई हिरासतमा राखेर अनुसन्धान थालेको छ। परिसरमा वैदेशिक रोजगार सम्बन्धी ठगीमा आएकी सेवाग्राहीसँग अनुचित लाभ लिएको आरोपमा सई ज्ञवाली र खडका उपर छानबिन थालेको हो।

अमेरिका, क्यानडा पठाउने भन्दै ३१ लाख रुपैयाँ ठग्ने पक्राउ

काठमाडौं– फेसबुकमार्फत साथी बनेर विभिन्न व्यक्तिहरुलाई आफ्नो झुटो परिचयसहित अमेरिका, क्यानडालगायत मुलुकमा पठाइदिने झुटो प्रलोभन दिएर ३१ लाख रुपैयाँ ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

एकलाख ५७ हजार सहित इन्जिनियर पक्राउ

ख्तियारको टोलीले दाङमा एक इन्जिनियरलाई घुस लिँला लिँदै गरेको छ। लमहीस्थित जलउत्पन्न नियन्त्रण कार्यालयका इन्जिनियर रामदुलारी यादवलाई अख्तियारको कोहलपुरस्थित कार्यालयबाट खटिएको टोलीले एकलाख ५७ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो। उनलाई टोलीले उनको कोठाबाटै घुससहित सहित नियन्त्रणमा लिएको हो।

दर्ता नगरी बालगृह सञ्चालन गर्ने पक्राउ

रत्ननगर (चितवन)– दर्ता नगरी सञ्चालन गरिएको पाइएपछि एक बालगृहका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ। चितवनको भरतपुरमा रहेको पिस नेपाल नामको बालगृह सञ्चालन गर्दै आएका सञ्चालक प्रतीक सुनारलाई पक्राउ गरिएको चितवनका प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिए।

फरार अभियुक्त १२ वर्षपछि पक्राउ

राजविराज– आफ्नै छिमेकीलाई हत्या गरी १२ वर्षदेखि फरार भएका एक अभियुक्तलाई प्रहरीले बुधबार पक्राउ गरेकोे छ। पक्राउ पर्नेमा सप्तरीको गोबरगाढा–२ घर भई हाल हनुमाननगर योगिनी माई नगरपालिका–६ बस्ने शिवचन्द्र भनिने दुःखी मण्डल रहेको प्रहरीले जनाएको छ ।

पैसा भनी कागजका टुक्रा दिने फरार अभियुक्त पक्राउ

काठमाडौं-पैसा भनी कागजका टुक्रा दिई ठगी गरेर फरार एक जनालाई प्रहरीले पक्राउ गरेको हो। काठमाडौं लाजिम्पाट बस्ने धादिङ त्रिपुरेश्वर गाविस–१ का ३७ वर्षीय बलराम श्रेष्ठलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजले गोंगबुबाट पक्राउ गरेको हो।

श्रीमती र सासुको हत्या आरोपमा खड्का पक्राउ

रुकुम-श्रीमती र सासुको हत्या गरेको आरोपमा रुगा गाविस–४ बस्ने २६ बर्षीय जगतबहादुर खड्कालाई प्रहरीले पक्राउ गरेको छ।

कुखुराको चल्ला सहित तीन भारतीय पक्राउ

रौतहट-प्रतिबन्धित अवैध सेतो कुखुराको चल्ला सहित तीन जना भारतीयलाई प्रहरीले पक्राउ गरेको छ। सीमावर्ती भारतको घोडासहान बजारबाट अवैध रुपमा चोरी तस्करी गरेर नेपाल भित्रयाउने क्रममा प्रहरीले मंगलवार चल्ला सहित तीनै जनालाई नियन्त्रणमा लिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्