६ आश्विन २०८१ आइतबार
image/svg+xml

देव गुरुङ भन्छन् : ओली सरकार संकटकाल लगाउने तयारीमा छ

नेता गुरुङले विदेशी सेनाले नेपाली भूमिमा मार्चपास गर्ने नियतले संसद विघटन गरेको र सोहि योजना अनुरुप अब चाँडै अदालत र संविधान पनि सिध्याउने षडयन्त्र भइरहेको बताए ।

संसद विघटनविरुद्ध जसपाको प्रदर्शन

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा जनता समाजवादी पार्टीले विरोध प्रदर्शन गरेको छ।

प्रतिनिधिसभा विघटनबारे सरकारका नाममा कारण देखाउ आदेश जारी

सर्वोच्च अदालतले संसद विघटन गर्ने निर्णयबारे सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवधानिक इजलासले संसद विघटन गर्ने निर्णयका सम्बन्धमा आज सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको गरेको हो।

संसद विघटनः सवोच्चद्वारा पाँच सदस्यीय संवैधानिक इजलास गठन

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुमाथिको सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको नेतृत्वमा संवैधानिक इजलास गठन गरेको छ।

संसद विघटनको विरोधमा विद्यार्थीको मशाल जुलुस

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल पक्ष निकट विद्यार्थीहरुले मशाल जुलस निकालेक छन्।

जसपा दोस्रो तहका नेताको मत : निर्वाचनको तयारी पनि गरौं

जनता समाजवादी पार्टीका केही नेताले निर्वाचनको तयारीमा पार्टी जुट्नुपर्ने बताएका छन्। जसपाले संसद् विघटनविरुद्ध बुधबार देशभर प्रर्दशन गरेपनि दोस्रो तहका केही नेताहरुले निर्वाचनमा जान पर्ने बताएका हुन्।

संसद विघटनविरुद्ध वृहत् नागरिक आन्दोलनको घोषणा

प्रधानमन्त्री केपी शर्मा ओलीले अचानक संसद विघटन गरेपछि मुलुकमा संकटग्रस्त अवस्थाको उत्पन्न भएको बताईएको छ। यस्तै, प्रधानमन्त्री र राष्ट्रपति कार्यालयको मिलिभगतमा गरिएको संसद विगटनको कदमलाई अत्यन्त प्रतिगामी र गैरसंवैधानिक ठहर गर्दै यसको घोर भत्सर्ना गरेको छ।

पोखरामा ओली विरुद्ध विद्यार्थी आन्दोलन

प्रधानमन्त्री ओलीले संसद् विघटनको विरोध गर्दै बुधवार यहाँ विद्यार्थीहरु आन्दोलनमा उत्रेका थिए ।

संसद विघटनको विरोधमा जसपाद्वारा कलैयामा प्रदर्शन

संसद विघटन असंवैधानिक भएको भन्दै जनता समाजवादी पार्टी जिल्ला कार्य समिति बाराले बुधबार कलैयामा विरोध प्रदर्शन गरेको छ। सिद्धेश्वर संस्कृत माध्यमिक विद्यालयबाट सुरु भएको जुलुस नगर परिक्रमापछि भरतचोकमा कोणसभामा परिणत भएको थियो।

संसद विघटनको विरोधमा जसपाको देशभर प्रदर्शन (तस्बिरसहित)

संसद विघटनको विरोधमा जनता समाजवादी पार्टी खोटाङले विरोध जुलुस निकालेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको विरोधमा जनता समाजवादीले बुधबार दिक्तेलमा विरोध जुलुस निकालेको हो।

प्रधानमन्त्रीलाई कुर्सीमा बस्ने अधिकार छैनः जसपा

संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक कदम भन्दै जनता समाजवादी पार्टी (जसपा) ले देशभरी आन्दोलन चर्काएको छ ।

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा संवैधानिक इजलासमा

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि परेको मुद्दा संवैधानिक इजलासमा पठाइने भएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलास उक्त मुद्दा शुक्रबार गठन हुने संवैधानिक इजलासमा पठाउने आदेश गरेको हो।

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथिको सुनुवाइ सुरु

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि सर्वोच्चमा अदालतमा सुनुवाइ सुरु भएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासमा सुनुवाइ सुरु भएको हो।

प्रतिनिधिसभा विघटनसम्वन्धी मुद्दा : प्रधानन्यायाधीश राणाको इजलासमा पेशी

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको पेशी प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको इजलासमा तोकिएको छ। संसद विघटनविरुद्ध परेका १२ वटा निवेदनको राणाले आफ्नै इजलाशमा पेशी तोकेका हुन्।

संसद् विघटन संविधान सम्मत छैन : सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्रीले संसद् विघटन गर्नु संविधान सम्मत नभएको दाबी गरेका छन्। कटुञ्जे घट्टेखोला लिफ्ट खानेपानी जलस्रोत समितिद्वारा आयोजित शालिक अनावरण तथा सम्मान कार्यक्रममा उहाँले संविधानले व्यवस्था गरेको प्रणालीमा प्रधानमन्त्रीले संसद् विघटन गर्न सक्ने विशेषाधिकार नभएको जिकीर गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्