१५ वैशाख २०८१ शनिबार
image/svg+xml

कांग्रेसभित्रको लडाइँ : पार्टीको महाधिवेशन कि चुनाव ?

सरकारले तोकेको आगामी वैशाख १७ र २७ मै चुनाव हुनुपर्ने भित्री मनसायमा रहेको देउबा समुहले चुनाव भैहालेको अवस्थामा कांग्रेसको जीत सुनिश्चित देखेको छ। उक्त चुनावमा आउने बिजयी नतिजाले देउबालाई त्यो जितको श्रेय स्वाभाविकै रुपमा पर्न जान्छ। यसको सकारात्मक प्रभाव उनलाई पुनः पार्टीको नेतृत्व हाँक्ने अवसर जुर्नेछ।

कांग्रेसले आन्दोलनका लागि कसैसँग सहकार्य गर्दैन : डा. कोइराला

‘संसद बिघटनको बिरोधमा हुने आन्दोलनमा कांग्रेसको कोहि कसैसंग सहकार्य हुँदैन,’ नेपाल प्रेस युनियन दाङले घोराहीमा गरेको पत्रकार सम्मेलनमा उनले भने ‘त्यसमाथि अँझ कम्यूनिष्ट संग झनै सम्भव छैन ।’

संसद पुनःस्थापना कांग्रेसको एक मात्र एजेण्डा हो, वैशाखमा चुनाव हुन्न : शशांक कोइराला

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आगामी वैशाख १७ र २७ गते निर्वाचन हुनै नसक्ने बताएका छन्। चुनाव हुन्छ कि भन्ने सम्भावना कांग्रेसका कोहि कसैले पनि गर्न नहुने उनको भनाई छ।

‘ओलीले प्रधानमन्त्री पदका लागि पार्टी एकता भंग गरे’

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पदकै लागि पार्टी एकता भंग गरेको बताएका छन् ।

संविधान च्यात्न चाहन्छन् प्रधानमन्त्री : कांग्रेस केन्द्रीय सदस्य चौधरी

‘बिगतमा हेर्नुस् ओलीले संविधानले गरेका व्यवस्थाहरु संघीयता, गणतन्त्र, समावेशिता जस्ता कुनै पनि बिषयलाई स्वीकार गर्न सकेनन्, उनि यि बिषयको खिलापमा रहेर बोले,’ नागरिकसंग उनले भने ‘यसले पनि के पुष्टि गर्छ भने ओलीले यो संविधान चाहेका थिएनन्, फलतः अहिले च्यात्न चाहन्छन् ।’

अब कांग्रेससंग संयुक्त आन्दोलन : नेकपा अध्यक्ष नेपाल

‘कांग्रेस लोकतन्त्रबादी दल हो,यसर्थ उसले लोकतन्त्रलाई मास्ने षडयन्त्र बुन्दैन,’ नेपालले भने ‘लोकतन्त्रको रक्षाका निम्ती कांग्रेस जिम्मेवार छ, र संसद विघटन गरेर मासिएको लोकतन्त्रलाई जिवित तुल्याउनका लागि कांग्रेस हामीसंगै आन्दोलनमा हुने छ ।’

सरकार बिरुद्ध गोरखामा जनता समाजवादीको बिरोध सभा

गोरखा सदरमुकाममा बुधवार आयोजित कार्यक्रममा जनता समाजवादीका नेता कार्यकर्ताले संसद पुर्नस्थापना नगरे जनताले सडकबाट आन्दोलन चर्काउने चेतावनी दिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्