१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

प्रचण्ड-नेपाल समूहकाे निष्कर्ष : एमाले र माओवादी केन्द्र अलग-अलग भएर जाने

साविकको नेकपा पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले समूहले सर्वोच्च अदालतको फैसलालाई मान्ने निर्णय गरेका छन्। सोमबार पेरिसडाँडामा बसेको प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतले राजनीतिक फैसला गरेपनि आफूहरु अलग अलग भएर जाने निर्णय गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

प्रचण्ड-नेपाल समूहले बोलाए संसदीय दलको बैठक

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले संसदीय दलको बैठक बोलाएको छ। सर्वोच्च अदालतले मंगलबार प्रतिनिधिसभा पुनर्स्थापना गरिदिएपछि संसदीय दलको आगामी योजनाबारे प्रचण्ड–नेपाल समूहले संसदीय दलको बैठक बोलाएको हो।

संसद् पुनर्स्थापनाः प्रचण्ड-नेपाल समूहले विजय जुलुस निकाल्दै

संसद् पुनर्स्थापनाको खुसी मनाउन नेकपा प्रचण्ड-नेपाल समूहले आज (बुधवार) राजधानीमा विजय जुलुस निकाल्ने भएको छ। आज दिउँसो १२ बजे काठमाडौंको शान्ति बाटिकामा विजय जुलुस निकाल्ने नेता विष्णु रिजालले जानकारी दिएका छन्।

प्रचण्ड-नेपाल समूह केन्द्रीय सदस्यहरुको नागरिकतासहित निर्वाचन आयोग जाँदै

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूह केन्द्रीय सदस्यहरुको नागरिकतासहित निर्वाचन आयोग जाने तयारीमा लागेका छन्। आज दिउँसो १ बजे पार्टीका अध्यक्षद्वय पुष्पकमल दाहाल 'प्रचण्ड' र माधव नेपालले केन्द्रीय सदस्यहरुको बहुमत आफ्नै साथमा रहेको देखाउन नेताहरु आयोग जान लागेका हुन्।

आज प्रचण्ड-नेपाल समूहले मानव साङ्लो बनाएर टुँडिखेल घेर्ने

सरकारलाई दबाब दिन मानव साङ्लो बनाएर टुँडिखेल घेर्न लागिएको स्रोतले जनाएको छ। आज अपराह्न ४ बजेदेखि ५ बजेसम्मको यो कार्यक्रममा करिब १० हजार कार्यकर्ताको सहभागी रहने अपेक्षा गरिएको बताईएको छ।

संसद विघटनविरुद्ध प्रचण्ड-नेपाल समूहको विरोध सभा (तस्बिरसहित)

प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहको विरोध सभा सुरु भएको छ। यो समूहको विरोध सभा प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा सुरु भएको हो।

प्रचण्ड-नेपाल समूहको प्रदर्शन सुरु नहुँदै उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त

नेकपा प्रचण्ड–नेपाल समूहको जन प्रदर्शनको समय सुरु नहुँदै उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ। सो समूहले आज राजधानीमा दुई लाख मानिसको सहभागिता गराएर शक्ति प्रदर्शन गर्ने दाबी गरेको छ। जसकारण आज बिहानैदेखि जाम सुरु भएको छ।

प्रचण्ड-नेपाल समूहले आज दुई लाख मानिस ल्याएर प्रदर्शन गर्ने

प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले आज राजधानीमा प्रदर्शन गर्दैछ।

ओलीमा संघीयताप्रति अपनत्वबोध छैनः नेपाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीमा लोकतन्त्र र संघीयताप्रति कुनै पनि अपनत्वबोध नभएको बताएका छन्।

प्रचण्ड-नेपाल समूहको आम हड्तालः बन्द गराउँदै निस्किए नेता कार्यकर्ता (फोटो फिचर)

प्रचण्ड-नेपाल समूहद्वारा घोषणा गरिएको आम हड्ताल सफल बनाउन उक्त समूहका नेता कार्यकर्ता सडकमा निस्किएका छन्।

प्रचण्ड-नेपाल समूहको प्रदर्शनले काठमाडौंमा सवारी अस्तव्यस्त

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल समूहको प्रदर्शनका कारण काठमाडौंमा ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको छ।

प्रचण्ड-नेपाल समूहको बैठक सुरु, ओलीलाई कारबाही गर्ने तयारी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका केन्द्रीय समिति सदस्यको भेला सुरु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्