२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
समाज

सिरहामा कानुन व्यवसायीको फर्ममा बम विस्फोट, एक जना घाइते

सिरहा सदरमुकामस्थित जिल्ला अदालत अगाडि रहेको ‘मधेश ल फर्म’ मा आज दिउँसो बम विस्फोट भएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशबहादुर पालका अनुसार दिउँसो करिब ४ः१५ बजे भएको विस्फोटमा एकजना घाइते भएका छन्।

बारको कार्यालय भवनको सटर भाडामा लिएर अधिवक्ता मधुसुदनप्रसाद यादवले सञ्चालन गर्दै आएकझ फर्ममा विस्फोट भएको प्रहरीले जनाएको छ।

विस्फोटमा फर्ममा काम गर्ने सहयोगी सौरव यादवको हातको औँला र खुट्टामा सामान्य चोट लागेको छ। उनलाई उपचारका लागि प्रादेशिक अस्पताल लगिएको प्रहरीले जनाएको छ।

विस्फोट सुतली बम हो वा अन्य प्रकारको भन्ने अझै यकिन भइसकेको छैन। प्रहरी नायब उपरीक्षक पालका अनुसार विस्फोट भएको सटर वरपर र कोठाभित्र कुनै पर्चा–पम्प्लेट फेला परेको छैन।

‘प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा छ। चोहर्वास्थित नन्दाबक्स गणबाट निष्क्रिय टोली पनि आइसकेको छ र थप अनुसन्धान भइरहेको छ,’ उनले भने।

घटनापछि केही समय त्रासको अवस्था सिर्जना भए पनि अहिले अवस्था सामान्य बनेको प्रहरीले जनाएको छ।

प्रकाशित: २७ फाल्गुन २०८२ २०:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App