२१ आश्विन २०८१ सोमबार
image/svg+xml

‘डेब्यु’मा सहभागी हुँदै विदेशी मोडल

पाटन दरबार संग्रहालयमा ‘डेब्यु २०१९’ नामक अन्तर्राष्ट्रिय फेसन सोमा सहभागी हुन विदेशी मोडलहरू नेपाल आइपुगेका छन्। नेपाली फेसन ब्रान्ड कासाले आगामी भदौ १३ मा पाटन दरबार संग्रहालयमा ‘डेब्यु २०१९’ फेसन सोको आयोजना गर्दैछ।

सेलेनासँग निकट हुन प्रयासरत जस्टिन

मोडल हेली बल्डिविनसँग वैवाहिक सम्बन्धमा गाँसिसकेका गायक जस्टिन बिबर गायिका सेलेना गोमेजसँग सम्पर्क जोड्न प्रयासरत रहेको समाचार बाहिरिएको छ। अमेरिकन सञ्चार माध्यमका अनुसार गत मे महिनामा आयोजित कान्स फिल्म फेस्टिभलदेखि गायक जस्टिन बिबर गायिका सेलेना गोमेजसँग सम्पर्क जोड्न प्रयासरत देखिएका छन्।

रोलमोडल प्रजिअ कुरुम्बाङ !

सबै कुरा सम्भव छ । असम्भव केहि छैन ।तर, असम्भव कुरालाई पूरा गर्न अठोटसहित अघि बढे सम्भव बनाउँन केहि ठूलो काम गर्न पर्दैन । सानो कामको नमुना देखाउँन सके सबैलाई त्यो काम प्रेरणा बन्न सक्छ । देश विकास निर्माणमा अघि बढिरहेको बेला विकास निर्माण ,शान्ति सुरक्षा र सुशासन अपरिहार्य ठान्छन् – प्रजिअ राम बहादुर कुरुम्बाङ । तराईको मेरुदण्ड रुपमा निर्माण भइरहेको हुलाकी सडक ,राष्ट्रिय गौरवको आयोजना सूचिकृत बबई सिँचाई आयोजना,बर्दिया जिल्ला सुरक्षाको लागि कर्णाली,बबई नदीमा निर्माण भइरहेको तटबन्धन र सघन शहरी कार्यक्रम अन्र्तगतका विकास निर्माण समयमै सम्पन्न गर्न पर्ने अडानका साथ उनी यति खेर फिल्डमा खटिने गरेका छन् । उनी सुशासन स्थापित गर्न खुला सीमावाट हुने अपराध र तस्करी नियन्त्रणमा कडाईका साथ प्रस्तुत भइरहेका छन् ।

विकासे मोडलको विकृत नमुना

साढे ३ वर्षमा सम्पन्न हुनुपर्ने १४ मेगावाट क्षमताको निर्माण गर्न सजिलो धरातलमा रहेको र हेटौँंडा नजिक रहेको सानोकुलेखानी तेस्रो जलविद्युत् आयोजना बल्लतल्ल ११ वर्षमा पूरा हुने भएकोछ।

नयाँ मोडलको खोजीमा प्रचण्ड!

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले विकासका नयाँ मोडलको खोजी गर्नुपर्ने आवश्यक्तामा जोड दिएकाछन्।

मोडल परी तामाङसहित ३ जना पक्राउ

महानगरीय प्रहरी परिसर काठमाडौंले मोडल परी तामाङसहित ३ जनालाई नियन्त्रणमा लिएको छ। युट्युव च्यानल ‘मस्ती टक टाइम’बाट अमर्यादित, अश्लील र उत्तेजित अन्तर्वार्ता दिएको भन्दै तामाङसहित दुई सञ्चालकलाई नियन्त्रणमा लिइएको परिसरका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले जानकारी दिए।

नुबिया स्मार्टफोनमा विशेष छुट

नुबियाले आफ्ना लोकप्रिय मोबाइल फोनको मूल्य घटाएको छ। नुबिया फोनको नेपालका लागि आधिकारिक वितरक आइटिपी नेपाल प्रालिले चार मोडलहरु–– जेड १७ मिनी, जेड १७ लाइट, जेड १७ मिनी एस र भी १८ ––को अधिकतम बजार मूल्य घटाएको हो।

सन्ध्या ‘सुपर प्लस साइज मोडल’

राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न दोस्रो संस्करणको ‘सुपर प्लस साइज मोडल नेपाल २०१९’ को उपाधि सन्ध्या केसीले जितेकी छन्। उनले शीर्ष ताजसँगै ५० हजार रुपैंयाँ र विभिन्न उपहारसँगै अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘टप अफ द वल्र्ड प्लस साइज २०१९’ मा सहभागिताको अवसर पाएकी छन्।

कम्पनी खोज्न प्रस्ताव माग्दै प्राधिकरण

नागरिक उड्डयन प्राधिकरणले भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल जिटुजी (दुईपक्षीय सरकारी सम्झौता) मोडलमा चलाउन नेपालमा रहेका विभिन्न मुलुकका दूतावाससँग प्रस्ताव माग गर्ने तयारी गरेको छ। आगामी जेठबाट सञ्चालनमा आउन लागेको विमानस्थल जिटुजी मोडलमा सञ्चालन गर्ने निर्णय प्राधिकरण बोर्डले यसअघि नै गरिसकेको छ।

भारतकाे जी म्युजिकको गीतमा नेपाली मोडल

भारतको लोकप्रिय जी टेलिभिजन नेटवर्कको जी म्युजिक टिमले नेपालमा छायांकन गरेको ‘कुछ तो हे...’ गीत रिलिज भएको छ। गीतको म्युजिक भिडियोमा नेपाली मोडलको अभिनय रहेको छ। ज्योतिका टाङ्ग्री र राहुल मिश्रको स्वरमा रहेको गीतमा अजय जैसवालको संगीत र राशी महेश्वरीको शब्द रहेको छ। स्वाप्निल जैसवालले निर्देशन गरेको म्युजिक भिडियोमा कृष्ण रसालको कोरियोग्राफी र पवन गौतमको सिनेमेट्रोगाफी रहेको छ।

केएमसीमा रोजगार मेला

केएमसी एजुकेशनल नेटवर्कद्वारा सञ्चालित हिमालय कलेज अफ इन्जिनियरिङ, काठमाडौं मोडेल कलेज र अपोलो इन्टरनेसनल कलेजको संयुक्त आयोजनामा काठमाडौं मोडल कलेज बालकुमारीमा शुक्रवार बृहत् रोजगार मेला सम्पन्न भएको छ।

आशिष र अदिती भए मोडल हन्ट

महिला र पुरुषबीचको प्रतिस्पर्धात्मक सौन्दर्य प्रतियोगिता ‘मोडल हन्ट नेपाल २०१८’को उपाधि आशिष केसी र अदिती अधिकारीले जितेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्