२१ आश्विन २०८१ सोमबार
image/svg+xml
कला

‘जम्बोरी नाइट’ लागि छानिए मोडल

काठमाडौं – आउँदो २६ असोजमा राजधानीमा हुने ‘जम्बोरी नाइट’ ‘फेसन शो तथा म्युजिकल नाइट’ का लागि मोडल छनौट भएका छन्। 

प्यासिफिक इभेन्ट एण्ड मेनेजमेन्टको आयोजनामा हुन लागेको कार्यक्रममा विभिन्न डिजाइनरको सिर्जनात्मक पहिरनमा मोडलहरु र्याम्पमा प्रस्तुत हुँदैछन्।

फेसन नाइटका लागि आइतबार राजधानीमा मोडलहरुको अडिशन लिइएको थियो । सो अडिशनबाट १२ जना व्यवसायी फिमेल मोडलहरु छनोट भएका छन् । अडिशन दिन आएका ४० भन्दा बढी मोडलबाट ती मोडलहरु छनोट गरिएको आयोजकले जनाएको छ । आयोजकका अनुसार छनोट भएका मोडलहरुलाई रिर्हसल गराई स्टेजमा प्रस्तुत गरिने छ। 

ललितपुरको सानेपास्थित इन्टरनेशनल क्लवमा हुने फेसन तथा म्युजिकल नाइटमा जोजोलप्पा कलेक्शनकी प्रतिमा महर्जन, मृगातृष्णा बुटिककी तृष्णा गुरुङ तथा आईआईएफटीका प्रमिला उप्रेती, सनम लामिछाने र अमृता श्रेष्ठलगायतका फेसन डिजाइनरले बनाएको पहिरनमा एक दर्जन मोडलहरुले ¥याम्प नाप्ने इमेन्ट निर्देशक तथा मोडल विपना थापाले बताइन् । उनका अनुसार कार्यक्रममा विभिन्न गायक तथा गायिकाको प्रस्तुती रहने जनाइएको छ।

 

प्रकाशित: ११ आश्विन २०७५ ००:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App