२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

रोलमोडल प्रजिअ कुरुम्बाङ !

बर्दिया - सबै कुरा सम्भव छ । असम्भव केहि छैन ।तर, असम्भव कुरालाई पूरा गर्न अठोटसहित अघि बढे  सम्भव बनाउँन केहि ठूलो काम गर्न पर्दैन । सानो कामको नमुना देखाउँन सके सबैलाई त्यो काम प्रेरणा बन्न सक्छ । देश विकास निर्माणमा अघि बढिरहेको बेला विकास निर्माण ,शान्ति सुरक्षा र सुशासन अपरिहार्य ठान्छन् – प्रजिअ  राम बहादुर कुरुम्बाङ । तराईको मेरुदण्ड रुपमा निर्माण भइरहेको हुलाकी सडक ,राष्ट्रिय गौरवको आयोजना सूचिकृत बबई सिँचाई आयोजना,बर्दिया जिल्ला सुरक्षाको लागि कर्णाली,बबई नदीमा निर्माण भइरहेको तटबन्धन र सघन शहरी कार्यक्रम अन्र्तगतका विकास निर्माण समयमै सम्पन्न गर्न पर्ने अडानका साथ उनी यति खेर फिल्डमा खटिने गरेका छन् । उनी सुशासन स्थापित गर्न  खुला सीमावाट हुने  अपराध र तस्करी नियन्त्रणमा कडाईका साथ प्रस्तुत भइरहेका छन् ।

अधिकांश राष्ट्रसेवक कर्मचारी  काम, कर्तव्य र अधिकार  व्यबहारमा लागु गर्न सक्ने कमै छन् । शक्तिको अघि निरिह हुन्छन् कर्मचारी । सरुवा हुने त्रास र लोभमा फस्दा कर्मचारी अधिकार विमुख बन्छन् । अधिकांश कर्मचारीको भनाईमा एउटा कुरा हुन्छ भने व्यवहारमा फरक पाइन्छ ।पद र प्रतिष्ठा भएका व्यक्ति नै लोभ लालचमा फसेर  आफुले पाएका अधिकार प्रत्यायोजन गर्न नसक्दा प्रहरी र प्रशासन फितलो भएका  प्रशस्तै उदाहरण भेटिन्छ ।तर,बोलिमा नम्र र कानुनको   अक्षरस पालना गराउँन सक्ने  प्रजिअको जिल्लामा  ठूलो अस्तित्व भएको उदाहरण पेश गर्न प्रजिअ कुरुम्बाङ सफल भएका छन् ।

सुरक्षा प्रत्याभूति दिलाउँन सक्दा सर्बसाधरणले माझ लोकप्रिय बनेका छन् उनी । ठूला निर्माण व्यबसायी हुन  वा नेता ज्यूहरु पनि कानुन भन्दा कोहि माथी नरहेको मान्यता  स्थापित गर्न उनी जिल्लामा सफल छन् ।तर,लोभ लालच मुक्त भएर फिल्डमा खटिने प्रजिअ कुरुम्बाङको खराब नियत राख्ने जो कोहि पनि उनको अघि निरिह बनेका छन् । लोभ लालच त्यागेर  काम कर्तव्य प्रति दत्तचित्त भएर काम गर्ने प्रजिअ कुरुम्बाङले दाम हैन ‘नाम’ कमाएका छन् ।

सात वटा जिल्लामा प्रजिअको भूमिका निर्वाहा गरेका उनको  ‘विकास ब्रान्ड’ अझै बढी परिचित भएको स्मरण गर्छन उनका सहकर्मी ।तर, नाम र कामलाई समानान्तर रुपले अघि बढाउँन कत्तिको चुनौति छ भन्ने कुरा कुरुम्बाङलाई  नै थाहा होला । एक वर्ष अघि बर्दियामा सरुवा भएर आउँदा जिल्ला विकासको गति र सुशासनमा कमजोर देखेका उनलाई शून्य शहनशिलतामा झार्न चुनौती र अवसर दुबै थियो । ८२ किलोमिटरमा खुला सीमामा तस्कर नियन्त्रण असम्भव जस्तै थियो । तराई जिल्लाको पहिलो नेतृत्व गर्ने अवसर पाएका कुरुम्बाङलाई असफल नेतृत्वको बिल्ला भिर्न पर्ने चिन्ताले  सतायो  । तर बजार अनुगमनमा कडाई, घुम्ती शिबिर संचालनले सर्वसाधरणको माझ लोकिप्रिय बेनका उनी  तस्करी नियन्त्रण र  विकास निर्माणलाई गति दिलाउँन कडाईका साथ प्रस्तुत हुँदा कुरुम्बाङ नमुना काम गर्न सफल भए ।   

शालिन व्यत्तित्व । मिठो बोली । स्वाभिमानका अडिग व्यत्तित्व ।यो विशेषता उनलाई थप उचाईमा पु¥यायो । स्थलगत अनुगमन पुग्ने उनको बानीले सडक,तटबन्धन र नहर निर्माणले गति लियो  । प्रजिअ कुरुम्बाङले उच्च कद बनाउँन उनले धेरै चिज गुमाउँनु प¥र्यो होला ।निरन्तर अथक प्रयास  उदाहरणिय राष्ट्रसेवक बन्न सफल भएका उनी यतिखेर खुसी छन् । उनले लिएका निष्ठाले तराईको मेरुदण्डको रुपमा रहेको हुलाकि सडकले पूर्णता पाउँने देखिएको छ ।  
जिल्लामा राष्ट्रिय गौरवका आयोजनामा सूचिकृत ववई

बर्दिया - सबै कुरा सम्भव छ। असम्भव केहि छैन।तर, असम्भव कुरालाई पूरा गर्न अठोटसहित अघि बढे  सम्भव बनाउँन केहि ठूलो काम गर्न पर्दैन। सानो कामको नमुना देखाउँन सके सबैलाई त्यो काम प्रेरणा बन्न सक्छ। देश विकास निर्माणमा अघि बढिरहेको बेला विकास निर्माण ,शान्ति सुरक्षा र सुशासन अपरिहार्य ठान्छन् – प्रजिअ  राम बहादुर कुरुम्बाङ। तराईको मेरुदण्ड रुपमा निर्माण भइरहेको हुलाकी सडक ,राष्ट्रिय गौरवको आयोजना सूचिकृत बबई सिँचाई आयोजना,बर्दिया जिल्ला सुरक्षाको लागि कर्णाली,बबई नदीमा निर्माण भइरहेको तटबन्धन र सघन शहरी कार्यक्रम अन्र्तगतका विकास निर्माण समयमै सम्पन्न गर्न पर्ने अडानका साथ उनी यति खेर फिल्डमा खटिने गरेका छन्। उनी सुशासन स्थापित गर्न  खुला सीमावाट हुने  अपराध र तस्करी नियन्त्रणमा कडाईका साथ प्रस्तुत भइरहेका छन्।

अधिकांश राष्ट्रसेवक कर्मचारी  काम, कर्तव्य र अधिकार  व्यबहारमा लागु गर्न सक्ने कमै छन्। शक्तिको अघि निरिह हुन्छन् कर्मचारी। सरुवा हुने त्रास र लोभमा फस्दा कर्मचारी अधिकार विमुख बन्छन्। अधिकांश कर्मचारीको भनाईमा एउटा कुरा हुन्छ भने व्यवहारमा फरक पाइन्छ।पद र प्रतिष्ठा भएका व्यक्ति नै लोभ लालचमा फसेर  आफुले पाएका अधिकार प्रत्यायोजन गर्न नसक्दा प्रहरी र प्रशासन फितलो भएका  प्रशस्तै उदाहरण भेटिन्छ।तर,बोलिमा नम्र र कानुनको   अक्षरस पालना गराउँन सक्ने  प्रजिअको जिल्लामा  ठूलो अस्तित्व भएको उदाहरण पेश गर्न प्रजिअ कुरुम्बाङ सफल भएका छन्।

सुरक्षा प्रत्याभूति दिलाउँन सक्दा सर्बसाधरणले माझ लोकप्रिय बनेका छन् उनी। ठूला निर्माण व्यबसायी हुन  वा नेता ज्यूहरु पनि कानुन भन्दा कोहि माथी नरहेको मान्यता  स्थापित गर्न उनी जिल्लामा सफल छन्।तर,लोभ लालच मुक्त भएर फिल्डमा खटिने प्रजिअ कुरुम्बाङको खराब नियत राख्ने जो कोहि पनि उनको अघि निरिह बनेका छन्। लोभ लालच त्यागेर  काम कर्तव्य प्रति दत्तचित्त भएर काम गर्ने प्रजिअ कुरुम्बाङले दाम हैन ‘नाम’ कमाएका छन्।

सात वटा जिल्लामा प्रजिअको भूमिका निर्वाहा गरेका उनको  ‘विकास ब्रान्ड’ अझै बढी परिचित भएको स्मरण गर्छन उनका सहकर्मी।तर, नाम र कामलाई समानान्तर रुपले अघि बढाउँन कत्तिको चुनौति छ भन्ने कुरा कुरुम्बाङलाई  नै थाहा होला। एक वर्ष अघि बर्दियामा सरुवा भएर आउँदा जिल्ला विकासको गति र सुशासनमा कमजोर देखेका उनलाई शून्य शहनशिलतामा झार्न चुनौती र अवसर दुबै थियो। ८२ किलोमिटरमा खुला सीमामा तस्कर नियन्त्रण असम्भव जस्तै थियो। तराई जिल्लाको पहिलो नेतृत्व गर्ने अवसर पाएका कुरुम्बाङलाई असफल नेतृत्वको बिल्ला भिर्न पर्ने चिन्ताले  सतायो। तर बजार अनुगमनमा कडाई, घुम्ती शिबिर संचालनले सर्वसाधरणको माझ लोकिप्रिय बेनका उनी  तस्करी नियन्त्रण र  विकास निर्माणलाई गति दिलाउँन कडाईका साथ प्रस्तुत हुँदा कुरुम्बाङ नमुना काम गर्न सफल भए।  

शालिन व्यत्तित्व। मिठो बोली। स्वाभिमानका अडिग व्यत्तित्व।यो विशेषता उनलाई थप उचाईमा पु¥यायो। स्थलगत अनुगमन पुग्ने उनको बानीले सडक,तटबन्धन र नहर निर्माणले गति लियो। प्रजिअ कुरुम्बाङले उच्च कद बनाउँन उनले धेरै चिज गुमाउँनु प¥र्यो होला।निरन्तर अथक प्रयास  उदाहरणिय राष्ट्रसेवक बन्न सफल भएका उनी यतिखेर खुसी छन्। उनले लिएका निष्ठाले तराईको मेरुदण्डको रुपमा रहेको हुलाकि सडकले पूर्णता पाउँने देखिएको छ।  

जिल्लामा राष्ट्रिय गौरवका आयोजनामा सूचिकृत ववई सिँचाई देखि चार वटा बहुवर्षिय आयोजना सरकारको प्राथामिकतामा योजना परेको छ। बजेटको हिसावले बिगत देखिनै अब्बल देखिएका अयोजना अपूरो छ। तर,आर्कषक आयोजना भएर होला सरुवा भएर आउँन आयोजना प्रमुखको तँछाड मछाड नै चल्दा आयोजनामा पूरा गर्न गाह्रो भएका स्थानीयको बुझाई छ। ठूला आयोजना आर्कषक कार्यालय भित्र पर्ने आयोजना भएकाले शक्तिकेन्द्र धाउँनेले मात्र यस कार्यालयको कार्यभार सम्हाल्दा नाम मात्रको विकास भइरहेको सर्वसाधरण अनुभूति गरेका छन्। शक्ति केन्द्र धाएर आउँने कार्यालय प्रमुखले शक्ति केन्द्रलाई रिझाउँन  नसके तुरुन्त  बिदाई गरी हाल्ने पुरानो चलन भने प्रजिअ कुरुम्बाङलाई निराश बनाएको छ। यस्तै यस्तै कारणले ठूला योजना पूरा समय लाग्ने गरेको उनले अनुभव सुनाए।प्रजिअ कुरुम्बाङ सक्रियताले जिल्लामा विकास निर्माणको शुभ संकेत देखिएको स्थानीयले अनुभुति गर्न थालेका छन्।

कुरुम्बाङको व्यस्त दैनिकी
प्रजिअ कुरुम्बाङको सपना त्यत्तिकै साकार भएको होइन। मिहिनेत र संघर्षको बलियो जगमा ठडिएको छ, त्यो महल।सफलताको महल जति चुलिँदै गयो, उनको दैनिकीमा व्यस्तताको पारो पनि त्यत्तिकै तीव्रतासाथ चढिरहेको छ। आयोजनाको काम हेर्न उनलाई यतिखेर भ्र्याई नभ्याई छ। अफिस समयमै मिलाएर अझै अनुगमनमा हिड्ने गरेका उनी विकास निर्माणले गति देख्दा कुरुम्बाङ उत्साहित भएको उनले बताए।जुनियर अफसरलाई घुम्ती शिबिर र अन्यकामको लागि कुदाउँछन। आफू भने दैनिक विकास निर्माणको रिजल्टको बारेमा अपडेट हुने गरेका उनले सुनाए। सिमित स्रोत साधन विच काम गर्न आएको अवसरले मलाई खुसी बनाएको प्रजिअ कुरुम्बाङ वताउँछन्। ‘जनताको भावना अनुरुप नै राष्ट्र सेवक कर्मचारी खटिनु पर्छ ’उनले भने,‘जनताको पक्षमा वकालत गर्न हामीलाई राज्य खटाएको हो,सर्वसाधरण सहजताको पक्षमा काम गर्ने प्रण गरेको छु ।’

सिँचाई देखि चार वटा बहुवर्षिय आयोजना सरकारको प्राथामिकतामा योजना परेको छ । बजेटको हिसावले बिगत देखिनै अब्बल देखिएका अयोजना अपूरो छ । तर,आर्कषक आयोजना भएर होला सरुवा भएर आउँन आयोजना प्रमुखको तँछाड मछाड नै चल्दा आयोजनामा पूरा गर्न गाह्रो भएका स्थानीयको बुझाई छ । ठूला आयोजना आर्कषक कार्यालय भित्र पर्ने आयोजना भएकाले शक्तिकेन्द्र धाउँनेले मात्र यस कार्यालयको कार्यभार सम्हाल्दा नाम मात्रको विकास भइरहेको सर्वसाधरण अनुभूति गरेका छन् । शक्ति केन्द्र धाएर आउँने कार्यालय प्रमुखले शक्ति केन्द्रलाई रिझाउँन  नसके तुरुन्त  बिदाई गरी हाल्ने पुरानो चलन भने प्रजिअ कुरुम्बाङलाई निराश बनाएको छ । यस्तै यस्तै कारणले ठूला योजना पूरा समय लाग्ने गरेको उनले अनुभव सुनाए ।प्रजिअ कुरुम्बाङ सक्रियताले जिल्लामा विकास निर्माणको शुभ संकेत देखिएको स्थानीयले अनुभुति गर्न थालेका छन् ।

 

प्रकाशित: २२ असार २०७६ ०४:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App