२१ आश्विन २०८१ सोमबार
image/svg+xml

विशाखापट्टनमबाट ट्रान्ससिप मोडल

नेपालले तेस्रो मुलुकबाट सामान आयात गर्दा भारतको भन्सारमा भोग्नु पर्ने कागजी झन्झटबाट मुक्त हुन प्रयोग गरिने ट्रान्ससिप मोडललाई वशाखापट्टनमबाट लागु गरिने भएको छ । नेपाले पहिलेदेखि माग गर्दै आएको यस मोडललाई विशाखापट्टनमबाट लागु गर्न भारतीय पक्षले सूचना जारी गरिसकेको छ।

मोडल हन्ट नेपालको तयारी

विगत ४ वर्षदेखि नियमित आयोजना हुँदै आएको प्रतियोगीता ‘मोडल हन्ट नेपाल’को चौथो सिजन सुरु भएको छ । आयोजक नेक्स्ट मोडल्सले आइतबार विज्ञप्ति जारी गर्दै प्रतियोगिताको लागि आवेदन खुला भएको जानकारी दिएको हो।

‘आर्थिक समृद्धिका लागि पिपिपी मोडल’

आर्थिक समृद्धि र देश विकासका लागि सरकारी–निजी साझेदारी (पिपिपी) मोडललाई जोड दिनुपर्ने औंल्याइएको छ।

बुट मोडल : भ्रम र भरोसा

पछिल्लो समय सार्वजनिक विकास–निर्माणका क्षेत्रमा स्वदेशी वा विदेशी निजी क्षेत्रलाई समेटी देशको पूर्वाधार विकासको जिम्मेवार सहयात्री मात्र नभई हिस्सेदार नै बनाउने हेतुले सार्वजनिक–निजी–साझेदारी (बुट) मोडलको अवधारणालाई आत्मसात् गर्न थालिएको छ।

दिया र कृशल एसइई मोडल हन्ट

पहिलो संस्करणको ‘एसइई मोडल हन्ट २०१८’को उपाधि दिया श्रेष्ठ र कृशल श्रेष्ठले जितेका छन् । डीएम इन्टरटेन्मेन्टको आयोजना र थ्रीडि नेपालको व्यवस्थापनमा भएको प्रतियोगितामा ५० जना प्रतिस्पर्धीलाई पछाडी पार्दै तनहुँकी १४ वर्षिया दिया र बनेपा सागाका १६ वर्षिय कृशलले उपाधि पोल्टामा पारेका हुन्।

‘फेसन नोभा’मा मोडल साे

फेसन डिजाइनको प्रवर्द्धन तथा व्यवसायिक विकास गर्न राजधानीमा आगामी शुक्रबार ‘फेसन नोभा २०१८ः सिजन ७’ नामक फेसन सो हुने भएको छ । द क्रिएसन इन्स्टिच्युट अफ फेसन डिजाइनले आयोजना गर्न लागेको सोमा अडिसनमार्फत छनोट भएका मोडललाई कोरियोग्राफर प्रशान्त ताम्राकार र कलाकार रक्षा श्रेष्ठले विभिन्न प्रशिक्षण दिइरहेका छन्।

कलाकार र मोडल एउटै र्‍याम्पमा

नेपाली फेसन बजारमा अन्तर्राष्ट्रिय स्तरको फेसन शोका गतिविधि भइरहँदा यस्तै किसिमको अर्को एक फेसन सो हुने भएको छ । नेक्स्ट मोडल नेपालको आयोजनामा ‘ट्रेसमी दलजीत सुदान रन वे २०१८’ नामक अन्तर्राष्ट्रियस्तरको फेसन सो हुन लागेको हो।

लन्डनको मोडल प्रतियोगितामा निशान

लन्डनमा आगामी अप्रिल ३ मा हुन लागेको ‘टप मोडल वल्र्ड वाइड २०१८’मा नेपाली मोडल निशान चौहानले सहभागिता जनाउने भएका छन् । सन् २०१६ को ‘म्यानहन्ट नेपाल’का ‘मिस्टर पर्सनालिटी’ तथा ‘टप मोडल नेपाल २०१८’ विजेता निशान अन्य मुलुकका ४० प्रतियोगीसँग शीर्ष उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

हिमस्टारको पाँच मोडलका मिक्स्चर ग्राइन्डर

गोल्छा अर्गनाइजेसनको भगिनी संस्था हिम इलेक्ट्रोनिक्सले हिमस्टारको पाँचवटा नयाँ मोडलका मिक्स्चर ग्राइन्डर सार्वजनिक गरेको छ । नयाँ मोडलका मिक्स्चर ग्राइन्डरमा पर्ल–५०० डब्लु, स्मार्टी–५०० डब्लु, डायमन्ड–५५०डब्लु, क्युट–५५० डब्लु र ग्यालेक्सी–७५० डब्लु छन् ।

सुपर मोडलमा ४७ को भिडन्त

‘द सुपर मोडल नेपाल–२०१८’ बन्न ४७ जना मोडलहरू प्रतिस्पर्धामा उत्रिएका छन् । प्यासिफिक इभेन्ट एन्ड मेनेजमेन्टद्वारा आयोजित प्रतियोगिताको दोस्रो सिजनका लागि प्रतिस्पर्धीहरु हिजोआज प्रशिक्षणमा व्यस्त भएका छन् ।

उत्कृष्ट मोडललाई एक लाख !

एक लाख नगद राशि पुरस्कार सहितको ‘बेस्ट मोडल अफ द इयर २०१८’ आयोजना गर्ने भएको छ । प्रशिक्षित एवं दक्ष मोडल उत्पादन गरी उनीहरूको व्यवसायिक करिअर निर्माणमा महत्वपूर्ण योगदान पु¥याउने उद्देश्यसहित रोयल नेपाल डटकमले प्रतियोगिताको आयोजना गर्न लागेको हो ।

जसलाई सामाजिक सञ्जालले बनायो मोडल

विश्वकै होची मोडलका रुपमा  चिनिएकी २१ वर्षिया ड्र प्रेस्टा सामाजिक सञ्जालमा भाइरल बनेकी छिन् ।  जन्मिदाँ नै एकोन्ड्रोप्लासिए नामक रोगको शिकार बनेकी उनको उचाई ३ फिट ४ इन्च भन्दा बढेन।

'मोडल हन्ट'मा र्‍याम्प शो

सौन्दर्य प्रतियागिता 'मोडल हन्ट नेपाल २०१७'को फिनालेमा अभिनेत्री प्रियंका कार्की, सिर्जना रेग्मी र 'मिस नेपाल २०१७' अस्मी श्रेष्ठ शो टपरका रुपमा प्रस्तुत हुने भएका छन्। युवायुवतीको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर र नेतृत्वदायी क्षमताको विकासलगायतको उदेश्य राखी आयोजना हुन लागेको प्रतियोगिताको फिनाले आगामी शनिबार हुँदैछ।

नविनको मोडलिङ मोह

गीतकार तथा मोडल नविन न्यौपाने क्रमशः मोडलिङले जम्न थालेका छन्। आधा दर्जन म्युजिक भिडियोमा मोडलिङ गरेका न्यौपानेले पछिल्लो समयमा भने नायिका नम्रता सापकोटा र रञ्जिता गुरुङसँग स्क्रिन सेयर गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्