१५ मंसिर २०८१ शनिबार
image/svg+xml

कतारमा तीन सय नेपालीलाई खाद्यान्न

कतारमा कोरोना भाइरस (कोभिड–१९)को चपेटामा परेका परेका करिब तीन सय नेपालीलाई खाद्यान्न प्रदान गरिएको छ। कोरोना भाइरसको संक्रमणले आक्रान्त बनाएपछि कतारमा अस्थायी ‘लकडाउन’ लागू हुँदा समस्यामा परेका नेपालीलाई गैर–आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको पहलमा चामल, आँटा, तेल लगायतका खाद्य सामग्री प्रदान गरिएको हो।

व्यास नगरपालिकाको राहत कोषमा एक करोड

काले राहत कोव्यास नगरपालिषमा एक करोड विनियोजन गर्ने निर्णय गरेको छ। नगरपालिकाले राहत तथा औषधि उपचार कोषमा एक करोड रकम विनियोजन गर्ने निर्णय गरेको व्यास नगरपालिकाका प्रवक्ता एवं व्यास नगरपालिका वडा नम्वर–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिए।

कोरोना भाइरसको दुष्प्रभावबाट कृषिलाई बचाउन आग्रह

नागरिक अगुवाहरुले कोरोना भाइरसको दुष्प्रभावबाट कृषिलाई बचाउन आग्रह गरेका छन्। एक विज्ञप्ति प्रकाशित गर्दै उनीहरुले मुलुकको अधिकतम जनमानसको जीवन र जिविकासँग सम्बन्धित कृषि क्षेत्रलाई जसरी बन्दाबन्दीले प्रभावित गरेको छ, यसले मुलुकको समग्र अर्थतन्त्र र जनजीविकालाई दीर्घकालीन असर पार्ने प्रष्ट्याएका छन्।

सबै नेपाली मेरो परिवार

कोरोना भाइरस ‘कोभिड १९’ ले विदेशका केही देशमा धेरै मानिसको ज्यान गइसकेको अवस्था थियो। नेपालमा भने सबैजना निडर भएर आ–आफ्नो काम गरिरहेका थिए। यद्यपी सबैतिर कोरोनाको आतंक फैलिएको थियो। निकै हल्ला चलिरहेको थियो।

स्वास्थ्य मन्त्रालयले भन्याे : 'पाेखरामा कोरोना भाइरसको पोजेटिभ केस छैन'

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या नबढेको स्पष्ट पारेको छ। शुक्रबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले संक्रमितको संख्या बढेको भन्ने समाचारको खण्डन गर्दै संक्रमितको संख्या यथावत रहेको पुष्टि गरेका हुन्।

डोल्पामा आइसोलेसनमा भर्ना गरिएका कर्मचारीमा कोरोना नभएको पुष्टि

कोरोना आशंकामा डोल्पाको जिल्ला अस्पतालमा भर्ना गरिएका दुई जनाको रिपोट नेगेटिभ आएको छ। शे-फोक्सुण्डो राष्ट्रिय निकुन्जका दुई कर्मचारीलाई चैत १८ गते जिल्ला अस्पतालमा स्थापना गरिएको ४ बेडको आइसोलेसनमा भर्ना गरिएको थियो।

लकडाउनमा सहजीकरण गर्न व्यवसायी प्रतिवद्ध

कोरोना भाइरसका कारण देश लकडाउनको अवस्थाबाट गुज्रिरहेको बेला जिल्लामा औषधि, ग्यास, खाद्यान्न तथा सागसब्जी आपूर्ति एवं व्यवस्थापनका लागि भक्तपुर उद्योग वाणिज्य संघबाट नियमित रुपमा सहजीकरण गर्ने प्रतिवद्धता भएको छ।

भारतसहित तेस्रो मुलुकबाट आउने प्रति कडा निगरानी

भारतबाट फर्किएका एक नेपाली नागरिकमा कोरोना संक्रमण भएको पुष्टी भएपछि कोरोना नियन्त्रण तथा व्यवस्थापन समिति ताप्लेजुङले भारतसहित तेस्रो मुलुकबाट आएका नेपालीहरुप्रति कडा निगरानी सुरु गरेको छ।

कांग्रेसको प्रश्न : मेडिकल सामाग्री खरिद अनियमितताको अनुसन्धान र कारवाहीमा किन ढिलाइ ?

नेपाली कांग्रेसले मेडिकल सामग्री खरिद प्रक्रियामा भएको अनियमितताको अनुसन्धान र कारवाहीमा ढिलाई भएको भन्दै सरकारलाई सचेत गराएको छ।

मैतिदेवी वडा कार्यालयबाट राहत सामग्री लिँदै सर्वसाधारण (फोटोसहित)

सरकारले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण तथा जोखिमलाई नियन्त्रण गर्न राष्ट्रव्यापी आपतकालीन लकडाउन गरेको ११ औं दिन पुगेको छ।

ट्रम्पको दोस्रोपटक कोरोना परीक्षण

संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गर्नु भएको दोस्रो परीक्षणमा पनि उहाँलाई कोरोना संक्रमण नदेखिएको ह्वाइट हाउसले जनाएको छ।

रसुवामा कोरोनाको रोकथाम तथा नियन्त्रण गर्न ५५ स्थानबाट सेवा प्रदान

रसुवामा कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि ५५ स्थानबाट सेवा प्रदान थालिएको छ। जिल्लामा सेवा प्रदान गरिरहेका अस्पताल, स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य इकाईसहित ५५ स्थानबाट सेवा प्रवाह भइरहेको छ।

किसानको उत्पादन वडाले किनेर बाँड्दै

कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोक्न दुई साताका लागि मुलुक लकडाउन छ। लकडाउनको बेला किसानले श्रम र पसिना बगाएर उत्पादन गरेको कृषी उपजले बजार नपाउँदा निःशुल्क बाँड्ने र कुहाएर फाल्नुपर्ने अवस्था आएको छ।

चिकित्सक लिएर गाउँ–गाउँ डुल्दै गाउँपालिका अध्यक्ष (फोटो फिचर)

कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमण फैलिन नदिन हेलम्बु गाउँपालिकाले गाउँ–गाउँ पुगेर स्थानीयको स्वास्थ्य परीक्षण र उपचार गरिरहेको छ। औषधिसहित गाउँ–गाउँ पुग्ने दुई चिकित्सकले सातादेखि स्थानीयमा रुघाखोकी र ज्वरो भए/नभएको परीक्षण गरिरहेका हुन्।

बीमा कम्पनीले दुई करोड दिने

सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीले कोरोना भाइरस सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा  दुई करोड रुपैयाँ सहयोग गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्