२० आश्विन २०८१ आइतबार
image/svg+xml

बारपाककी २६ वर्षीया सिकिस्त महिलालाई हेलिकप्टबार काठमाडौं लगियो

रुघाखोकी र ज्वरोले सिकिस्त बनेकी गोरखा बारपाककी २६ वर्षीया केसुता घलेलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिएको छ ।

बारपाकमा सात सय २२ जनाको ऐन्टिजेन परीक्षण गर्दा ५८ जना पोजेटिभ

बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर १ र २ बारपाकमा शुक्रबार सात सय ३२ जनाको ऐन्टिजेन परीक्षण गरिएको छ ।

'बारपाकका बासिन्दा घरबाहिर निस्कन पनि डराएका छन्'

बारपाकमा पछिल्लो केहीदिनदेखि कोरोना भाइरस संक्रमणसँग मिल्ने लक्षणका बिरामी भेटिएका छन । जेठ लागेपछि अहिलेसम्म बारपाकका १३ जनाले एकैखाले लक्षणको रोगबाट ज्यान गुमाइसकेका छन् । दिनहुँ गाउँलेको ज्यान जान थालेपछि गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका पदाधिकारी शुक्रबार थप स्वास्थ्यकर्मी र औषधि लिएर बारपाक पुगेका छन ।

बारपाकमा चिकित्सकको थप टोली पठाइयो

गोरखाको बारपाकमा कोरोना संक्रमण समुदायमा फैलिएको आशंकामा थप चिकित्सकको टोली बारपाक पठाइएको छ ।

एकाएक फैलिएको संक्रमण हामीले धान्न सक्ने अवस्था छैन: गाउँपालिका अध्यक्ष

गाउँपालिकाका अध्यक्ष बिष्णु भट्टले बारपाकको अवस्था गाउँपालिका एक्लैले थेग्न नसक्ने रहेको बताए। ‘तत्काल त्यहाँ प्रदेश र संघिय सरकारले चिकित्सक सहितको टोली पठाउनुपर्छ’ उनले भने। सिङ्गो गाउँभरी कोरोनाको लक्षण मिल्दोजुल्दो बिरामी रहेकाले तत्काल त्यहाँ चिकित्सकसहितको टोली आवश्यक रहेको उनले बताए।

बारपाकमा गएराती तीन जनाको मृत्यु, दुई सातामा मृत्यु हुनेको संख्या १२ पुग्यो

बारपाकमा दुई साता यता मृत्यु हुनेको संख्या १२ पुगेको छ । यी मध्ये पाँच जनाको कोरोना पोजेटिभ रिपोर्ट आएको थियो भने अन्यले परीक्षण गराएका थिएनन्। स्थानीयका अनुसार मृतक सबैमा रुघाखोकी, ज्वरो आएको र कोरोना संग मिल्दोजुल्दो लक्षण देखिएको थियो।

बारपाकमा थप दुईको मृत्यु, एक सातामा ६ जनाले ज्यान गुमाए

गोरखाको बारपाकमा आज दुई जनाको मृत्यु भएको छ। कोरोना संक्रमित एक जना ७० वर्षका पुरुषको उपचारको क्रममा चितनवमा निधन भएको हो। कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका अन्दाजी ८० वर्षका पुरुषको पनि मृत्यु भएको छ।

निषेधाज्ञामा बिरामीको बहानामा यात्रु ओसार्दै एम्बुलेन्स

अहिले अधिकांश गोरखा भित्रने एम्बुलेन्सले बिरामीको बहानामा यात्रु बोक्ने गरेका छन्।

बारपाकको राङरुङ भिरबाट जीप खस्दा दुई जनाको मृत्यु, सात घाइते

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय जौवारीबाट प्रहरी निरीक्षकको कमाण्डमा बालुवा प्रहरी चौकीबाट समेत प्रहरीको टोली घटनास्थल पुगेर घाइतेहरुको उद्धार गरिएको थियो। जीप रिर्जभ गरेर बारपाक घुम्न आएका उनीहरु फर्कने क्रममा राङरुङमा दुर्घटनामा परेका हुन्।

बारपाकमा केन्द्रीय प्रशारण लाईनको बिजुली बल्यो

यसअघि एकसय ३० किलोवाट क्षमताको लघु जलविद्युतबाट बारपाकका स्थानीयले बिजुली बाल्दै आएका थिए । उक्त लघु जलविद्युतबाट क्षमता अनुसार उत्पादन नहुँदा बारपाकका स्थानीयले आवश्यकता अनुसार बिजुली उपभोग गर्न पाएका थिएनन् ।

बाह्रकिलो बारपाक सडकः म्याद थपेको थपै, कामको गति सुस्त

गोरखादेखि बारपाकसम्म सडक कालोपत्रेको जिम्मा पाएका निर्माण ब्यवसायी (ठेकेदार) ले काम नगर्दा वर्षौँदेखिको आयोजना अलपत्र छ। दुई वर्षभित्र कालोपत्रे गर्ने गरी २०७२ मा सुरु भएका ती सडक खण्ड अहिले पनि कालोपत्रे हुन सकेको छैन।

सौरपानीको छाहरे खोलाबाट जीप खस्यो, १३ घाइते

गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ४ स्थित सिम्बु छाहरेखोलामा मंगलबार बिहान जीप दुर्घटना भएको छ।

गोरखादेखि बारपाकसम्म मोटरसाइकल र्‍याली

गोरखा सदरमुकामदेखि बारपाकसम्म शनिबार मोटरसाइकल र्‍याली सुरु भएको छ। गोरखा सदरमुकामको ठूलो आगनदेखि सुरु भएको र्‍यालीमा एक ५० मोटरसाइकलसहित मानिसहरु सहभागी भएको आयोजक गोरखा युथ क्लवका अध्यक्ष सुमन गुरुङले बताए। ‘पर्यटन प्रर्वद्धन गर्न र्‍यालीले मद्धत पुग्नेछ भन्ने अपेक्षाले क्लवले कार्यक्रम गरेको हो’ उनले भने।

कारबाही सुचीमा रहेका ठेकेदारलाई म्याद थपको पुरस्कार

पटक–पटक थपिएको म्यादमा पनि काम पूरा गर्न नसकेपछि गोरखास्थित एघार किलो छेवेटार भालुस्वाँरा सडक आयोजनाले गोरखा–बारपाक सडकको जिम्मा लिएका ठेकेदारलाई कारबाही प्रक्रिया थाल्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्