२० आश्विन २०८१ आइतबार
image/svg+xml

चार वर्षपछि पक्की घरमा प्रहरी

बारपाक भुकम्पले भवन भत्काएपछि अस्थायी टहरामा बस्दै आएका रातमाटे र ईलाका प्रहरी कार्यालय हर्मीका प्रहरी चार वर्षपछि पक्की घरमा सरेका छन्।

बदलियो बारपाक

भूकम्पको चौथो वर्ष बित्यो। २०७२ वैशाख र २०७६ वैशाख गोरखाका लागि भिन्न छ। गोरखामात्रै होइन भूकम्पको केन्द्रबिन्दु बारपाकले यसबीचमा काँचुली फेरेको छ।

यो दुईतिहाइ सरकारबाट आशा गरेजस्तो काम भएन : अध्यक्ष दाहाल

जनताले चाहेजस्तो उपलब्धि अहिलेको दुई तिहाई सरकाले दिन नसकेको सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले स्वीकारेका छन्।

जापान सरकारद्वारा पाँचवटा पुल हस्तान्तरण

जापान सरकारले बाह्रकिलो–बारपाक सडक आसपासमा निर्माण गरेको पाँचवटा पुल हस्तान्तरण गरेको छ।

भूकम्पमाथि बारपाक काव्य

विसं २०७२ वैशाख १२ गते मध्याह्नमा गोरखा जिल्लाको बारपाक केन्द्रबिन्दु भई गएको ७ दशमलव ८ रेक्टरस्केलको विनाशकारी भूकम्प र त्यसपछिका लगातारका परकम्प र त्यसका त्रासदी हाम्रो मानसपटलमा ताजै छ । पुनःनिर्माणमा भइरहेको ढिलाइले पनि भूकम्पलाई सम्झिन विवश छन् पीडित।

भूकम्पको केन्द्र बारपाकवासीको धुरीमा कसको झण्डा ?

भूकम्पले घर भत्किएपछि बनाएको टहरोमा नेपाली काँग्रेस र नयाँ शक्ति पार्टीको संयुक्त झण्डा राख्दै बारपाकका मनबहादुर घलेले भने, “स्थानीय तह निर्वाचनमा जुन पार्टीले असहयोग गर्‍यो यो उसैको झण्डा धुरीमा सजाउनुपर्‍यो।”

बारपाकमा कृषि उपज सङ्कलन केन्द्र निर्माण

भूकम्पको केन्द्र गोरखाको सुलिकोट गाउँपालिका–२ स्थित बारपाकमा कृषि उपज सङ्कलन केन्द्र निर्माण गरिएको छ । केयर नेपालले स्वाँरा सघन गाउँ विकास केन्द्रको सहकार्यमा खाद्य सुरक्षा तथा जीविकोपार्जन कार्यक्रमअन्तर्गत रु १५ लाख २४ हजार सात सय ६७ लगानी गरी भवन निर्माण गरेको हो ।

बाजुराबाटै बारपाक देखेपछि बालबालिका मख्ख

गोरखाको बारपाक। २०७१ बैशाख १२ गतेको महाविनाशकारी भूकम्पको केन्द्रविन्दु। बारपाक नामले परिचित भए पनि बाजुराका बालबालिकाको लागि दृश्यमा नदेखिएको ठाउँ थियो । तर शनिबार बाजुराका अधिकांश बालबालिकाले बारपाक देख्न पाए। तर उनीहरु भौतिकरुपमा बारपाक पुगेका होइनन्। शनिबार बारबापक र बाजुराका बालबालिकाहरु बीचमा दृष्य सम्वाद मार्फत यो सम्भव भएको हो।

बारपाक चम्काउँदै बारपाकबासी

करिब १२ सय टहरा, कतै पक्की घर। त्यो पनि थरिथरिका रङ्गिन जस्ता पाता र त्रिपालले बारपाक गाउँ ‘कलरफुल’ बनेको छ। आँखालाई नै रमझम बनाउने बारपाक गाउँ बारपाकीको ब्यथाले भने आँसु बगाउने खालको छ। डेढ वर्षदेखि त्रिपाल र टहरामा गुजारा चलाउँदै आएका बारपाकबासी अहिले जसोतसो ओत लाग्ने जोहसँगै घर बनाउन कस्सिएका छन्।

अवरुद्ध बारपाक सडक खुल्यो

गत असारदेखि अवरुद्ध रहेको गोरखा सदरमुकामदेखि बारपाकसम्मको सडक आजदेखि सञ्चालन भएको छ । बालुवादेखि बारपाकसम्म करिब १५ किलोमिटर सडक मर्मत गरेपछि बारपाकसम्म साना ट्रक, ट्र्याक्टर तथा जिप सञ्चालन भएका छन् ।

बारपाकलाई पर्यटकीय केन्द्र बनाउ पहल गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

प्रधानमन्त्री पुष्पकमल दाहालले ०७२ सालको भूकम्पको केन्द्रविन्दु बनेको गोरखाको बारपाकलाई विश्वकै आकर्षक पर्यटन केन्द्र बनाउन आफूले पहलगर्ने बताएका छन्।

बारपाकीको आकास

विनाशकारी भूकम्पको विकराल प्रभाव उग्राइरहेछ बारपाक। रोगाएको गोरुजसरी बेपर्वाह थुप्रिएका छन् अभागी टहराहरू। छिनको छिनमा धूलोमा परिणत भइभ्याएका थिए भएजति घरहरू गत वर्षको भूकम्पमा।

बारपाकमा ५ जनाको मात्रै बिमा

सरकारले जीवन बिमाको महत्व सर्वसाधारणसम्म पुर्‍याउन सकेको छैन भन्ने गतिलो उदाहरण फेला परेको छ। गत वर्ष आएको विनाशकारी भूकम्पको केन्द्रबिन्दु गोरखाको बारपाकमा त्यसबेला ज्यान गुमाएका ५ जनाको मात्रै बिमा गरिएको तथ्यबाहिर आएपछि जीवन बिमा अभियानमा सरकार असफल भएको पुष्टि भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्