२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

बारपाक चम्काउँदै बारपाकबासी

भूकम्पपछि बारपाकमा बनेका घर । तस्विर:नरहरि सापकोटा

बारपाक–करिब १२ सय टहरा, कतै पक्की घर। त्यो पनि थरिथरिका रङ्गिन जस्ता पाता र त्रिपालले बारपाक गाउँ ‘कलरफुल’ बनेको छ। आँखालाई नै रमझम बनाउने बारपाक गाउँ बारपाकीको ब्यथाले भने आँसु बगाउने खालको छ। डेढ वर्षदेखि त्रिपाल र टहरामा गुजारा चलाउँदै आएका बारपाकबासी अहिले जसोतसो ओत लाग्ने जोहसँगै घर बनाउन कस्सिएका छन्।

ढुङ्गा माटोले बनाएको घर बैशाख १२ को महाभूकम्पले ढलेपछि अब सिमेन्ट, रड, बालुवा बिनाको घर नबनाउने योजना सबैको छ।  ‘फाँदमा पैसा नहुँदा आँट गर्न सकेका छैनौँ’, बारपाक– ४ की रोसनी घलेले भनिन्। असार मै बारपाकबासीले सरकारले घर बनाउन दिएको पहिलो किस्ताको अनुदान ५० हजार पाए। त्यसयता बारपाकमा गाडी खुलेको साता मात्रै भयो। ट्याक्टर बाहेक अन्य सवारी साधन पुग्न अहिले पनि मुस्किल छ। निर्माण सामग्री सदरमुकामबाटै ढुवानी गर्नुपर्ने भएपछि बारपाकबासीले पैसा लिएरपनि घर बनाउन पनि पाएनन्। राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्प गएको वर्षदिनपछि बारपाकका गोपाल बिकको घरमा जग हाले शिलन्यास गरिन्।

घर बनाउन सरकारको मुख ताकेर बस्ने योजनामा यहाँमा अधिकांश मानिस छैनन्। विद्यालय बनिसकेको छ। स्वास्थ्य चौकी, खानेपानी, प्रहरी भवनपनि निर्माणधीन छन्। कहिल्यै लोडसेडिङ नहुने बारपाकमा भूकम्पले अन्धकार बनाएपनि अहिले फेरि उस्तै भिलिमिली छ। चहलपहल बढेको छ।

उनलाई बैंकले असार १२ गते घरैमा पुगेर नगद ५० हजार थमाए। दिनरात वर्षात् भइरहँदा उनले घर बनाउने आँट गरेनन्। ‘५० हजारले गिट्टी किनेर राखेको छाैं’, टहराछेउमा भाँडा माझ्दै गरेकी गोपालकी श्रीमती कुमारीले भनिन्, ‘एउटाको घर भत्किएको भए पो ऋण मागेर बनाउनु, सबैको बनाउनु पर्नेछ कसले दिन्छ र ऋण।’ सरकारले दिएको पैसामा थपथाप गरेर घर बनाउने चाहना उनको छ। कमाई गर्ने घरमा कोही नहुँदा ऋण माग्ने आँट उनमा छैन। ‘घर बनाउने हो, सुरु गरिसक्यौँ, जग पुरिएको छ, राष्ट्रपतिले शिलन्यास गरेको जग फेरि  खन्नुपर्ने भइसक्यो, सबैले सोधेको सोध्यै छन्, अब बनाउँछु’, गोपालले टहरा भित्रबाट बाहिर निस्कँदै मलिन स्वरमा भन, ‘सँधै टहरामा रोइकराई गरेर भएन, घर बनाउने हो, च्यातिएको त्रिपालले अब नथेग्ने भो।’

भूकम्पको केन्द्रबिन्दु बारपाकका सबैका चाहना पक्की घर बनाउने छ। करिब १० प्रतिशत बारपाकीले स्थायी रुपमै बस्ने जोहो गरिसकेको गाविस सचिव चेतप्रसाद अम्गाई बताउँछन्। पैसा हुनेहरुले निर्माण गरिरहेका छन्। ढुवानी महँगो हुँदा बारपाकबासीलाई घर ठड्याउन सदरमुकाममा भन्दा दोब्बर खर्च लाग्छ। एक टिप बालुवा बारपाकबासीले एघार हजार रुपैयाँमा खरिद गर्ने गरेको स्थानीय टेकराज घलेले बताए। ‘रड ल्याएर राखेको छु, काम गर्ने मान्छे पनि नपाएर हो’, उनले भने, ‘अब बनाउनुपर्छ, सँधै टरहामा बस्न सकिँदैन।’ जाडोको समयमा यसवर्ष पनि टहरामै हिउँ र सिरेटो सहेर बस्ने चाहना नभएको उनले सुनाए।

घर बनाउन सरकारको मुख ताकेर बस्ने योजनामा यहाँमा अधिकांश मानिस छैनन्। विद्यालय बनिसकेको छ। स्वास्थ्य चौकी, खानेपानी, प्रहरी भवनपनि निर्माणधीन छन्। कहिल्यै लोडसेडिङ नहुने बारपाकमा भूकम्पले अन्धकार बनाएपनि अहिले फेरि उस्तै भिलिमिली छ। चहलपहल बढेको छ। उत्तरी गोरखाको मनास्लु पदमार्गमा जोखिम बढेपछि अहिले बारपाक क्षेत्रमा बिदेशी पर्यटक आउजाउ बढेको छ। भूकम्पको केन्द्रबिन्दु बारपाक हेर्न पुग्ने स्वदेशी र बिदेशीको संख्या बढ्दो छ।

ब्यापार गरेर बसेका स्थानीय दोर्जे गुरुङ बारपाकमा आउने जाने चाप बढ्दो रहेको बताउँछन्। ब्यापार पनि बढेको छ। दैनिक उपभोग्य सामग्रीको खपत पहिले भन्दा दोब्बर छ। बारपाकी खेती किसान, ब्यापारदेखि सहायोग गर्न गाउँ पुगेका बिभिन्न संघ संस्थामा काम पनि गरेका छन्। आम्दानीको बाटो पहिल्याउँदै घर बनाउने पैसा जोहो गर्न बारपाकी लागिपरेका छन्। भूकम्पछि बारपाकमा ब्यापार ब्यवशाय गर्ने पसल, होटलहरु बढेका छन्। स्थानीय जितबहादुर घलेले भने, ‘पैसा जुटाएर बलियो घर बनाउने योजना सबैको छ, यहाँ सबै पक्की घर बनाउन सक्नै हैसियतका छैनन, सक्नेले थालिसके, नसक्नेहरु आँट्दैछन्।’ बारपाक आफैँ बनाउन सबै जुटिसकेको र तयारी थालेका छन्। अहिले दैनिक १० देखि २० वटा ट्याक्टर बारपाकमा निर्माण सामग्री लिएर गइरहेका भेटिन्छन्।

 

प्रकाशित: ११ कार्तिक २०७३ ०४:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App