२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

बारपाककी २६ वर्षीया सिकिस्त महिलालाई हेलिकप्टबार काठमाडौं लगियो

हेलिकप्टरबाट उपचारका लागि लगिँदै । तस्बिरः नागरिक

रुघाखोकी र ज्वरोले सिकिस्त बनेकी गोरखा बारपाककी २६ वर्षीया केसुता घलेलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिएको छ । बारपाक सुलिकोट गाउँपालिका–२ की केसुता केही दिनदेखि बिरामी थिईन ।

स्वास्थ्य अवस्था गम्भिर रहेको र अक्सिजन छुटाउन नमिल्ने भएपछि मनाङ एयरको हेलिकप्टरमा अक्सिजन दिएरै उनलाई राजधानीको मेडिसिटी अस्पताल पठाइएको स्थानीय खेमराज घलेले बताए ।

बारपाकमा स्वास्थ्य परीक्षण गरिरहेका चिकित्सकले उनमा निमोनिया भएको हुन सक्ने आशंका गरेका छन् । त्यहाँ उपचार सम्भव नभएपछि काठमाडौं पठाएको उनले बताए । केही समय अघि ती महिलामा कोरोना संक्रमण देखिएको थियो । तर, शनिबार बिहान एन्टिजेन किटबाट परीक्षण गर्दा भने रिपोर्ट नेगेटिभ आएको बारपाक सुलिकोट गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख मोदराज भट्टले बताए ।  

प्रकाशित: १५ जेष्ठ २०७८ १०:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App