देवकाेटाका जातीय संस्कृतिसम्बद्ध खण्डकाव्य
देवकोटा चौध भाषा बुझ्थे। उनीद्वारा नौ भाषामा लेखिएका कविताहरू शारदा मासिकमार्फत जनमाझ पनि आए। उनका बाँचुन्जेलका साथी कविता र चुरोट भए। लेखेका बेला उनी आफ्नै पाण्डुलिपि बालेर चुरोट सल्काएको र त्यसैले सिँगान पुछेको पनि चाल पाउँदैनथे।