२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

सिक्किममा साहित्यिक अन्तरक्रिया

नेपाल नेपाल स्रष्टा समाज र सिक्किम साहित्य परिषदका पधाधिकारीविच  समसामयिक साहित्य विषयमा अन्तरक्रिया सम्पन्न भएको छ। परिषद् भवनमा सम्पन्न उक्त कार्यक्रममा परिषदका अध्यक्ष हरि ढुङ्गेलले सिक्किमको समग्र साहित्यिक स्थितिको  जानकारी गराएका थिए।

त्यसैगरी नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले नेपाली साहित्यको वर्तमान स्थितिबारे प्रकाश पारेका थिए। उक्त अन्तरक्रिया कार्यक्रममा समाज र परिषदका बिच आगामी दिनमा हुन सक्ने समन्वय एवं सहकार्यबारे पनि छलफल भएको थियो।

सो अवसरमा सिक्किमका साहित्यकारहरू रत्ना सुब्बा, टीका ढुङ्गेल, भीम रावत, जी. एस. नेम्वाङ, कुवेर विष्ट, राधा पाण्डे, जीविका अश्रु, चन्द्र दुलाल लगायतको उपस्थिति रहेकाे थियो।

 कार्यक्रममा नेपाल स्रष्टा समाजका सल्लाहकार नगेन्द्रराज शर्मा, संरक्षक पवन आलोक, अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, उपाध्यक्ष चेतनाथ कडेल हरित, महासचिव देविका तिमिल्सिना, सचिव प्रकाश घायल, कोषाध्यक्ष तारा सुवेदी तथा कार्यसमितिका सदस्यहरू डा. शान्तिमाया गिरी, शंकर भारती, मधु पाठक र माधव बिडारी चेतनपथ गरी एघार जनाको सहभागिता थियो।

प्रकाशित: २२ कार्तिक २०८० ०६:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App