मजदुरले तलब नपाउँदा अन्तिम चरणको काम ठप्प
१४ मेगावाटको कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको ठेकेदार कम्पनीले तीन महिनादेखि मजदुरको तलब नदिँदा एक महिनादेखि आयोजनाको निर्माण ठप्प भएको छ। हाइड्रो तथा इलेक्ट्रोमेकानिकलको जिम्मेवारी पाएको चिनियाँ ठेकेदार कम्पनी झेजियाङ जिनलुनले मजदुरको तलब रोकेको हो।