१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

कांग्रेस नेता शाहको अन्त्यष्टी, हत्याकाे सर्वत्र निन्दा

मंगलबार साँझ विभत्स हत्या गरिएका नेपाली काँग्रेस जाजरकोटका  नेता  रविन्द्रसम्सेर शाहको  अन्त्यष्टी गरिएको छ। उनको शव यात्रामा हजारौं नागरिकको सहभागिता थियो।

महिलाको अश्लिल भिडियो खिचेर फेसबुकबाट चरित्र हत्या गर्ने पक्राउ

महिलाको अश्लिल भिडियो खिचेर सामाजिक सञ्जालमार्फत् चरित्र हत्या गर्ने एक व्यक्तिलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बैतडी देहमाण्डी-६ स्थायी घर भएका २३ वर्षीया राजबहादुर बोहोरा छन्।

नेता शाहका हत्यारालाई समाउन जाजरकोट कांग्रेसद्वारा २४ घण्टे अल्टिमेटम

मंगलबार साँझ विभत्स ढंगले हत्या गरिएका नेपाली काँग्रेस जाजरकोटका नेता रविन्द्र शम्सेर शाहका हत्यारालाई २४ घन्टाभित्र नसमाते कडा आन्दोलन गर्ने काँग्रेसका नेता कार्यकर्ताहरुले स्थानीय प्रशासनलाई चेतावनी दिएका छन्।

काँग्रेस नेता शाहको हत्या विरोधमा जाजरकोट बन्द

अज्ञात समूहद्वारा मंगलवार साँझ नेपाली काँग्रेस जाजरकोटका नेता रविन्द्र सम्सेर शााहको हत्या गरेको विरोधमा  बुधवार जाजरकोट बन्द भएको छ ।

लुकीलुकी ‘भ्रूण हत्या’नियन्त्रण गर्न संसदीय समितिको निर्देशन

व्यवस्थापिका संसद्को महिला बालबालिका तथा ज्येष्ठ नागरिक समितिले लिंग पहिचान गरी भ्रूण हत्या गर्ने कार्य नियन्त्रण गर्न अस्पताल क्षेत्रमा कानुनी कारबाही हुने सूचना राख्न निर्देशन दिएको छ।

लुकीलुकी भ्रूण हत्याः नियन्त्रण गर्न संसदीय समितिको निर्देशन

व्यवस्थापिका संसद्को महिला बालबालिका तथा ज्येष्ठ नागरिक समितिले लिंग पहिचान गरी भ्रूण हत्या गर्ने कार्य नियन्त्रण गर्न अस्पताल क्षेत्रमा कानुनी कारबाही हुने सूचना राख्न निर्देशन दिएको छ । कानुनले भ्रुण पहिचान गर्न प्रतिबन्ध लगाए पनि यस्तो कार्य रोकिएको छैन । लुकीलुकी यस्ता कार्य भए/गराएको पाइएको भन्दै संसदीय समितिले स्वाथ्य मन्त्रालयलाई सरकारी र निजी अस्पताल परिसरमा यस्तो सूचना सर्वसाधरणले देखिने गरी राख्न निर्देशन दिएको हो ।

पति हत्याको आरोपमा पत्नी पक्राउ

जिल्लाको महावै गाउँपालिका–५ मा पति हत्याको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । महावै —५ कि १६ वर्षीया धनकला विकलाई आफ्नै पति २३ वर्षीय नरेन्द्र विकलाई हत्या गरेको आरोपमा शनिवार प्रहरीले पक्राउ गरेको हो ।

एसएसबीले हत्या गरेका साहका परिवारलाई गृहमन्त्रीले १० लाखको चेक हस्तान्तरण गर्ने

आगामी स्थानीय निकायको निर्बाचन सुरक्षा योजना र त्यसको कायान्वय सम्बन्धमा भोलि बिराटनगरमा पूर्वाञ्चल क्षेत्रीय सुरक्षा बैठक बस्ने भएको छ।

भारतीय एसएसबीले हत्या गरेका साह परिवारलाई १० लाख दिइने

भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले ६ वर्षअघि हत्या गरेका मोरङका वासुदेव साहको परिवारलाई सरकारले १० लाख रुपैयाँ क्षतिपूर्ति र उचित सम्मान गर्ने भएको छ।

प्रेमको नाटक, अपहरणमा प्रयोग अनि हत्या

कालीमाटीदेखि मखन गल्ली आउजाउ गर्ने क्रममा त्यही बीचमा रहेको एटुजेड मोबाइल रिपेयरिङ पसलमा बस्ने लक्काजवान प्रकाश लामिछानेसँग २५ वर्षीया राधिका श्रेष्ठको नजर जुधिरहन्थ्यो तर बोलचाल भएको थिएन।

प्रेमिका हत्या प्रकरणमा दुई पक्राउ (भिडियाे)

राधिका श्रेष्ठको हत्या काण्डमा संलग्न रहेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। व्यापारी श्यामसुन्दर अग्रवाल अपहरणको घटनामा आफ्नो संलग्नताको पोल खुल्ने डरले श्रेष्ठको हत्या गरिएको र उक्त हत्या काण्डमा सम्लग्न रहेको भन्दै किशोर गिरी र सरोज घोरासैनीलाई पक्राउ गरेको प्रहरीले बिहीबार सार्वजनिक गरेको हो।

व्यापारी अपहरणको पोल खुल्ने त्रासले प्रेमीकाको हत्या

अपहरणको पोल खुल्ने त्रासले अपहरणकारीले अाफ्नै प्रेमिकाको हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

शारीरिक सम्वन्ध पछि हत्या गर्ने पक्राउ

शारीरिक सम्बन्ध पछि हत्या गरेको आरोपमा युवक पक्राउ परेका छन्। सर्लाहीको सहोर्वामा ढुङ्गाले टाउकोमा हिर्काएर निर्ममता पुर्बक महिला हत्या आरोपमा प्रहरीले दिनेश साहलाई पक्राउ गरेको हो।

गोली प्रहार गरी सासु बुहारीको हत्या

मोरङ कटहरी १ आदर्श टोलमा अज्ञात समूहरुले गोली प्रहार गरी सासु बुहारीको हत्या गरेको छ। उनीहरुको निधारमा गोली हानीएको प्रहरीले बताएको छ।

भक्तपुरमा ईट्टाभट्टाका मजदुरद्वारा आत्महत्या

विहीबार विहान आठ बजे भक्तपुरको चाँगुनारायण नगरपालिका ५ खरिपाटी घुमाउनेस्थित ईट्टाभट्टामा काम गर्ने एकजना मजदुरले झुण्डिएर आत्महत्या गरेका छन् । दाङ घर भई हाल चाँगुनारायण नगरपालिका –५ स्थित जयशंकर ईट्टाभट्टमा काम गर्ने गोपाल चौधरीले नजिकैको पैयुको रुखमा घाँटीमा गलबन्दीको पासो लगाई झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्