७ आश्विन २०८१ सोमबार
image/svg+xml

बनेपामा टिपर दुर्घटना : चालकको मृत्यु

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–११ बिपी राजमार्ग खण्डको पात्लेखेतस्थित आज बिहान टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

बसको ठक्करबाट पूर्वसांसदको मृत्यु

धनुषामा यात्रुवाहक बसको ठक्करबाट एक पूर्वसांसदको मृत्यु भएको छ । बटेश्वर गाउँपालिका–१ धुमासन निवासी पूर्वसांसद रामलखन महतोको बसको ठक्करले मृत्यु भएको प्रहरीले जनाएको हो ।

डोटी बस दुर्घटना अपडेट : एकको मृत्यू

आज बिहान डोटीमा भएको बस दुर्घटनामा एक जनाको मृत्यू भएको छ। मृत्यू हुनेमा बाह्रबिस–६ बाजुराका ५१ वर्षीय नयाँ सेराला रहेको दिपायलस्थित शैलेश्वरी अस्पतालले जनाएको छ।

बस दुर्घटनामा ३५ घाइते, ४ जनाको अवस्था गम्भीर

केआईसिँह राजमार्ग अन्तर्गत डोटीको शिखर नगरपालिकामा बस दुर्घटना हुँदा ३५ जना घाईते भएका छन्। महेन्द्रनगरबाट बाजुरा जाँदै गरेको ना ७ ख ६१८१ बस शिखर नगरपालिका–१ गेरीपानी भन्ने ठाउँमा बिहान शनिबार बिहान पाँचबजेतिर दुर्घटनामा परेको हो।

दुर्घटनामा विदेशी पर्यटकको मृत्यु

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ मस्र्याङ्दी रिसोर्ट नजिक आज भएको मोटरसाइकल दुर्घटनामा परी एक विदेशी पर्यटकको मृत्यु भएको छ।

जिप दुर्घटनामा दुईको मृत्यु

म्याग्दीको मालिका गाउँपालिका–२ रुममा आज दिउँसो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दरवाङ बजारदेखि रुम जाँदै गरेको ध१ज ५९८ नंको जिप बिलबाङगाउँ नजिकैको दरखाको आसन भन्ने ठाउँमा दुर्घटना भएको हो।

बसको ठक्करबाट घाइते बालकद्वयको मृत्यु, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

कैलालीको बौनियाँमा बिहिबार साँझ बसले ठक्कर दिएका दुवैजना बालकको उपचारका क्रममा मृत्यु भएको छ । घाइते मध्ये बर्दगोरीया गाउँपालिका–१ का ८ वर्षको अंशु चौधरीको भारतको लखनउ र घोडाघोडी नगरपालिका–८ का १२ वर्षका लक्ष्मण चौधरीको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा मृत्यु हुनेमध्ये आधा पैदलयात्री

जिल्लामा दशैँ र तिहारको समयमा भएका सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ। तीमध्ये आधा पैदलयात्री रहेका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार असोज १२ गतेदेखि कात्तिक ९ गतेसम्म भएका ३५ वटा दुर्घटनामा १० जनाको मृत्यु भएको हो। तीनै दुर्घटनामा परी २५ जना गम्भीर र ८१ जना सामान्य घाइते भएका छन्।

बसले च्याप्यो साइकलमा सवार दुई बालक

कैलालीमा बिहीबार भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन्।

घाइतेकाे बयान: ओभर लोडका कारण बस पल्टियो

गाडी फेदिमा पुगेपछि पल्टियो। ओरालोमा ब्रेक राम्रोसँग लागेन। ड्राइभरले खलासीलाई ओट हाल्न भने। खलसीले हालेको ओट नाग्दै गाडी पल्टियो। मान्छेहरु धेरैलाई चोट लागेको छ। मेरो हात चल्दैन।

बस दुर्घटनामा तीनको मृत्यु, घाइतेहरुको नेपाल मेडिकल कलेजमा उपचार हुँदै

बिहीबार दिउँसो काठमाडौँ जिल्ला शङ्खरापुर नगरपालिकाको जहरसिंहपौवा फेदीको जङ्गलमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ।

मेलम्चीबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना, केहिकाे हताहती

मेलम्ची काठमाडौं आँउदै गरेको बस जरशिंह पौवाको जङ्गलमा दुर्घटना भएको छ।

जिप दुर्घटना हुँदा २३ घाइते

दक्षिणी धादिङको गजुरी गाउँपालिका वडा नं २ मलेखु भण्डारा सडकखण्डस्थित तुनी खोलामा आज ताल्तीबाट मलेखुतर्फ आउँदै गरेको ग१ज ३०११ नम्बरको बोलेरो जिप पल्टिँदा २३ जना घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्