२७ श्रावण २०८३ बुधबार
image/svg+xml

कोलम्बियामा शक्तिशाली भूकम्प : मृत्यु हुनेको संख्या २५० नाघ्यो, उद्धार कार्य जारी

घटनास्थलमा खटिएका स्थानीय नागरिक जोस ग्यालेगोले भने, ‘मैले पैदलै सहर पार गरें, दुई घण्टा लाग्यो र दृश्यहरू अत्यन्तै विनाशकारी थिए। यो जीवनमा आएको दुःस्वप्न जस्तै थियो।’

‘थर्मल ड्रोन’को सहायताबाट चितुवालाई नियन्त्रणमा लिइँदै

डिभिजन वन कार्यालयले मानव बस्ती र आसपासका क्षेत्रमा रहेका दुई चितुवा अनुगमन र नियन्त्रणका लागि ‘थर्मल ड्रोन’को सहायता लिएको छ।

युवा प्रधानमन्त्रीलाई युवा आकांक्षा चुनौती

संयुक्त राष्ट्रसंघले तय गरेको ‘फरक पृष्ठभूमि, साझा आकांक्षा’ भन्ने नारासहित आज बुधबार विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ।

संसद्‌मा किन पुग्दैन गणपूरक संख्या ? मन्त्रालय धाउनुपर्ने बाध्यता रहेको सांसद तामाङको स्पष्टोक्ति

प्रतिनिधिसभाको बैठकमा आवश्यक गणपूरक संख्या नपुगेर महत्वपूर्ण विधेयक अघि बढ्न नसकेपछि सांसदहरूको उपस्थिति र सदनमा हुने बहसमाथि प्रश्न उठ्न थालेको छ।

डाडाखेत-राहुघाट प्रसारण लाइन तोकिएको समयमा नबन्ने

पहिलो पटकको म्याद सन् २०२५ जुलाई १६ र दोस्रो पटकको म्याद नोभेम्बर १६ सम्ममा सकिएपछि २०२६ अगस्त १६ सम्मका लागि तेस्रो पटक म्याद थपिएको थियो। आयोजनाका सहायक प्रबन्धक इञ्जिनियर सुरज गुरुङले तेस्रो पटक थप भएको म्यादभित्र पनि ठेकेदारले काम सम्पन्न गर्न सक्ने अवस्था नदेखिएको बताएका छन्।

अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासअघि उत्तर कोरियाद्वारा फेरि क्षेप्यास्त्र परीक्षण

जापानको रक्षा मन्त्रालयले पनि उत्तर कोरियाबाट क्षेप्यास्त्र प्रहार भएको पुष्टि गरेको छ। जापानका रक्षामन्त्री शिन्जिरो कोइजुमीले बेइजिङस्थित जापानी दूतावासमार्फत उत्तर कोरियाको कदमका लागि कडा विरोध जनाइएको जानकारी दिएका छन्।

धनुषा प्रहरीद्वारा ८१ लाख बढीको अवैध सामान बरामद

भन्सार चोरीपैठारी नियन्त्रण अभियानअन्तर्गत धनुषा प्रहरीले पछिल्लो २६ दिनमा रु ८१ लाख सात हजार ७८६ बराबरको अवैध सामान बरामद गरेको छ।

पुष्पलाल स्मृति ब्याडमिन्टन: प्रतीक र कबिर अन्तिम ३२ मा

विभागीय टोली त्रिभुवन आर्मी क्लबका प्रतीक विष्ट र नेपाल पुलिस क्लबका कबिर केसीले १४औं पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगिताको पुरुष यु–१९ को अन्तिम ३२ मा स्थान बनाएका छन्।

धनकुटाको भेडेटार ‘स्काइवाक’ नयाँ पर्यटकीय गन्तव्य

धनकुटा स्थित भेडेटारमा सञ्चालित ‘स्काइवाक’ पछिल्लो समय नयाँ पर्यटकीय आकर्षणका रूपमा स्थापित हुँदै गएको छ।

सहिद घोषित रवीन्द्रकाे आजै अन्त्येष्टि

मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले सहिद घोषणा गरेसँगै सुनसरी देवानगन्ज -३ को कप्तानगन्जमा मृत्यु भएका रवीन्द्र मेहताकाे आज अन्त्येष्टि गरिने भएकाे छ।

कालीगण्डकीको कटानले मालढुंगा पुल उच्च जोखिममा

पुलको अवस्थाबारे प्रारम्भिक निरीक्षणपछि सडक डिभिजन कार्यालयले थप प्राविधिक मूल्यांकनका लागि डिभिजन सडक कार्यालय पोखरालाई जानकारी गराएको कार्यालयका प्रमुख इञ्जिनियर हरि सुवेदीले जानकारी दिए।

बिरामीको चाप बढेपछि रात्रिकालीन सेवा सञ्चालनको तयारी

अस्पतालमा डायलाइसिस सेवाका लागि शय्या, मेसिन र जनशक्तिको अभाव हुँदा मिर्गौला पीडित बिरामीलाई सेवा दिन समस्या भइरहेको छ।

क्रिस्टियानो रोनाल्डोले गरे जर्जिना रोड्रिग्वेजसँग विवाह

पोर्चुगलका चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले आफ्नी लामो समयदेखिकी प्रेमिका जर्जिना रोड्रिग्वेजसँग विवाह गरेका छन्।

उच्चस्तरीय न्यायिक आयोग गठन गर्न कांग्रेसको माग

पार्टीको केन्द्रीय कार्यालय सानेपामा मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्न यसअघि नै माग गरिएको स्मरण गराएको छ।

काठमाडौं महानगरद्वारा स्रोत शिक्षकसँग कार्यसम्पादन सम्झौता

काठमाडौं महानगरपालिकाको शिक्षा विभागले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर र शिक्षण सिकाइ प्रक्रियालाई थप व्यावहारिक र प्रभावकारी बनाउन ‘स्रोत शिक्षक’ सँग कार्यसम्पादन करार सम्झौता गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्