१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

ताप्लेजुङमा सम्बन्ध विच्छेदका घटनामा नयाँ रेकर्ड

पारिवारिक विग्रहका रूपमा लिइने सम्बन्ध विच्छेदका घटनाले ताप्लेजुङमा नयाँ रेकर्ड कायम गरेको छ।

कसरी गर्ने विदेशमा विवाह र सम्बन्ध विच्छेद (भिडियो सहित)

नेपाली नागरिकले विदेशमा गरेको विवाह वा सम्बन्ध विच्छेदले पनि नेपालमा मान्यता पाउँछ। विदेशमा रहँदा कुनै नेपाली नागरिक वा विदेशी नागरिकसँग विवाह गर्न सकिन्छ।

किन बढ्यो सम्बन्ध विच्छेदको मुद्दा ? दैनिक सरदर १०२ जोडी अदालत पुग्छन्

नेपालमा तथ्याङ्क हेर्दा सम्बन्ध विच्छेदका मुद्दा बिस्तारै उकालो ग्राफमा छन्। २०७९ सालको तथ्याङ्कले देशभरका अदालतमा दर्ता भएका कुल मुद्दामा १२.३ प्रतिशत पारपाचुकेका छन्।

नम्बर एक मुद्दाः सम्बन्ध विच्छेद

आव २०७९-८० मा जिल्ला, उच्च र सर्वोच्च अदालतमा ३७ हजार ४३४ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । सरदर दैनिक १०२ जोडी छुटिभिन्न हुन अदालत पुग्ने गरेकोमा ७४ जोडी कानुनी रूपमै अलग हुने गरेका छन् ।

बढ्यो सम्बन्ध विच्छेदका मुद्दा

म्याग्दीमा कुल मुद्दाको ५० प्रतिशतभन्दा धेरै मुद्दा सम्बन्ध विच्छेदका रहेका छन्। कम उमेरमा बिहे हुँदा उत्पन्न पारिवारिक विवाद, वैदेशिक रोजगार गएका पतिपत्नीबीच बढ्दो असहमति, यौनजन्य गतिविधि महिला तथा पुरुष डिपेन्डेन्ट भिसामा विदेश जानु र कुटपिटलगायतका कारणले म्याग्दीमा सम्बन्ध विच्छेद ह्वात्तै बढेको छ।

ताप्लेजुङमा सम्बन्ध विच्छेदका घटना बर्सेनि बढ्दै

ताप्लेजुङमा सम्बन्ध विच्छेदका घटनाले बर्सेनि नयाँ रेकर्ड कायम गर्न थालेको छ। ताप्लेजुङ जिल्ला अदालतका श्रेष्तेदार शम्भुप्रसाद रेग्मीका अनुसार आर्थिक वर्ष २०७९।८० मा जिल्ला अदालतमा रहेका कूल मुद्दाको करिब ४७ प्रतिशत सम्बन्ध विच्छेद सम्बन्धी मुद्दा रहेका थिए।

कपिलवस्तुमा सम्बन्ध विच्छेदका मुद्दा बढ्दो

नयाँ मुलुकी संहिता लागु भए यता सम्बन्ध विच्छेदका घटनामा झनै वृद्धि भएको हो।

बढे सम्बन्ध विच्छेदका मुद्दा

कपिलवस्तुमा सम्बन्ध विच्छेदका मुद्दा बढ्दै गएका छन्। नयाँ मुलुकी संहिता लागु भए यता सम्बन्ध विच्छेदका घटनामा झनै वृद्धि भएको हो।

‘कुरा बुझ्नुपर्च’मा बुझ्न बाँकी कुरा

पुरुषले महिलालाई मात्रै होइन, महिलाले पुरुषलाई पनि छाड्न सक्छन्। सम्बन्ध विच्छेद वा छाड्ने कुरा र कुमारित्वको प्रसंग बेग्लै हो, यसमा बहस हुनु जरुरी छ।

दिनहुँ सम्बन्ध विच्छेदका मुद्दा

वैदेशिक रोजगारीमा गएकाहरूको सम्बन्ध विच्छेदका मुद्दा धेरै देखिएका छन्। पतिले हिंसा गरेको, खानलगाउन नदिएको जस्ता गुनासा लिएर महिलाहरू सम्बन्ध विच्छेद गर्न आउँछन्।

अर्घाखाँचीमा सम्बन्ध विच्छेदका मुद्दा बढ्दै

अर्घाखाँचीमा सम्बन्ध विच्छेदका घटना बढ्दै गएको छ। अर्घाखाँची जिल्ला अदालतमा सबैभन्दा बढी सम्बन्ध विच्छेदकै मुद्दाहरु पर्ने गरेको तथ्याङ्कले देखाएको छ।

वैदेशिक रोजगारीले सम्बन्ध विच्छेद बढ्दो

महिलाले परिवारकै सदस्यबारे अन्यायविरुद्ध न्याय खोज्न थालेपछि सम्बन्ध विच्छेदको दर बढेको छ। जिल्ला अदालतमा परेका निवेदनमध्ये सबैभन्दा बढी सम्बन्ध विच्छेदकै छन्। गत साउनयता अदालतमा ७ सय ६ मुद्दा (गत आवबाट सरिआएका २ सय ८२) रहेकामा ३ सय १० मुद्दा सम्बन्ध विच्छेदका छन्।

७२ वर्षको उमेरमा पनि सम्बन्ध विच्छेद

गुल्मीमा एक वृद्ध दम्पत्तीले सम्बन्ध विच्छेद गरेका छन्। गुल्मी दरकार गाउँपालिका–४ स्थित भट्टेचौरका ७२ वर्षीय तीलबहादुर विश्वकर्मा र ६९ वर्षीया बाटुली विश्वकर्माले जिल्ला अदालत गुल्मीमा शनिबार सम्बन्ध विच्छेद गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्