१५ वैशाख २०८१ शनिबार
image/svg+xml

क्यानोनिङको क्रममा लडेकी युवती एकसय मिटर माथिबाट खसेकी थिइन्

कास्कीको माछापुच्छ्रेमा क्यानोनिङ गर्ने क्रममा लडेर एक युवतीको मृत्यु भएको छ। माछापुच्छ्रे गाउँपालिका–९ घलेलस्थित पोखरा क्यानोनिङमा क्यानोनिङ गर्ने क्रममा चिप्लिएर लड्दा पोखरा महानगरपालिका–२६ बुढीबजार निवासी २२ वर्षिया अञ्जिता भण्डारीको ज्यान गएको हो।

रानीझरनामा पाँच सय सिट क्षमताको क्यानोनिङ रिसर्च सेन्टर बन्ने

धादिङको थाक्रे गाउँपालिका वडा नं. ६ स्थित रानीझरना क्षेत्रमा पाँच सय सिट क्षमताको सेमिनार हलसहितको क्यानोनिङ रिसर्च सेन्टर बन्ने भएको छ।

क्यानोनिङमा रमाउँदै युवा (फोटो फिचर)

पछिल्लो समय युवाहरुमा बढी घुम्ने मोह जागेको छ। अधिकांश घुमेको ठाउँ हुने हुँदा केहि नयाँ गरौ भन्ने सोच हुन्छ नै। यस्तै केहि साहसिक एवम् नयाँ गरौ भन्नेको लागि पोखरादेखि २० किलोमिटरको दूरीमा रहेको पोखरा क्यानोनिङ उत्कृष्ट गन्तव्य बन्न सक्छ। २०१४ देखि संचालनमा आएको पोखरा क्यानोनिङले बिस्तारै पर्यटक तानिरहेको छ। पर्यटकीय गन्तव्य मर्दि हिमालको पदयात्रामा रहेको उक्त क्यानोनिङ अनुभविको लागि ७५ मिटरको उचाइ रहेको छ भने अन्यको लागि ४५ मिटरको उचाइमा रहेको छ। झरनामा डोरीको सहायताले भिरमा झर्नु निकै मनमोहक देखिन्छ। साहसिक खेलसंगै मर्दि पदयात्रा, पर्यटकीय होमस्टे ल्वाङ र घलेल कास्कीमा रहेको चिया बगान समेत हेर्न पाइन्छ। विभिन्न किसिमका रोचक गतिविधि गर्न सके पर्यटन तथा व्यसाय बढ्ने पोखरा क्यानोनिङका संचालक राम गुरुङले जानकारी दिए। कास्कीमा रहेर निरन्तर संचालन हुने र एक व्यक्तिमात्र भएपनि क्यानोनिङ गर्न पाउने पोखरा क्यानोनिङमात्र रहेको संचालक गुरुङले जानकारी दिए।

क्यानोनिङको देश

झरनैझरनाको देश नेपालमा छाँगावरोहण खेलको प्रचुर सम्भावना छ। यसको विकास गर्न सके गाउँगाउँमा पर्यटनको प्रतिफल पुग्छ।

क्यानोनिङको देश

एक बिहान मित्र राजेन्द्रबहादुर लामासँग कफी भेट भयो। उनी नेपाल क्यानोनिङ एशोसिएसनका अध्यक्ष पनि रहेछन्। लामो समयदेखि पर्यटनमा लागेका मित्रसँग पर्यटनकै विषयमा कुराकानी भयो। उहाँका कुरा सुन्दा नेपाल जति सृुन्दर देश अर्को छैन भन्ने लाग्यो।

सुन्तलाबारीमा क्यानोनिङ् (फोटो फिचर)

सुन्तलाबारी होमस्टे (घरबास) मा आउने पाहुनाका लागि अब क्यानोनिङ्को समेत अनुभव, मज्जा लिन पाउन भएका छन्। पर्यटकको बसाईलाई लम्ब्याउनका साथै साहसिक पर्यटनको अनुभव दिलाउने उद्देश्यले क्यानोनिङ् सञ्चालनमा ल्याइएको हो।

रानीझरनामा क्यानोनिङ

थाक्रे गाउँका सरोज कार्कीले गाउँकै रानी झरनामा क्यानोनिङ गरेका छन्। अचेल काठमाडौँ बस्दै आएका उनले केही दिनपहिले जन्मथलो फर्केर क्यानोनिङ गरेका हुन्।

थाक्रेमा राष्ट्रिय क्यानोनिङ महोत्सव हुँदै

नेपाल क्यानोनिङ संघले धादिङको थाक्रे गाउँपालिकामा राष्ट्रिय क्यानोनिङ (छाँगा) महोत्सव गर्ने भएको छ । संघले जेठ २५ र २६ गते गाउँपालिकाको वडा नम्बर ६ स्थित रानीझरनामा छाँगा महोत्सव गर्न लागेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्