२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

फलफूल

आँप अलि चेप्टो लाम्चो, स्याउ गोलो गोलो, स्याउ जस्तै सुन्तला र जुनार पनि बाटुलो। खरबुजा झन् ठुलो गोलो हरियो रंग छ, काटेपछि रातो राम्रो खान पाउने दंग छ।केरा लामो पहेँलो छ बोक्रा छोडाई खाने, स्ट्रबेरी टिप्न हामी बगैंचामा जाने।

जन्मदिनको अवसरमा ‘इमानको धरहरा’ सार्वजनिक

लेखक डा. कोजूको त्रिचालीसौं वर्ष जन्मदिनको अवसरमा कविता संग्रह विमोचन गरिएको हो । विमोचित कविता संग्रहबारे टिप्पणी गर्दै कवि पदम दाहालले शब्दमा राम्रो तर व्यवहारमा निकृष्टता देखाउने राजनीतिक दल र नेताहरूप्रति कविता संग्रहमा सशक्त व्यंग्य रहेको जनाए।

वृद्ध बाआमा

कमजोर भए पनि उनीहरूको तन सफा रहन्छन् उनीहरूको मन ढल्किजान्छ हाम्रो पनि उमेर त्यसैले राम्रो नजरले उनीहरूलाई हेर। हेरचाह गर्नुपर्छ सबैजना मिली उनीहरूसँग बोल्दा बोलौँ मिठो बोली गरौँ सबै मिली उनीहरूलाई माया देखाऔँ सबै मिली उनीहरूप्रति दया।

आमाका चुरा

अचेल आमा भन्ने गर्छिन् – बरु उठाओ छोरीहरू प्रतिकारमा खुकुरी बनाएर रित्ता हातहरू नभए, बरु लाऔं छोरीहरू ! यी हातमा आगोका चुराहरू र बाँड सबैलाई एकएक झिल्को बरु सल्कियोस् ! एउटा हातबाट सयौं हातमा जो छुन्छ, आफैँ जलेर सकिन्छ ।

ए तिमी त बुहारी !

खोल कुण्ठा – बोल तिमी नलुकाऊ मनमा राखी भलै भनून् चोथाली तिमीलाई तर मर्नुभन्दा बोल्नु जाती समाजले बन्देज बनाए पनि तिम्रा आफ्ना अनेक इच्छा छन् पूरा गर हरेक ती इच्छा यहाँ भन्नेलाई कसले रोक्न सकेका छन् यहाँ भन्नेलाई कसले रोक्न सकेका छ।

पतौराको ऐतिहासिक महत्व

विदेह जनपदको उल्लेख वैदिक साहित्य, पुराण, रामायण, महाभारत तथा बौद्ध र जैन ग्रन्थहरूमा भएको छ । विदेह जनपदको राजा जनक कहलाउँथे ।निमिदेखि करालसम्म जम्मा ५६ जनकहरूले शासन चलाएको प्रमाण भेटिन्छ । प्राचीन वैदिक साहित्यमा विदेह जनपदका लागि मिथिला पनि भनिएको छ। मिथिला क्षेत्रमा बस्नेलाई मैथिल भनियो । विदेह वा जनक वंशको चर्चा कौटिल्यले पनि गरेका छन् ।

कृषिक्रान्ति

‘मलाई काम गर्न दिइएन, बर्खामा लगाउने धान बाली बाढ़ीले बगायो, हिउँदमा तुषारोले बालीनाली नष्ट पार्यो । विदेशीले समयमा मल दिएन । भने जस्तो बिउ परेन। त्यसकारण कृषिमा क्रान्ति गर्न सकिएन। अब ढुक्क हुनुस् यसपटक चुनावमा जितेर फेरि मन्त्री भएपछि पक्कै कृषिमा आमूल परिवर्तन गर्छु’ मन्त्रीको अन्तिम भाषणसम्ममा मंचमा बस्ने अतिथिबाहेक कोही थिएनन् । गाउँका जनताले चुनाबमा धनराजलाई लोप्पा खुवाइदिए।

सन्तान

बाबा हेर्नु त उसका आमाबाबा रोएका। ती बचेरा गुँडमा लगेर राखिदिनु ? बाबाले छोराको कुरामा कुनै चासो गरेन । खुर्पा झिक्यो । यो देखेर छोरो खुर्र दौडेर पल्लो घरतिर जाँदै थियो। दौडिरहेको मोटरसाइकलमा ठोक्कियो । बाबु आत्तिदै गए। उसले छोरालाई समायो। उत ललाङ्लुलुङ भैसकेको रहेछ । बाबा रुन थाले। ढुकुरहरूले पनि यो दृश्य हेरिरहेका थिए। उनीहरूले रुँदै चक्कर मारे अनि मनवीरेको बाबाको छेउमा बसेर भने– ‘मनवीरेको निधनमा हामी दुखी छौ। हाम्रो तर्फबाट उसलाई हार्दिक श्रद्धाञ्जली। आखिर तपाईको सन्तान हो नि। हजुरलाई पनि यो पीडा सहन गर्ने शक्ति मिलोस् ।

वेश्या ठानेकी केटी

यता नशाले लठ्ठिएका राताराता आँखा तनक्क पार्दै प्रहरी अधिकृतले प्रियालाई पुनः गम्भीरताका साथ नियाल्यो। प्रियाका आँखा पनि प्रहरी अधिकृततर्फ अडिए। आँखा झिमिक्क गर्दै प्रहरी अधिकृतले फेरि एकपटक हेरयो प्रियालाई । प्रहरी अधिकृत हेरेको हेरयै भयो । एकपटक दिमाग झनन्न भयो, नशा पनि उत्रियो। वेश्या ठानेकी केटी उसकी आफ्नै बहिनी थिई।

नदेखेको मेलम्चीको दुखेको पीडा

हो,मैले नदेखेको मेलम्चीकोे भेल बगिरहेको बेला स्माइल गजुरेललाई मेसेज गरेँ । वैदेसिक रोजगारीमा रहनुभएका उहाँले बल्लबल्ल मेसेजको जवाफ दिनुभयो – घर लग्यो । सम्पूर्ण खेत लग्यो । मेलम्चीको ड्याम फुटेर नदी १ किमीमाथि आयो। असम्भव हदभन्दा माथि आयो। घरबार, खेतबारीविहीन बनायो। बल्लतल्ल भूकम्पपछि घर बनाएको १ वर्ष पनि कटेन। जोगी बनायो। हालसम्मका सम्पत्ति जग्गाजमिन सकियो। सय मुरी धान फल्ने खेत तथा घर पानीमा बगे।

भक्तपुर कहानी

नियमित पारिश्रमिक नदिने, जुनसुकै बेला पनि निकाल्ने जस्ता असुरक्षित तरिकाले श्रममा लाग्न बाध्य छन् नारीहरू । “यौनदासीको रूपमा आफूलाई सुम्पनुपर्ने जस्ता बाध्यात्मक अवस्था सिर्जना भई महिला तथा कामदारका न्यूनतम मानव अधिकारको गम्भीर उल्लङ्घन भइरहेको, प्रायः क्याबिनमा अ“ध्यारो, चिसो, हावा र सूर्यको प्रकाश नछिर्ने खालका हुने एवं ग्राहकस“ग धूमपान, मद्यपानबाट समेत पीडित हुनुपर्ने अवस्था”, अध्ययन प्रतिवेदनमा उल्लेख छ— “यस्तो अवस्थाले स्वास्थ्यसमेत बिग्रिएको छ ।”

वैराग्य

अनि राज्यको सम्पत्तिहरू त्यस्ता भ्रष्टहरूले कुल्म्याएर त देश रित्तो बनेको हो। यदि यस्ताहरूले कुम्ल्याएका पैसाहरू सारा राज्यको ढुकुटीमा हुँदो हो त, देश किन निरीह बन्थ्यो ? बल्ल उसको चेत आयो। जब देश यस्तो विपत्ति थेग्न नसक्ने स्थितिमा रहेछ भन्ने बुझ्यो।

मुग्लान र खाडीमा युवा उस्तै पीडा झेल्दै छन्

कुनै समय थियो भाइभाइ आफू आफैैंमा डराउँथे, स्कुल पढ्न भनी हिँडेको नाबालक बच्चा हराउँथे।काख रित्याइयो सिन्दुर मेटाइयो सिउँदोको,पार्टीको आदेश हो भन्दै सात जँघार तराउँथे।ऐय्या– आत्था भन्दै तड्पी अन्धाधुन्दा गोली चल्दा,कोही भने हानाहान नछोड भन्दै कराउँथे।

प्रतिशोध

अन्तिममा सहाराका लागि भगवानसँग सबैले ज्यानको भीख माग्दै प्रार्थना गरे। नभन्दै स्वयम् भगवान् प्रकट भएर गर्जदै भन्नथाले–मलाई हराभरा बनाउन भनेकै थिएँ। मेरो सौन्दर्य बचाउ भनेकै थिएँ। उल्टो मेरो स्वरूप बिगार्यौ।

बिजुलीको चमक

वर्षाका भलमा बगेर किन हो, चिन्ता छ बाढी हुने झुप्राका पनि छन् अनाथ विचरा, बग्लान् भनेझैं हुने आजै रात ठुलै विपत्ति हुन गो, चम्केर सौदामिनी जेजे हो सब नै सहन्छु अब ता, राखेँ मनैमा हरि।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्