२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

फलफूल

बालकविता

कमला घिमिरे

 

आँप अलि चेप्टो लाम्चो, स्याउ गोलो गोलो,

स्याउ जस्तै सुन्तला र जुनार पनि बाटुलो।

 

खरबुजा झन् ठुलो गोलो हरियो रंग छ,

काटेपछि रातो राम्रो खान पाउने दंग छ।

 

केरा लामो पहेँलो छ बोक्रा छोडाई खाने,

स्ट्रबेरी टिप्न हामी बगैंचामा जाने।

 

यति राम्रो फलको नेपाली नाम चाहियो,

अंग्रेजी नाम भन्दाभन्दै नेपाली नै बनाइयो।

 

अमृत जस्तै मेवा फल्यो कति अग्लो रुखमा,

सानो सानो अंगुर सिंगै अट्यो मुखमा।

 

कति मीठो लिची हेर्दा आँखै लोभ्याउने,

कटहर  खानलाई  मिहिनेत गर्नुपर्ने।

 

फलफूल धेरै पोषिला छन्,मिलाएर खाऊ,

दैनिक एउटा स्याउ खाऊ, अस्पताल नजाऊ।

प्रकाशित: ११ असार २०७८ ०८:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App