२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

भक्तपुर कहानी

दामोदर न्यौपाने  

 

कोही जरी बुन्ने, कोही गलैंचामा काम गर्ने, कोही भट्टामा काम गर्ने, कोही घरमा । कतै यौनदासी जीवन जिउन विवश छन् नारीहरू। यस्ता नारकीय जीवन बिताउन बाध्य पारिएकाहरू विरुद्ध बालबालिकाले अभियान चलाए । यही सेरोफेरोमा घुमेको छ भक्तपुर कहानी। 

अभियानमा प्रेरणा दिने घटना भइदियो एउटा नाटक । मध्यपुर थिमी नगरपालिका बोडेमा नाटक देखाइएको थियो । नाटक हेर्न श्रमिक बालबालिका पनि आएका थिए । तीमध्ये रोनी शाक्यको आ“खा प¥यो एउटा बालकमा, जो उल्टो चप्पल लाएर आएका थिए । उल्टो, सुल्टोसमेत छुट्याएर चप्पल लाउन नसक्ने बालक श्रम गरेर गुजारा चलाउ“छन्, त्यो पनि सारीमा जरी भर्ने जस्तो कठिन काममा।

भक्तपुरले जति सुन्दर सहर भनेर चर्चा पाएको छ, त्योभन्दा कुख्यातिचाहिँ भट्टा जस्तो जोखिमपूर्ण क्षेत्रमा लगाइने निकृष्ट बाल श्रमिकको जिल्ला भनेर पाउनुपर्ने हो । तर, कतिले नै देखेका थिए होला र यी निकृष्ट काम गर्ने बालश्रमिक। देखे पनि कतिले नै लेखे होला र । समाचार माध्यमले त फाट्टफुट्ट लेखेका थिए तर सबैको ध्यान जाने र महत्व पाउने ठाउ“मा कति नै छापिए होलान् र । यो राष्ट्रिय सरोकारको विषय बनेको देखेको छैन मैले झन्डै दुई दशकको पत्रकारिता यात्रामा ।

भक्तपुरमा थुप्रै इँटा भट्टा थिए । तिनमा काम गर्ने थुप्रै श्रमिक बालकको कथा सुनेको छु। भट्टाका श्रमिक मात्र होइन, यहा“ गलैंचा कारखाना पनि थिए उत्तिकै । त्यहा“ पनि बालश्रमिक भेटिए । कपडामा जरी भर्ने कारखाना थिए। त्यहा“ पनि उत्तिकै बालश्रमिक देखिए। घरेलु बालश्रमिक त यसै हुने नै भए आधुनिक सहरियाहरूको घरमा।

सुक्खा रोटी खा“दै जरी भर्दै

खास गरी जरी र गलैंचा कारखानामा श्रमिक हटाउन बालक्लबले नै महत्वपूर्ण भूमिका खेल्यो। त्यस्तो भूमिका खेल्नेमध्येकै हुन् रोनी शाक्य। मध्यपुर थिमी नगरपालिकास्थित पुरानो थिमीमा उनकै घरमा बसेर बालश्रमिक हटाउन बाल क्लबले गरेका प्रयासबारे बुझेको थिए“।

कुराकानी उनै उल्टो चप्पल लाउने बालकको प्रसङ्गबाट सुरू भयो । “६ वर्षजतिको बालक थियो त्यो”, कुराकानीका क्रममा रोनीले सुनाइन्— “ड्रामा हेर्न आएका ती बालकमा मेरो आ“खा प¥यो । चप्पल उल्टो लगाएका थिए। मैले भाइ तल आउनुस् भनें । त्यही बेला एउटा मान्छे आयो। ‘कुरा सुन्छ, बाठो हुन्छ’ भनेर होला सायद, कानमा तानेर लग्यो ।”

जरी उद्योगमा काम गर्दा रहेछन् ती बालक। उद्योग कस्तो रहेछ भनेर हेर्न गए रोनीहरू । उनी त्यति बेला गणेश बालक्लबमा संलग्न थिइन्— स्कुल स्तरीय बालक्लब ।

मध्यपुर क्षेत्रमा सबैभन्दा बढी बोडे, नीलवाराहीतिर थिए जरी कारखाना। त्यहा“ काठमाडौं उपत्यकाभन्दा पनि बाहिरका श्रमिक धेरै हुन्थे— विराटनगर, सर्लाही, सिराहातिरका। केही भारतबाट पनि आएका हुन्थे ।

“फोहोरी बनाएर राखेका हुन्थे । खाना राम्रो दिँदैनथे । सारो रोटी खाइरहेका देखिन्थे”, रोनीले सुनाइन्— “छेउमा आउ“दा पनि पिसाब गनाउने हुन्थे तिनीहरू।” अहिले पनि ती ठाउ“मा यस्ता उद्योग छन्।

भक्तपुर बालक्लबमा उपाध्यक्ष भइन् रोनी। त्यहा“ पुगेपछि जिल्ला बालकल्याण समितिमा आमन्त्रित सदस्य भएर जाने अवसर पाइन्। बालकल्याण समितिमा गएपछि उनले तालिम दिने अवसर पाइन् जरी कारखाना सञ्चालकहरूलाई । तालिम दिने क्रममा कारखाना अध्ययन गर्ने मौका पनि मिल्यो।

खोज्दै जा“दा थाहा भयो— कोठा भाडामा लिएर ठाउ“ठाउ“मा सञ्चालन भएका रहेछन् जरी कारखाना । सबै ठाउ“मा बालश्रमिक । बालश्रमिक नराख्न चेतावनी दिए । चेतावनीपछि हटाए पनि । “हटाए भनेर ढुक्क भयो”, सुनाइन्— “फेरि हेर्न गयो, आएका छन् । हामी गयो ‘हुन्छ’ भन्छ, फेरि आइहाल्छ ।”

पैसासमेत नचिन्ने श्रमिक

पटक पटक निरीक्षण, सुपरिवेक्षण, अनुगमन गरेर हटायो, फेरि आउ“छन् । यस्तो प्रवृत्तिविरुद्ध जुधिरह्यो बालक्लब । स्वास्थ्य मन्त्रालयकी कर्मचारी सुशीला अधिकारी, बालक्लबका अध्यक्ष अञ्जनकुमार दुलाल, प्रहरी निरीक्षक सन्तोष थापाहरूको टोली छापा मार्न गयो फेरि । एउटा घरमा ५०–६० जनासम्म बाल श्रमिक राखिएका भेटिए । एउटै कोठामा ५–६ जना बसेका हुन्थे तिनीहरू।

“सबैलाई समातेर ल्यायौं”, सुनाइन् रोनीले— “चेतावनी दियौं, ‘घर जाउ’ भन्यौं । साहूजीलाई पनि ‘किन राखेको ?’ भनेर थर्कायौं । ‘घर जानै मान्दैनन्’ भने साहूजीले त ।”

कोही १ कक्षा पढेर आएका थिए । कोही ४–५ कक्षा । ती सबैका लागि अनौपचारिक कक्षा चलाएर पढ्ने व्यवस्थासमेत भएको थियो कारखानामै— “कख... नजानेकालाई कख... लेख्न सिकायौं । जानेकालाई साधारण चिठी लेख्न सक्ने बनायौं ।”

पैसासमेत नचिन्ने बालबालिका थिए । पैसा दिँदा कोही हरियो नलिने, रातो लिने भन्थे, कोही रातो नलिने हरियो लिने । ५ होस् वा २०, दुइटै रातो भयो । ५० होस् वा १००, दुवै हरियो । यस्तो अवस्थाका बालबालिका श्रम गर्थे जरी कारखानामा ।

 एउटा कारखानाबाट १०–१५ जना बालबालिका आउँथे अनौपचारिक कक्षामा। ‘त्यो कक्षामा ‘यति घण्टा पठाइदिनु’ भनेर साहूजीलाई आग्रह ग¥यौं’, रोनीले भनिन्, ‘त्यसरी दुई वर्ष चलाइयो अनौपचारिक कक्षा। सकेको गरियो। हटाउन नसकेपछि उनीहरूका लागि शिक्षाको व्यवस्था ग¥यौं हामीले।’ यसका लागि विभिन्न सङ्घसंस्थाबाट सहयोग जुटाएका थिए। सुरुमा चिया, बिस्कुट खुवाउँथे । दाताले पैसा दिन छाडेपछि त्यो पनि छुट्यो। 

रातदिन काम गरे पनि मनोमानी हिसाब थियो ज्यालामा। कोहीले ५ सय दिन्थे, कोहीले हजार। कोही– कोहीले पकेट खर्च दिए पनि कोहीले त सित्तँैमा पनि काम लाउँथ ‘कसैकसैको चाहिँ काम गर्नेलाई पकेट खर्च छुट्याएर बाँकी पैसा घरमा पठाइदिएको पनि थाहा पाइयो।’ रोनीले सुनाइन्।

सारी, पछ्यौरा, ब्लाउज, कुर्ता, सुरुवाल आदि महिलाले लाउने कपडा टल्काउने जरी कारखानामा चारखुट्टे खाटमा कपडा तन्काएर राखी त्यसको दायाँबायाँ दुई जना बस्छन् अनि सियोले घोपेर धागो पास गर्दै बुट्टा भरिन्छ ।

यसरी काम गर्दा हात गल्छन् । कोही बेला सियोले घोचेर रक्ताम्य भएका हात देखाउ“थे बालबालिका । राति पनि कामै गरेका हुन्थे । बेलुका बत्ती गएको बेला मैनबत्ती बालेर पनि काम गरिरहन्थे।

पिसाब गराइदिनुपर्ने बच्चा मजदुरीमा

“हामी बिहान ७ बजे पुग्दा पनि खटेकै भेटिन्थें, सा“झ ७ बजे पनि खटिरहेकै हुन्थे”, रोनीले सुनाइन्— “यसरी कम्तीमा १२ घण्टा त काम गर्थे बालबालिका । काम गर्ने ठाउ“मै खाने, त्यहीँ सुत्ने ।”

“पहिलोपल्ट जरी कारखाना पुग्दा कस्तो लाग्यो ?” मेरो जिज्ञासामा रोनीले भनिन्— “ओहो ! नेपालमा यस्ता ठाउ“ पनि रहेछन् भन्ने लाग्यो नि ! कोही बसेकै ठाउँमा पिसाब गर्दा रहेछन्, कोही ओछ्यानमा । घरमा हुन्थे भने बुबाआमाले सुसु गराइदिने उमेरका बालकसमेत थिए त्यहा“ । अब यसलाई कसरी हटाउने होला भनेर छलफल ग¥यौं ।”

निरन्तर खट्ता सकारात्मक परिवर्तन देखियो । केही वर्षयता जरी कारखानामा बाल श्रमिक देखिँदैनन् थिमी क्षेत्रमा । यहा“का बालबालिका कोही घर गए, कोही अर्को काममा।

“घरमा भन्दा बढी अर्को काममै गए तिनीहरु”, रोनीले सुनाइन्— “हाम्रो समूहले गर्दा यो कामबाट मुक्ति पाए बालबालिकाले । हामीले यहा“ रोक्यौं । परिवारले बालबालिका लगे तर अर्को काममा लगाए । बालश्रमबाट मुक्त भएनन् बालबालिका । एउटा क्षेत्रको श्रमिकबाट छुटकारा पाए पनि अर्को क्षेत्रमा नाम दर्ता गराउन बाध्य भए तिनीहरु ।”

जरी कारखानामा जस्तै गलैंचा कारखानामा पनि थिए बाल श्रमिक । अहिले मध्यपुर थिमी नगरपालिका भएको ठाउ“वरिपरि थुप्रै थिए गलैंचा कारखाना । गाउ“घरबाट भागेर आएका बालबालिका थिए त्यहा“ धेरैजसो।

 बाल श्रमिक राख्ता गलैंचा बजार ध्वस्त

बाल श्रमिक राख्ता गलैंचाको बजारै ध्वस्त भएको उदाहरण पनि छ । कोही बेला नेपालबाट धेरै गलैंचा निकासी हुन्थ्यो जर्मनी । बाल श्रमिक प्रयोग गरेको थाहा पाएपछि जर्मनीले गलैंचा लिनै छाड्यो । बाल श्रमिक छन् कि छैनन् भनेर जा“च गर्ने जिम्मा ‘रगमार्क’ भन्ने संस्थाले पाएको थियो । रगमार्क जा“च गर्न आउँथ्यो । बालबालिका तानमुनि लुकेर बस्थे।

गलैंचा कारखानाका सञ्चालक भन्थे— सडकमा बस्नुभन्दा त यहा“ काम गराउनु राम्रो हो । क्षमताअनुसार गर्ने त हो नि काम। 

रगमार्कले निरन्तर छापा मार्न थाल्यो । अहिले बालबालिका देखिँदैनन् यहा“का कारखानाहरुमा । युवायुवती पनि देखिँदैनन् ।

“६ वर्षअगिसम्म बालबालिकाको भिड हुन्थ्यो कारखानाहरुमा । शनिवार नुहाउने धारामा पनि भिड देखिन्थ्यो बाल श्रमिकहरुको”, रोनी भन्छिन्— “त्यस्ता ठाउ“मा अहिले बालबालिका देखिँदैनन् ।”

    आवाज उठाउनेलाई नै गलाउने प्रयास

इँटा भट्टामा पनि अभियान चलायो बाल क्लबले । भट्टाहरुमा यौन दुव्र्यवहार भएका सूचना आउ“थे । कति पटक उद्धार गर्न पनि गए उनीहरु । भट्टाका बालबालिकाको तथ्याङ्क लिन जा“दा आपैm पनि दुव्र्यवहारमा पर्नुपरेको सम्झिइन् रोनीले— “झौखेल जा“दाको कुरा हो । पाइन्ट लगाएर गएकी थिए“ । रिङ समाउने, पाइन्ट तान्ने गर्न थाले । थाहा नपाउने गरी दुव्र्यवहार हु“दा रहेछन् त्यहा“ ।”

१२–१३ वर्षकी किशोरी भेटिन् उनले तर उमेर ढा“टेकी रहिछन् । विवाह भएको देखिन्थ्यो उनको । पोते लगाएकी थिइन्— “उमेर सोधें । १७ वर्ष भनिन् । थर सोधें, सुनार रहेछ । सत्र त हुनु भएन होला भनें । सत्रै हो भनिन् । उनका श्रीमान् २७ वर्षका रहेछन् । उमेर ढा“टेरै बिहे गरिछन् । उमेर ढा“टेरै श्रम गरिराखेकी रहिछन् । बालविवाह र बालश्रमको उदाहरण थिइन् उनी ।”

भट्टामा जा“दा लखेटिनुपरेका सम्झना पनि छन् रोनीस“ग— “भट्टामा काम गर्ने ६ महिना हो । ६ महिना पनि काम गर्न दिँदैनौ तिमी अधिकारका कुरा गर्नेहरु भन्दै हामीलाई लखेटेका पनि छन् ।”  

अर्को भट्टामा जा“दाको अनुभव पनि सुनाइन् रोनीले— “साहुजीले चिया खाने हो ? भनेर सोधे । मैले नखाने भनें ।

चिया नखाए सिया खाने त ? सिया खान भट्टाभित्र आउनुस् ।

हामीले केही पनि नखाने भन्यौं ।

सब एनजीओले बिगारेको हो । एनजीओले हामीलाई गरीखानै नदिने भए, एनजीओले गर्दा एकदमै सास्ती पाइयो भन्दै मुरमुरिए साहुजी ।

यसरी अनेक गरेर गलाउन खोज्ने । दुव्र्यवहार गर्न खोज्थे भट्टामा ।”

खोज्दै जा“दा सा“गाको हनुमान् इँटा भट्टमा भेटिए बालबालिका । भट्टा सञ्चालकलाई ‘बालश्रम प्रयोग नगर्नुस्’ भनेर सम्झाए । प्रयोग नगर्न पनि खोजेका रहेछन् सञ्चालकले । फकाएर घर पनि पठाएछन् । दिनमै दुई हजारसम्म कमाउने ती बालकलाई पैसाको लोभ भयो । फेरि फर्केर आएछन् ।

“पैसा कमाइन्छ भनेर घर जानै नमान्ने पनि थुप्रै पाइयो”, रोनीले सुनाइन्— “पहिला भाइबहिनीको इच्छाविपरीत पनि हुन्थ्यो । अहिले चाहिँ इच्छाले काम गर्दा रहेछन् ।”

बालश्रम हटाउन भट्टामा केन्द्रित भएर अनेक कार्यक्रम सञ्चालन ग¥यो बाल क्लबले । जिल्ला विकास समिति र इँटा भट्टाबिच बाल श्रमिक प्रयोग नगर्न सम्झौतै गर्ने वातावरण मिलायो क्लबले । त्यति बेला रोनी काठमाडौं भ्याली चाइल्ड क्लब नेटवर्ककी अध्यक्ष भइसकेकी थिइन् ।

भट्टाबाट निकाल्यो, सडकमा भेटिन्थे । सरकारसँग मिलेर सडकबाट उठायो, होटेलमा भेटिन्थे । होटेलबाट उठायो, यातायात क्षेत्रमा देखिन्थे । रोनीको अनुभव छ— “उद्धार गरेपछि कोही कोही पढ्न जान्थे । धेरैचाहिँ बानी लागेकाले फेरि सडकमै जान्थे । अनुशासनमा बस्नै मुस्किल हुने तिनलाई । बिहान स्कुल पठायो, दिउँसो भाग्ने।”

    डान्स बारमा यौनहिंसा 

रोनीहरुको ध्यान अहिले बालिकामा बढी छ । खास गरी होटेलमा काम गर्ने बालिकामाथि यौनहिंसा हुने गरेको सूचना पाइएको छ। उनीहरूमा केन्द्रित भएर तालिम दिन्छिन् रोनी।

होटेलमा काम गर्ने, वेटर, भा“डा माझ्ने जस्ता काममा भेटिन्छन् बालिका । तिनीहरू जोखिममा छन्।

बालिकालाई रेस्टुरेन्ट, डान्स बार जस्ता कार्यस्थलमा श्रममा लगाउनु राष्ट्रिय–अन्तर्राष्ट्रिय कानुन र सर्वोच्च अदालतले गरेको फैसला विपरीत छन्। संयुक्त राष्ट्र सङ्घले सन् १९७९ मा पारित गरेको महिला विरुद्ध हुने सबै किसिमका भेदभाव उन्मूलन महासन्धि, नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि १९६६, मानव बेचबिखन तथा तथा वेश्यावृत्तिको शोषणविरुद्धको अन्तर्राष्ट्रिय महासन्धि, बाल अधिकारसम्बन्धी महासन्धि १९८९, आईएलओ महासन्धि र नेपालकै बालबालिकासम्बन्धी ऐनविपरीत छन् यी कार्य । यसरी राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनविपरीत काम लगाएको भन्दै वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्माले सर्वोच्च अदातलतमा रिट हाले । उक्त रिटको सुनुवाइ गर्दै सर्वोच्च अदालतले २०६५ सालमै सरकारका नाममा श्रमजीवी महिलाप्रति रेस्टुरेन्ट, डान्स बार जस्ता कार्यस्थलमा हुने यौन उत्पीडन नियन्त्रण गर्न परमादेश दिएको थियो ।

रिट निवेदनमा रेस्टुरेन्ट एवं मसाज पार्लर लगायत कार्यस्थलमा न्यूनतम कानुनी उमेर पूरा गरी वा नगरी अत्यन्त जोखिमपूर्ण अवस्थामा काम गर्न बाध्य हजारौं–लाखौं महिला कामदारलाई चरम आर्थिक, सामाजिक एवं शारीरिक शोषण तथा लैङ्गिक विभेद र हिंसाबाट संरक्षण प्रदान गरी मर्यादित वातावरणमा काम तथा रोजगारीको अवसर उपभोग गरी सम्मानपूर्ण जीवनयापन गर्न संविधानले दिएको मौलिक हकको व्यावहारिक प्रत्याभूति गराउन माग गरिएको थियो।

 राजधानी लगायतका शहरी क्षेत्रमा वैध–अवैध तरिकाले च्याउभैmँ उम्रिएका रेस्टुरेन्ट एवं मासज पार्लरमा निर्दोष र असहाय किशोरी तथा युवतीलाई यौनजन्य कार्य तथा देहव्यापारमा लगाइएको रिटमा उल्लेख गरिएको थियो। ‘आर्थिक एवं यौन शोषण गरी प्रशासनको उदासीनतामा रातारात धनी बन्ने धन्दा दिन प्रतिदिन वृद्धि भइरहेको वास्तविकतालाई कसैले नकार्ने अवस्था छैन’, रिट निवेदनमा लेखिएको थियो— ‘हाल आएर शहरी क्षेत्रमा त्यस्ता क्याबिन, डान्स रेस्टुरेन्ट नै चेलीबेटी बेचबिखनको प्लेटर्फमको रूपमा प्रयोग भएको तथ्य एक्सन एड लगायत संस्थाले सार्वजनिक गरेका छन्।’

एक्सन एडले गरेको अध्ययन अनुसार प्रायः रेस्टुरेन्टमा किशोरी तथा युवती राख्ने गरिएको थियो । उनीहरूले ग्राहकबाट हुने जस्तोसुकै दुव्र्यवहार पनि सहनुपथ्र्यो । रेस्टुरेन्टका मालिकहरू त्यहाँ काम गर्ने किशोरी र युवतीमाथि हुने कुनै पनि दुव्र्यवहार वास्ता गर्दैनथे । जति दुर्व्यवहार गरे पनि वास्ता नगरेरै मालिकहरू ग्राहक आकर्षित गरी व्यापार मात्र बढाउने ध्याउन्नमा लाग्थे ।

अध्ययनअनुसार क्याबिन तथा डान्स रेस्टुरेन्टहरुमा काम गर्ने महिला कामदारले यौनदुराचार पनि बेहोर्नुपरेको थियो। ग्राहकस“ग बसेर चुरोट तान्नुपथ्र्यो। मानवीय मर्यादा बिर्सिएर यौनजन्य कार्यमा लाग्नुपरिरहेको छ । ग्राहकबाट मौखिक, शारीरिक तथा यौनजन्य दुव्र्यवहार, प्रहरीबाट समय समयमा अनैतिक कार्यमा संलग्न भएको आरोपमा पक्राउ पर्नुपर्ने जस्ता समस्या झेलिरहेका छन्। समाजले पनि उनीहरुलाई नै नकारात्मक दृष्टिले हेर्ने समस्या छ।

नियमित पारिश्रमिक नदिने, जुनसुकै बेला पनि निकाल्ने जस्ता असुरक्षित तरिकाले श्रममा लाग्न बाध्य छन् नारीहरू । “यौनदासीको रूपमा आफूलाई सुम्पनुपर्ने जस्ता बाध्यात्मक अवस्था सिर्जना भई महिला तथा कामदारका न्यूनतम मानव अधिकारको गम्भीर उल्लङ्घन भइरहेको, प्रायः क्याबिनमा अ“ध्यारो, चिसो, हावा र सूर्यको प्रकाश नछिर्ने खालका हुने एवं ग्राहकस“ग धूमपान, मद्यपानबाट समेत पीडित हुनुपर्ने अवस्था”, अध्ययन प्रतिवेदनमा उल्लेख छ— “यस्तो अवस्थाले स्वास्थ्यसमेत बिग्रिएको छ ।”

अवस्था केलाउँदै जाँदा आफन्तले नै यस्तो काममा लगाइदिने गरेको पाइएको छ। १४ वर्ष नपुग्दै विवाह गर्ने, विवाहित श्रीमान्श्रीमती नै डान्स बार लगायत मनोरञ्जन क्षेत्रमा काम गर्न आउने अनि आम्दानीको लोभमा श्रीमान्ले नै ग्राहक खोजिदिने जस्ता घटनासमेत अध्ययनको क्रममा भेटिएका थिए । शक्ति समूहले ‘महिलाहरू कुन माध्यमबाट बेचबिखनमा पर्दा रहेछन्’ भनेर ५०४ जना श्रमिक महिलाको अध्ययन गरेको थियो । त्यस क्रममा साथीमार्फत २५१, आपैmं १११, नातेदारमार्फत ८४, गाउ“लेले ३४, परिवारका सदस्यले १७ र चिनेका व्यक्तिमार्पmत ७ जनाले बेचबिखनमा पर्नुपरेको प्रतिवेदन शक्ति समूहले सार्वजनिक गरेको थियो।

अध्ययन प्रतिवेदनले शहरमा खुल्ने गरेका क्याबिन रेस्टुरेन्ट, डान्स बारहरू चेलीबेटी बेचबिखनको नया“ प्लेटफर्मको रूपमा विकसित भएको जनाएको थियो। महिलाको सम्मानपूर्वक जीवनयापन गर्ने व्यवस्था गर्न अनुगमन, निरीक्षण र नियन्त्रण गर्नुपर्नेमा जोड दिएको थियो प्रतिवेदनले। त्यसै गरी कानुनको प्रभावकारी कार्यन्वन गर्न सुझाव पनि दिएको थियो।

हरेक क्षेत्रमा नागरिकको सुरक्षा गर्नु लोककल्याणकारी राज्यको दायित्व हो । रेस्टुरेन्ट लगायत मनोरञ्जन क्षेत्रमा कार्यरत महिलाको सुरक्षा राज्यले गर्न सकेको थिएन। यौन शोषण तथा हिंसा जटिल समस्याको रूपमा देखिन्थ्यो रेस्टुरेन्ट तथा डान्स बारहरूमा । श्रम ऐनले दिनमा ८ घण्टा र सातामा ४८ घण्टाभन्दा बढी काममा लाउन नपाइने व्यवस्था गरेको छ । तर, यो नियम पालना नभएको पत्ता लागेको थियो अनुसन्धानको क्रममा ।

महिलालाई बिहान ५ बजेदेखि बेलुका ६ बजेसम्म मात्र काममा लाउन पाउने व्यवस्था २०४८ सालमै बनेको श्रम ऐनले व्यवस्था गरेको हो । होटेल वा ट्राभल एजेन्सीमा कामको प्रकृतिका आधारमा विशेष सुरक्षा प्रबन्ध गरेर यो समयबाहेक पनि काममा लगाउन पाउने व्यवस्था भने श्रम नियमावली २०५० ले गरेको छ । बिहान ६ बजेदेखि बेलुका ६ बजेबाहेकको समयमा काम लाउनुपरे महिला कामदार र व्यवस्थापकको सहमतिमा लगाउन सकिने व्यवस्था छ । तर, महिला कामदारको सहमतिबिनै काम लाउने गरिएको अध्ययनका क्रममा भेटिएको थियो ।  

अधिकांश क्याबिन, डान्स तथा मसाज सेन्टर दर्तै नगरी सञ्चालन गर्ने गरेको पनि पाइएको थियो । दर्ता भएकाले पनि क्याबिन राख्न नपाइने, राति ९ बजेपछि महिला कामदारलाई काममा नलगाउने, ९ बजेपछि सवारीको व्यवस्था गरी घर पठाइदिने जस्ता सर्त राखिने तर ती कुनै पनि सर्त पालना नभएको अनुसन्धानका क्रममा पाइयो ।  

सर्वोच्च अदालतले रिटको सुनुवाइ गर्दै रेस्टुरेन्ट, डान्स बार लगायत क्षेत्रमा काम गर्ने महिलाको अध्ययन गर्न समिति बनायो । समितिले यस क्षेत्रमा काम गर्ने मजदुरमध्ये ७०–८० प्रतिशत महिला भएको र त्यसमा पनि किशोरी र युवती बढी पाएको थियो ।

सर्वोच्चले आदेश दिए पनि कानुन बनेर कार्यान्वयन हुन समय लाग्ने भएकाले त्यति बेलासम्मका लागि त्यस्तो स्थानमा हुने यौन शोषण तथा दुव्र्यवहार निषेध एवं नियन्त्रण गर्न गाइड लाइन जारी गर्ने आदेश दिएको थियो । आदेशसँगै सर्वोच्चले २०६७ सालमै निर्देशिकासमेत जारी गरेको थियो।

फैसला भएको दशक बढी हु“दा पनि कार्यान्वयन भएको छैन । महिलाको अवस्था जस्ताको तस्तै रहेको विभिन्न अध्ययनले देखाएका छन् । राष्ट्रिय मानव अधिकार आयोगले २०७६ सालमा तयार पारेको मानव बेचबिखनसम्बन्धी राष्ट्रिय प्रतिवेदनअनुसार बालिकासहित ३५ हजार महिला बेचबिखनमा परेका छन् । बेचबिखनको जोखिममा चाहिँ १५ लाख रहेको आयोगले औंल्याएको छ। 

द फ्रिडम फन्ड र न्यु एराले पनि काठमाडौंका वयस्क मनोरञ्जन क्षेत्रमा नाबालिकको अवस्थाबारे अध्ययन गरेको थियो । अध्ययनले काठमाडौंमा कम्तीमा १ हजार २ सय क्याबिन रेस्टुरेन्ट रहेका र त्यहा“ काम गर्ने ५० हजार श्रमिकमध्ये ८० प्रतिशत महिला भेटिएका थिए । तीमध्ये ६८ प्रतिशतले कार्यस्थलमै यौनकार्यका लागि व्यवस्थापकले वातावरण बनाएको पाइएको थियो।

बेचबिखन सीमापारभन्दा बढी देशभित्रै रहेको सो अध्ययनको निष्कर्ष छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पनि यस क्षेत्रमा काम गर्ने महिलाबारे अध्ययन गरी मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी राष्ट्रिय प्रतिवेदन २०७५ सार्वजनिक गरेको छ । प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७४÷०७५ मा मात्र आन्तरिक, सीमापार र तेस्रो मुलुकमा गरी ५४६ वटा बेचबिखन तथा ओसारपसारका घटना भेटिएका छन् । तीमध्ये सीमापार ७०, तेस्रो मुलुकमा १३ र देशभित्रै ३४४ बेचबिखनका घटना भएका रहेछन् । बेचबिखनमा पर्नेमध्ये बालिकाकै सङ्ख्या बढी थियो।

अध्ययनका क्रममा पारिश्रमिक पनि एकदमै कम दिने पाइएको थियो— प्रतिमहिना ४ हजारदेखि ८ हजार रूपैयाँसम्म । ग्राहकबाट टिप्स र कमिसन दिने प्रलोभन देखाएर काममा लाउने गरिएको शक्ति समूहले २०७४ सालमा गरेको अध्ययनले देखाएको छ ।

    क्षमताभन्दा यौवनलाई प्राथमिकता

 शक्ति समूहका अनुसार यस क्षेत्रमा काम गर्ने महिलाको सिप र क्षमताभन्दा रुप र यौवनलाई प्राथमिकता दिने गरिएको छ । कानुनले १८ वर्षसम्म बालिका मानेको छ । त्यो बेलासम्म सहमतिमै शारीरिक सम्बन्ध राखे पनि दण्डनीय हुन्छ । तर होटेल, गेस्ट हाउस, डान्स बार, रेस्टुरेन्टहरुमा काम गर्ने १८ वर्षमुनिकै भेटिन्छन् । उद्धार गरेको सङ्ख्या मात्र हेर्ने हो भने पनि यो क्षेत्रमा रहेका बालिकाको सङ्ख्या धेरै देखिन्छ । सन् २०१३ देखि २०१६ मा मात्र विभिन्न संस्थाले १३ सय बालिका यौन शोषणबाट छुटाएर संरक्षण गरेका थिए।

अदालतको आदेश कार्यान्वयन भएको भए १० वर्षसम्म यो समस्या धेरै समाधान भइसक्ने थियो । “जहा“ गयो, त्यहीँ बालिका देख्छु”, रोनीले सुनाइन्— ‘‘उनीहरुमाथि यौनहिंसा भएको छ । यौनको हिसाबले पनि हिंसा, श्रमिकको हिसाबले पनि हिंसा । बालकभन्दा बालिका दोहोरो हिंसामा छन् ।”

 रजस्वलाबारे पढाउन लजाउने शिक्षक

सीमान्तकृत बालिकाका लागि शिक्षा दिन पनि ठाउ“ठाउ“मा जान्छिन् रोनी । यौन शिक्षा दिन्छिन्, प्रजनन् स्वास्थ्यबारे जानकारी दिन्छिन् बालिकालाई । महिनावारीको विषयमा बहस चलाउ“छिन् । परिवार नियोजनबारे जानकारी दिन्छिन् । महिनावारीको समयमा कसरी सफा हुने, केकस्ता खानेकुरा खाने भनेर सिकाउन ‘मिन्सुरेसन हाइजिन’ कार्यक्रम पनि सञ्चालन गर्छिन् ।

“मिन्सुरेसन हाइजिन विषयमा बहस चलाउन सजिलो छ र ?” रोनीलाई सोधें।

जबाफमा भनिन्— “कहाँ सजिलो हुनु ? सारै गारो छ । हाम्रो संस्कारले पनि यो विषयमा बोल्न दिँदैन । परिवारका अगाडि भन्न कठिन हुन्छ महिनावारीबारे । परिवार नियोजनका साधनबारे पनि बोल्न कठिन हुन्छ । कन्डम, पिल्स जस्ता शब्द उच्चारण गर्नसमेत समस्या हुन्छ ।”

घरमा मात्र होइन, घरबाहिर पनि समस्याको विषय बनाइएको छ महिनावारी । स्कुलमा झन् समस्या । सरकारी स्कुलमा त छात्राका लागि छुट्टै शौचालय पनि कमै होलान् । केही वर्षयता यो विषयमा बहस हु“दै आएका छन् । बहसको परिणाम कुनैकुनै स्कुलमा छात्रामैत्री शौचालय बन्न थालेका छन् ।  

“एउटै शौचालयमा जानुपर्छ । त्यही भएर महिनावारीको बेला स्कुलै आउँदैनन् छात्राहरु”, रोनीले सुनाइन्— “छात्रालाई सजिलोका दापथ हामीले छात्रामैत्री शौचालय चाहिन्छ भनेर अभियान चलायौं । डस्टबिन चाहियो, पानी चाहियो, सेनेटरी प्याड चाहियो भनेर आवाज उठायौं । टाइ, बेल्ट जस्तै सेनेटरी प्याड पनि अनिवार्य गर्नुप¥यो । यस्तो गर्ने दायित्व स्कुलकै हो ।”

महिनावारीबारे चेतनै छैन हाम्रो समाजमा । छलफलै हुँदैन । आमाले छोरीलाई यसबारे सिकाउने प्रवृत्ति छैन । रोनीले आफ्नै अनुभव सुनाइन्— “मैले मेरो यसरी रगत बग्यो भनेर साथीलाई सुनाए“ । साथीले त त“लाई क्यान्सर भयो भन्दिई । पहिलो पटक महिनावारी हु“दा क्यान्सर भयो कि भनेर डराउने किशोरीको सङ्ख्या ठुलै छ । रगत बग्नुको कारण थाहा नपाएपछि किन बग्यो किन बग्यो ! अन्योलमा हुन्छन् किशोरी ।”

९ कक्षामा पढ्दा पहिलो महिनावारी भएछ रोनीलाई । त्यति बेलासम्म महिनावरीबारे कसैले भनिदिएनछन् । स्कुलको कोर्समा थियो तर सरले त्यो पाठ पढाएनन् लाजले— “यस्ता कुरा पढाउनुपर्दा शिक्षकहरु नै अप्ठ्यारो मान्थे । त्यो पाठै स्केप गर्थे सरले । अनि कसरी थाहा पाउनु हामीले ?

स्वास्थ्य विषयमा पढ्नुपर्छ यसबारे । पाठेघरको चित्र बनाउनुपर्छ । वयस्क महिलाको मासिक चक्रबारे पनि पढ्नुपर्छ । तर, हाम्रो ब्याचका कसैले पनि पढेनन् यो कुरा । किनभने वातावरण नै त्यस्तै थियो।”

घरमा आएर आमालाई सुनाइछन् रोनीले— “आमा ‘नछुनी भइछस्’ भन्दै हाँस्नुभयो । आफूलाई कस्तो तनाव भएको थियो, आमाचाहिँ हास्नुहुन्छ । रगत कति गयो ? भनेर सोध्नुभयो । पहिलोचोटि धेरै आउन सक्छ भन्नुभयो । मलाई निकै ब्लिडिङ भएको थियो, प्यान्टी पूरै भिजेको ।”

शरीर वृद्धि भयो, थाहा छैन

किशोरावस्थामा शरीरमा परिवर्तन आउ“छन् तर किशोरकिशोरी पत्तो पाउ“दैनन् । रजस्वला हुन्छ, किन रगत बग्यो ? बालिका पत्तो पाउ“दैनन् । सुन्दा सामान्य लागे पनि किशोरीका लागि ठुलो समस्या हुन्छ रजस्वला । पहिला राम्रा विद्यार्थी यही समयमा कमजोर हुन्छन् । कतिले स्कुलै छाड्छन् । किशोर अवस्थाबारे धेरैलाई ज्ञान हु“दैन । उमेरसँगै शरीरको विकास हु“दै जान्छ, त्यो पनि अस्वाभाविक लाग्छ । आवाज परिवर्तन हु“दै जान्छ । किशोरहरुमा दाह्रीजुँगा उम्रन थाल्छन्, किशोरीका स्तन बढ्न थाल्छन् । किशोरको शरीर सिधा र छाती चौडा हु“दै जान्छ, किशोरीको शरीर डोलो र कम्मर पातलो हुन थाल्छ । जनेन्द्रियमा परिवर्तन आउन थाल्छ । यौनाङ्गको विकास हुन थाल्छ । शरीरका केही भागमा रौं पलाउन सुरू हुन्छ । नाभीमुनि र जा“घमाथिको भाग, काखीमुनि रौं पलाउन थाल्छन् । सुरूमा कोमल, मसिना रौं देखिन्छ, बिस्तारै बाक्लो हु“दै जान्छ । यो बाल्यकाल र जवानीबिचको समय हो। 

किशोरावस्था १२–१३ वर्षदेखि सुरू भएर १६–१७ वर्षसम्म रहन्छ । केटीहरुमा किशोरावस्था चा“डै सुरू हुने मानिन्छ । किशोरी अवस्थामा पुगेपछि थुप्रै समस्या बेहोर्नुपर्छ । परिवर्तबारे ज्ञान नहु“दा धेरैले लुकाउन खोज्छन् तर प्रकृति लुक्ने कुरै भएन।

   स्कुल स्कुलमा रजस्वला बहस 

किशोरीले झेल्नुपरेका समस्यामध्ये मुख्य हो रजस्वला । यसमा कस्तो समस्या झेल्नुपरेको छ ? ठाउ“पिच्छे फरक छन् रजस्वलाका नियम, जातिपिच्छे फरक ।

किशोर उमेर प्रवेश गर्ने बेलामा बेहोर्नुपर्ने समस्याबारे बहस गर्न स्कुल स्कुल गएको थिए“ म पनि । कक्षा ६ देखि माथिका किशोरीका महिनावारी अनुभव सुनेको थिए“ । विभिन्न क्षेत्र, जाति र समुदायका किशोरी समेटेर कुराकानी गर्दा सबैका अनुभव उस्तै उस्तै थिए— पुरूषलाई छुनु नहुने, बेग्लै घरमा बस्नुपर्र्ने इत्यादि ।  

रजस्वला प्राकृतिक कुरा हो तर हाम्रो सामाजिक संरचनाले स्वाभाविक प्रक्रियालाई पनि जटिल बनाइदिएको छ । खास गरी क्षत्रीबाहुन समुदायमा व्याप्त कतिपय कुरीतिले यसलाई समस्या बनाएको हो । समाजले राम्रो वा नराम्रो मान्ने कुरा अर्को हो तर आफूले पनि के हो के भन्नुपर्ने अवस्था छ सबैको ।

भयावह छ पश्चिम नेपालमा रजस्वलाको समस्या । छाउपडी प्रथाले चिनिने चलनमा रजस्वला हुनासाथ घरदेखि परको गोठमा गएर बस्नुपर्छ।

छाउगोठमा बस्ता यौन दुव्र्यवहार भएका घटना सार्वजनिक हुने गरेका छन् । यस प्रथा विरूद्ध अनेकौं लेख लेखिए, किताब छापिए । वृत्तचित्र बनेका छन् । यसलाई हटाउनुपर्छ भनेर अभियान चलाइएका छन् । सर्वोच्च अदालतले समेत यस्तो प्रथालाई कुरीतिको संज्ञा दिएको छ । आवश्यक कानुन र निर्देशिका बनाएर छाउपडी प्रथा अन्त्य गर्न २०६२ भदौ १९ गते सर्वोच्चले सरकारलाई आदेश पनि दियो तर समस्या जहा“को त्यहीँ छ ।

उक्त आदेशमा ‘मन्त्रिपरिषद्ले यसलाई कुरीति घोषणा गर्नुपर्ने, स्वास्थ्य मन्त्रालयले टोली बनाई यो प्रथाबाट महिला र बालबालिकामा परेको असर र समाधानको उपाय पहिचान गर्नुपर्ने, स्थानीय विकास मन्त्रालयले स्थानीय निकाय परिचालन गरी जनचेतना फैलाउनुपर्ने, महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयले अन्त्य गर्न निर्देशिका बनाई जारी गर्ने’ भनिएको छ।

त्यही निर्देशनका आधारमा सरकारले तत्कालीन र दीर्घकालीन योजना बनाएर निर्देशिका बनाएको थियो ।

किशोर अवस्थामा आएपछि शरीरका विभिन्न ग्रन्थिहरू विकसित हुन्छन् । किशोरकिशोरीमा एन्ड्रोजेन, एस्ट्रोजेन, प्रोजेस्ट्रेरोन, टेस्टोस्टेरोन जस्ता हर्मोन (ग्रन्थिरस) निष्क्रमण हुन्छ । यस्ता हर्मोनलाई सेक्स हर्मोन पनि भनिन्छ।

एन्ड्रोजेन किशोरको अण्डकोषमा बन्छ । आवाज धोद्रो हुनु, स्वभाव गम्भीर हुनु यही हर्मोनको भूमिका हो । दाह्रीजु“गा आउने, वीर्य बन्ने आदिमा यसै हर्मोनले भूमिका खेल्छ, केटामा पुरुषका गुण विकसित गराउ“छ । किशोरीको गर्भाशयमा पनि बन्छ यो हर्मन थोरै मात्रामा । यही हर्मोनको गडबडीले अनुहारमा जु“गा आउने, स्वर धोद्रो हुने जस्ता समस्या केही किशोरीमा पनि आउन सक्छन् ।

एस्ट्रोजेन हर्मोनले हो केटीको मासिक धर्म सुरू हुने । डिम्बाशयमा डिम्ब पाक्ने बेलामा यही हर्मोनले गर्भाशयमा परिवर्तन हुन्छ । किशोरीको आवाज सुरिलो हुन थाल्छ । यौनाङ्गमा रौं आउने जस्ता परिवर्तन यही हर्मोनले हुन्छ । डिम्बाशयमा बन्ने यो हर्मोनलाई स्त्री हर्मोन पनि भनिन्छ।

प्रोजेस्टेरोनचाहिँ प्रोगे्रसन हर्मोन हो । महिनावारी भएको दुई सातापछि बन्छ यो हर्मोन । पुरुष–महिलाबिच शारीरिक सम्बन्ध भएपछि बन्ने हो यो हर्मोन । डिम्बाशयमै बन्ने यो हर्मोनलाई मातृत्व हर्मोन पनि भनिन्छ । यो हर्मोनले बच्चा गर्भमा रह“दा पालनपोषण गर्ने, खाना लैजाने जस्ता काम गर्छ । गर्भ बसेन भने यो हर्मोन बन्दैन।

टेस्टोस्टेरोन हर्मोन पुरुषमा बन्छ। यसैले हो महिला र पुषमा देखाउने फरकपन । अण्डकोषमा बन्ने यस हर्मोनले विशेषतः पुरुष प्रजनन प्रणालीलाई सक्रिय बनाउँछ।

हर्मोन रगतमा मिसिएको हुन्छ । यिनै हर्मोनले गर्दा शरीरमा परिवर्तन आएका हुन् । शरीरमा मात्रै होइन, मन र मस्तिष्कमा पनि परिवर्तन ल्याइदिन्छन् हर्मोनले । किशोरी– किशोरप्रति र किशोर किशोरीप्रति आकर्षित हुनु हर्मोनकै कारण हो । यसलाई प्राकृतिक मानिन्छ र सो आकर्षणले एकअर्कामा प्रेम, सम्मान र समर्पण वृद्धि हुन्छ। यस्तो परिवर्तन मान्छेमा मात्रै होइन, पशुपक्षीमा पनि हुन्छ । शरीरको बाहिरी परिवर्तन प्रजनन् कार्यका लागि तयार भएको सङ्केत पनि हो यो। किशोर अवस्थामा आएपछि प्रजनन कार्य यौन भावनास“ग जोडिएको हुन्छ । प्रजनन् अङ्गले नया“ जीव जन्माउँछ । कति किशोरकिशोरी यही उमेरमा बहकिएर एकअर्कामा समर्पितसमेत हुने गर्छन् ।

धेरै किशोरी अझै यस्तो शिक्षाबाट वञ्चित छन् हाम्रो समाजमा ।  

 

मिन्सुरेसन हाइजिन  

 महिनावारीको समयमा स्वास्थ्यको विशेष ख्याल राख्नुपर्छ भनेर कमै किशोरीले मात्र शिक्षा पाएका छन्। महिनावारीको समयमा  योनिबाट रगत बग्छ। तर, कहिलेकाहीँ योनिबाट रातो पानीको सट्टा सेतो पानी पनि बग्न  सक्छ। कमजोरी भयो भने पनि सेतो पानी बग्छ, निरन्तर आइराखे गनाउँछ । भिरिङ्गी रोग लाग्ने जस्ता समस्या पनि हुन सक्छन् । यस्तो देखिएमा जँचाइइहाल्नुपर्छ।

प्याड छनोटमा पनि ध्यान दिनुपर्छ महिलाहरूले । कस्ता प्याड राम्रो, कस्ता नराम्रो भनेर जान्नुपर्छ । बजारमा पाइने स्यानेटरी प्याडमा रसायन हुन्छ। धेरै महिलामा यस्ता रसायनले एलर्जी भएका घटना पनि छन् । त्यही भएर आफैं बनाउन सके राम्रो हुन्छ । आफैं बनाउने तरिका सिकाउन राधा पौडेल लगायत अभियन्ता सक्रिय थिए कुनै बेला।

सुतीको कपडा लगायो भने रगत बढी सोस्छ । बजारका भन्दा घरेलु लगाउनु राम्रो हुन्छ। प्याड लाउँदा पनि होस पुरयाउनुपर्छ, कपडा सुतीकै लगाउनुपर्छ। प्याड भिज्नासाथ बदलिहाल्नुपर्छ। कपडा खुकुलो र आरामदायी लाउनुपर्छ, त्यसबाहिर पेन्टी । पेन्टी लाएपछि प्याड तल सर्दैन।

गह्रौं काम गर्नु हु“दैन महिनावारीका बेला । खानेकुरामा पनि ध्यान दिनुपर्छ । खानेकुरा पोसिलो हुनुपर्छ भिटामिन, प्रोटिन, आइरन  

आदि पाइने। सकेसम्म बढी झोलिलो कुरा खानुपर्छ।

प्रसङ्ग पो महिनावारीको। त्यहीभित्र पनि अनेक कथा छन्। महिनावारीको समस्याले थुप्रै आमाहरू पीडित छन् । महिनावारीमा वास्ता नहु“दा थुप्रै महिलाले शारीरिक समस्या बेहोर्नुपरेको छ । धेरैको प्रजनन् स्वास्थ्य बिग्रिएको छ । किशोरावस्थामै यसबारे जानकारी दिन सकेको भए थुप्रै आमाहरुले पाठेघरको समस्या बेहोर्नुपर्ने थिएन । मैले कुरा गरेकामध्ये अधिकांश किशोरीका आमाका स्वास्थ्य बिग्रिएका थिए ।  

“गाह्रो छ नि दाइ किशोरीलाई”, रोनीले सुनाइन्— “५० रूपैयाँको प्याड किन्न सक्ने अवस्थाका समेत छैनन् । महिनावारी हु“दा फोहोर टालो लाउने गरेका थुप्रै केस भेटेकी छु मैले ।”

स्कुल स्कुलमा किताब, कापी, कलम बा“ड्दै हिँड्ने एनजीओको ध्यान सेनेटरी प्याड बा“ड्नतिर किन नगएको होला ? स्कुलमा खाजाको व्यवस्था गर्ने सरकारले किशोरीका लागि सेनेटरी प्याड किन नबनाएको होला ? स्कुलमा शौचालय बनाउने अभियान चलाउनेहरुमा त्यही शौचालयलाई छात्रामैत्री बनाउनुपर्छ भन्ने सोच किन नआएको होला ? आखिर महिनावारी समस्याकै कारण किशोरी मानसिक तनावमा हुन्छन् । पढाइसमेत छुट्छ । यस्तो विषयमा घरघरमा बहस किन नभएको होला ? यथार्थमा मासिक धर्ममा पनि गरिबी जोडिएको छ, गरिबीस“ग श्रमिक समस्या । गरिबीले जताततै छोएकै छ, हिर्काएकै छ ।

भक्तपुर कहानी पनि अरू जिल्लाका जस्तै हुन् । देशभरिका समस्या एउटै हुन्, पात्र मात्र फरक । तिनले भोगेका तरिका मात्र फरक। सबैले दुखै पाएका छन् । दुख पाएका तरीका मात्र फरक तर कथाव्यथा उस्तै –उस्तै । उस्तै – उस्तै तर फरक –फरक कहानी बटुल्दै हिँडिरहेको छु म लामो समय । रोमाञ्चक भएको छ यात्रा।

(लेखक तथा पत्रकार न्यौपानेको पुस्तक ‘दास प्रथाको नया“ रूप’ बाट)  

प्रकाशित: ९ असार २०७८ ११:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App