८ वैशाख २०८१ शनिबार
कला

जन्मदिनको अवसरमा ‘इमानको धरहरा’ सार्वजनिक

डा. राजेन्द्र कोजूद्वारा लिखित कविता संग्रह ‘इमानको धरहरा’ बिहीबार एक कार्यक्रमवीच सार्वजनिक गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ प्राडा देवी नेपालले जुममार्फत् कविता संग्रहको सार्वजनिक गरे।  

कार्यक्रममा प्राज्ञ प्राडा नेपालले विमोचित कविता संग्रहबारे चर्चा गर्दै कविता संग्रहले राजनीतिक अस्तव्यस्ताबारे उत्कृष्ट व्यंग्य गरेको बताए । सबै नीतिको राजा राजनीति भएको र राजनीति ठिक नभएसम्म सबै क्षेत्र व्यवस्थित नहुने अवस्थाको चर्चा गर्दै कविता संग्रहले राजनीतिलाई ठिक ठाउँंमा ल्याउन सहयोग गर्ने विश्वास व्यक्त गरे। 

लेखक डा. कोजूको त्रिचालीसौं वर्ष जन्मदिनको अवसरमा कविता संग्रह विमोचन गरिएको हो । विमोचित कविता संग्रहबारे टिप्पणी गर्दै कवि पदम दाहालले शब्दमा राम्रो तर व्यवहारमा निकृष्टता देखाउने राजनीतिक दल र नेताहरूप्रति कविता संग्रहमा  सशक्त व्यंग्य रहेको जनाए। 

कविताका भाषा सम्पादक हरिप्रसाद ढकालले विमोचित कविता संग्रहको भाषा  र विषय दुवै उत्कृष्ट रहेको बताए। पूर्व प्रशाशक  डा. इन्दुल केसीले इमानको खडेरी परेको बेला प्रकाशित  कविता संग्रह उपयोगी हुने बताए।  

पुस्तकको समीक्षा लेखक डा. कोजूकी आफ्नै सुपुत्री मेरिट कोजूले गरेकी थिइन् । त्यस अवसरमा उनले कविता जनभावना अनुसार सबैले बुझ्ने गरी लेखिएको बताइन्।  

विमोचित कविता संग्रहमा राजनीतिक विषयवस्तु केन्द्रित ६० वटा कविता सङ्गृहीत छन् । कविता हाललाई इफर्ममा मात्रै प्रकाशित छ। भविष्यमा पुस्तक आकारमा कविता संग्रह प्रकाशित गर्ने जनाइएको छ ।

प्रकाशित: १० असार २०७८ १३:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App