१० मंसिर २०८१ सोमबार
image/svg+xml

पूर्वडिआइजी सिलवालविरुद्ध पक्राउ पुर्जी

कार्यसम्पादन मूल्यांकनमा आफू पहिलो नम्बरमा रहेको दाबी गर्दै सर्वोच्च अदालतमा पेस गरेको फाराम किर्ते भएको अनुसन्धानमा पूर्वडिआइजी तथा ललितपुर १ का प्रतिनिधिसभा सदस्य नवराज सिलवाल औपचारिक रूपमा जोडिएका छन् । सर्वोच्चको आदेशअनुसार पुस ५ मा आरोपित नखुलाई सरकारी दस्तखत छाप किर्तेमा जाहेरी दर्ता गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले सिलवाललाई पक्राउ गर्न पत्र काटेपछि सिलवाल किर्ते अनुसन्धानमा जोडिएका हुन् ।

पूर्व डिआइजी सिलवालविरुद्ध पक्राउ पुर्जी, सिलवाल भने क्वालालम्पुरमा

महानगरीय प्रहरी परिसर काठमाडौंले सांसद तथा पूर्व डिआइजी नवराज सिलवाललाई पक्राउ गर्न ललितपुर प्रहरीलाई पत्र पठाएको छ।

डिआइजी सिंहले तीन वर्ष बढी जागिर खाएको खुलासा

सशस्त्र प्रहरीका एक डिआइजी तीन वर्ष बढी जागिर खाएको भेटिएको छ। मध्यक्षेत्रीय सशस्त्र प्रहरी रुद्रबाहिनी पथलैयाका डिआइजी नरेन्द्र सिंह सेवाअवधिभन्दा तीन वर्ष बढी जागिर खाएको भेटिएको हो।

राणा भर्सेज पूर्व डिआइजी सिलवाल

मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक नवराज सिलवालको उम्मेदवारीले ललितपुर क्षेत्र नम्बर १ अहिले चर्चामा रहेको छ।

सिलवाल डिआइजीकै हैसियतमा एमाले प्रवेश

राजीनामा दिएर बसेका नेपाल प्रहरीका डिआइजी नवराज सिलवाल प्रहरी कर्मचारी पदमा कायमै रहँदा नेकपा एमाले प्रवेश गरेका छन्।

डिआइजी सिलवालको रिट खारेज

सर्वोच्च अदालतले डिआइजी नवराज सिलवालको रिट खारेज गरिदिएको छ। प्रधानन्यायाधीश गोपाल पराजुली, न्यायाधीशहरु ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, प्रकाशमान सिंह राउत, पुरुषोत्तम भण्डारीको बृहद पूर्ण इजलासले रिटको औचित्य नभएको भन्दै मंगलबार खारेज गरिदिएको हो।

एसएसपी श्रेष्ठलाई डिआइजी बनाउन सिफारिस

उपचारका क्रममा कोमामा रहेका एसएसपी राजेन्द्रमान श्रेष्ठलाई बढुवामा छुटाउँदा आलोचित भएको गृह मन्त्रालय र प्रहरी नेतृत्वले डिआइजीको विशेष पद निर्माण गरेर बढुवा सिफारिस गरेको छ।

पदस्थापन नहुँदा प्रहरीमा भद्रगोल : एसएसपी प्रमुख हुने कार्यालयमा डिआइजी

छविलाल जोशी र ठूले राई नेपाल प्रहरीका डिआइजी हुन्। तर यी दुबै महानगरीय प्रहरी परिसर प्रमुखमा थन्किएका छन्। काठमाडौं र ललितपुर परिसर प्रमुख एसएसपी हुने प्रावधान भए पनि गृह मन्त्रालयले पदस्थापन नगर्दा दुवै प्रहरी अधिकारी डिआइजीको फुली लगाएर एसएसपीको भूमिकामा छन्।

डिआइजीले गरे गृहमन्त्रीको आलोचना

नेपाल प्रहरीका डिआईजी सुदीप आचार्यले गृहमन्त्री जनार्दन शर्माद्वारा अगाडि सारिएको प्रहरी संरचना अवधारणाले विखण्डन निम्त्याउने टिप्पणी गरेका छन् । आइतबार गृह मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा उनले यस्तो टिप्पणी गरेका हुन् ।

डिआइजी सिलवाललाई छानवीन नगर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक प्रकरणको अन्तिम फैसला नआएसम्म सो विषयलाई लिएर डिआइजी नवराज सिलवाल केही नगर्न आदेश दिएको छ। मंगलबार सर्वोच्चले महानिरीक्षक नियुक्ति प्रकरण जोडेर डिआइजी सिलवालमाथि छानवीन, निलम्बन वा कुनै अभियोगमा मुद्दा नचलाउन सरकारका नाममा आदेश दिएको हो।

प्रहरी नियन्त्रणमा डिआइजी सिलवालका १० घन्टा

नेपाल प्रहरीका डिआइजी नवराज सिलवाल आफ्नै संगठनको नियन्त्रणमा परेका छन्। ललितपुरको बालकुमारी बस्दै आएका उनलाई बिहानै प्रहरी टोली घरमै पुगेर नियन्त्रणमा लिएको थियो।

डिआइजी सिलवाललाई तत्काल थुनामुक्त गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले डिआइजी नवराज सिलवाललाई तत्काल थुनामुक्त गर्न आदेश दिएको छ । प्रधानन्यायाधिस सुशिला कार्कीको एकल इजलासले सोमबार सिलवाललाई निर्पध्वज निरौलाको रोहवरमा वरिष्ठ अधिवक्ता शम्भुको थापाको जमानीमा तत्काल थुनामुक्त गर्ने दिएको हो ।

डिआइजी सिलवालको रिटमा अन्तरिम आदेश भएन

प्रकाश आर्याललाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने सरकारको निर्णय रोक्न माग गर्दै डिआईजी नवराज सिलवालले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।

अख्तियारमा डिआइजी सुवेदी

प्रहरी प्रधान कार्यालयको महानिरीक्षक सचिवालयमा रहेका डिआइजी देवेन्द्र सुवेदी अख्तियार दुरुपयोग अनुसन्धान आयोग सरुवा भएका छन्। एक महिनादेखि रिक्त रहेको अख्तियारस्थित प्रहरी महाशाखा प्रमुखमा गृहमन्त्री स्तरीय निर्णयबाट उनलाई लगिएको हो।

पूर्वमन्त्री गुप्ताले धम्काएकी महिला डिआइजी पत्नी हत्याकान्डकी आरोपी

पूर्वमन्त्री श्याम सुन्दर गुप्ताले अपहरण गर्ने धम्की दिएकी महिला गीता ढकाल हत्याकाण्डकी आरोपी भएको खुलेको छ। महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार श्रीमती हत्या आरोपमा कारागारमा रहेका सशस्त्रका बर्खास्त डिआइजी रन्जन कोइरालासँगै आरोपी रहेकी तारा रेग्मीलाई गुप्ताले धम्काएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्