२७ आश्विन २०८१ आइतबार
image/svg+xml

वर्षाले बुढासुब्बा गोल्डकप प्रभावित, उद्घाटन खेल आइतबार हुने

वर्षाका कारण शनिबार बुढासुब्बा रेडबुल गोल्डकपको २१ औं संस्करण सुरु हुन सकेन। धरान १६ स्थित रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेल अब आइतबार मात्रै हुने भएको छ।

आजदेखि बुढासुब्बा गोल्डकप

दुई दशकदेखि निरन्तर आयोजना भइरहेको अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको २१ औँ संस्करण शनिबारदेखि शुरु हुँदै छ। धरान–१६ स्थित रंगशालामा हुने प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएर उद्घाटनको मात्र प्रतिक्षा रहेको आयोजक धरान फुटबल क्लबले जनाएको छ। आजको उद्घाटन खेलमा काठमाडौंको संकटा क्लब र झापाको मेची नेत्रालय केएफटिसीले प्रतिस्पर्धा हुनेछ।

आगलागीमा परी ब्राजिलमा १० फुटबल खेलाडीको मृत्यु

ब्राजिलको लोकप्रिय फुटबल क्लब फ्लामेङ्गो फुटबल क्लबका १० खेलाडीको मृत्यु भएको छ। क्लबको कार्यालयमा शुक्रबार आगलागी भएपछि आगोमा जलेर उनीहरूको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्।

‘बी’ डिभिजन लिग शुक्रबारदेखि

शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिता शुक्रबारदेखि एन्फा कम्प्लेक्स मैदान सातदोबोटोमा सुरु हुँदैछ।

बार्सिलोना र रियल मड्रिडको खेल बराबरीमा

स्पेनिस फुटबल प्रतियोगिता कोपा डेल रेको सेमिफाइनलको पहिलो लेगमा रियल मड्रिड बार्सिलोनासँग १–१ गोलको बराबरीमा रोकिएको छ।

आर्मी क्वार्टरफाइनलबाटै बाहिर

भर्खरै इटहरीमा सम्पन्न मदन भण्डारी गोल्डकप उचालेर पोखरा आइपुगेको त्रिभुवन आर्मी क्लब छैटौं संस्करणको मनकामना केवलकार पोखरा कपको क्वार्टरफाइनलबाटै रित्तो हात फर्किएको छ। दोस्रो रोजाइको टोली उतारेको आर्मी क्यामरुनी टोलीसँग ४–१ को फराकिलो अन्तरमा पराजित भयो। सुदूरपश्चिमको खप्तड गोल्डकपमा पराजय भोगेसँगै नेपाली भूमिमा फुटबल खेल्न उत्रिएको क्यामरुनी डफिन्स क्लबले सोमबार सेमिफाइनल यात्रा तय गर्‍यो।

तिलोत्तमा गोल्डकप फागुन २ देखि, विजेताले ८ लाख ८० हजार पाउने

२१ औं संस्करणको तिलोत्तमा गोल्डकप आउँदो फागुन २ देखि हुने भएको छ। बुटवल देविनगरस्थित एन्फा एकेडेमीको खेल मैदानमा हुने गोल्डकप फागुन ११ सम्म सञ्चालन हुनेछ। प्रतियोगिता रुपन्देही जिल्ला फुटबल संघको आयोजना तथा बुटवल उपमहानगरको संरक्षकत्वमा आयोजना हुनेछ।

नेपालले पहिलाे खेल म्यानमारसँग खेल्ने

नेपालले भारतमा हुने अन्तर्राष्ट्रिय महिला फुटबलको पहिलो खेलमा म्यानमारसँग खेल्ने भएको छ। भारतीय फुटबल महासंघले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले माघ २६ गते म्यानमारसँग खेल्न लागेको हो। सोही दिन आयोजक भारत र इरानबीच उद्घाटन खेल हुनेछ।

जापानलाई स्तब्ध पार्दै कतारले जित्यो एसिया कप फुटबलको उपाधि

कतारले पहिलो पटक एसिया कप फुटबलको उपाधि जितेको छ। युएईको आबुधावीस्थित शेख जायेद स्पोर्टस सिटी रंगशालामा शुक्रबार बेलुकी सम्पन्न खेलमा चार पटकको विजेता जापानलाई ३–१ ले पराजित गर्दै कतारले उपाधि जितेको हो।

क्यामरुनी टोलीकाे विजयी सुरुआत

क्यामरुनी डाफिन्स फुटबल क्लबले छैटौं मनकामना केवलकार कपमा जितबाट खेलको सुरुआत गरेको छ। दुई दिनअघि नै पोखरा आइपुगेको क्यामरुनी टोलीले च्यासल युथ क्लब, काठमाडौंलाई १–० ले पराजित गरेकोे छ।

जापान एसिया कपको फाइनलमा, इरानका प्रशिक्षकले दिए राजिनामा

एसियाली पावर हाउस जापान एसिया कप फुटबलको फाइनलमा प्रवेश गरेको छ। युएईमा सोमबार राति सम्पन्न पहिलो सेमिफाइनल खेलमा इरानलाई ३–० ले पराजित गर्दै जापान फाइनलमा पुगेको हो।

महिला फुटबल टोलीको बिदाइ

अखिल नेपाल फुटबल संघले भारतमा माघ २४ गतेबाट हुने प्रतियोगितामा सहभागी हुने २३ सदस्यीय नेपाली महिला फुटबल टोलीलाई आइतबार बिदाइ गरेको छ।

मदन भण्डारी स्मृति गोल्डकप : मेची नेत्रालयलाई सफलता

दाफिन फेमेली फुटबल क्लब क्यामरूनलार्इ टाइबेकरमा ४-३ मेची नेत्रालय काकडभिट्टा झापा इटहरीमा सुरु भएको दोस्रो मदन भण्डारी स्मृति गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा विजयी भएको छ। इटहरी रंगशालामा शनिबार भएको उद्घाटन खेलमा दाफिन फेमेली फुटबल क्लब क्यामरुनलाई टाइब्रेकरका आधारमा ४–३ गोल अन्तरले पराजित गदै काकडभिट्टा सेमिफाइनलमा प्रवेश गरेको हो।

चौध वर्षपछि पोखरामा अफ्रिकन टोली

१४ वर्षपछि पोखराको मैदानमा अफ्रिकन टोलीले गोल्डकपमा सहभागिता जनाउँदै छ। छैटौं संस्करणको मनकामना केबलकार पोखरा कप २०७५ मा क्यामरुनी टोलीको सहभागिता हुँदैै छ।

महिला फुटबल टोलीको घोषणा

अखिल नेपाल फुटबल संघले भारतमा माघ २४ गतेबाट हुने प्रतियोगिताका लागि शुक्रबार २३ सदस्यीय नेपाली महिला फुटबल टोलीको घोषणा गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्