२६ आश्विन २०८१ शनिबार
image/svg+xml

बार्सिलोना उपाधि नजिक

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले एलाभेसलाई हराएको छ। अवे मैदानमा भएको मंगलबार राति भएको खेलमा एलाभेसलाई २–० ले हराउँदै उपाधि नजिक पुगेको हो।

रियल मड्रिडको शानदार जित

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले एथ्लेटिको बिल्बाओलाई हराएको छ। आइतबार राति घरेलु मैदानमा भएको खेलमा खेलमा एथ्लेलिको बिल्बालाई ३–० ले हराएको हो। रियल मड्रिडको जितमा तीनै गोल करिम बेन्जिमाले गरेका हुन् ।

उपाधिका लागि रुस्लान थ्रीस्टार र बागमती नगरपालिका भिड्दै

तेस्रो राजर्षि जनक कप फुटबल प्रतियोगिताको उपाधि हात पार्नका लागि आज रुस्लान थ्रीस्टार क्लब काठमाडौं र सर्लाहीको बागमती नगरपालिका टिमबीच फाइनल भिडन्त हुँदैछ। दुबै टिम १० लाख नगद सहित राजर्षि जनक कपको प्रथम उपाधी चुम्नका लागि दिउँसाे ३ बजे मैदानमा उत्रदैछन्।

महिला फुटबलमा एपिएफको गोल वर्षा

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता बिहीबार महिला फुटबलमा एपिएफ र आर्मीले रबाफिलो जित हात पार्दा प्रदेश–२ ले पनि सुखद नतिजालाई दोस्रो दिन पनि निरन्तरता दिएको छ।

पोर्टोलाई हराउँदै लिभरपुल सेमिफाइनल प्रवेश

लिभरपुल च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।बुधबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमाएफसी पोर्टोलाई ४–१ ले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो। पहिलो लेगमा २ ० ले विजयी भएको लिभरपुल समग्रमा ६–१ ले विजयीभएको हो।

एएफसी छनोट खेल्ने महिला टोली घोषणा

एशियाली फुटबल महासङ्घ (एएफसी) छनोटको दोस्रो चरण खेल्ने यू–१९ महिला राष्ट्रिय फुटबल टोलीको मंगलवार बिहान घोषणा गरिएको छ। अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार सरु लिम्बूको कप्तानीमा २३ सदस्यीय टोलीको नाम सार्वजनिक गरिएको हो।

भुटानको सहज जित

तेस्रो राजर्षि जनक कप फुटबल प्रतियोगिताअन्तर्गत सोमबार भुटानको पारो फुटबल क्लबले मगमग झापाविरुद्ध सहज जित हात पारेको छ। सातौं मिनेटमै रातो कार्ड खानाका बावजुुद १० खेलाडीमा सीमित भुटानले झापालाई ३–० ले पराजित गरेको हो। जितसँगै भुटानी टोली सेमिफाइनल प्रवेश गरेको छ।

रियल मड्रिड बराबरीमा रोकियो

स्पेनिस ला लिगा फुटबल अन्तर्गत रियल मड्रिडले लेगानेससँग बराबरी खेलेको छ। सोमबार राति अवे मैदानमा भएको खेलमा कमजोर मानिएको टिम लेगानेसँग १–१ को बराबरीमा रोकिएको हो।

क्वार्टरफाईनलमा चेल्सीको संघर्षपुर्ण जित

युरोपा लिग फुटबलको खेलमा चेल्सीले संघर्षपुर्ण जित निकालेको छ। बिहिबार राति भएको क्वार्टरफाईनलको पहिलो लेगको खेलमा चेल्सीले संघर्षपुर्ण जित निकालेको हाे। खेल सकिन चार मिनेट बाँकी छँदा चेल्सीले चेक टोली स्लाभिया प्रागलाई १–० गोल अन्तरले हराएको हो ।

क्वाटरफाइनलको पहिलो लेगमा बार्सिलोना विजयी

च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा स्पेनिस क्लब बार्सिलोनाले विजयी भएको छ। बुधबार राति भएको खेलमा बार्सिलोनाले इंलिस क्लब म्यानचेस्टर युनाईटेडलाई १–० गोल अन्तरले जित निकालेकाे हाे।

राजर्षि जनक कप : हिमालयनविरुद्ध एपिएफको कठिन जीत

सर्लाहीको बागमतीमा जारी तेस्रो राजर्षि जनक कप फुटबल प्रतियोगिता अन्तर्गत मंगलबारको खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लब विजयी भएको छ। हिमालयन शेर्पा क्लब काठमाडौंलाई ० का विरुद्ध १ गोल गर्दै एपिएफ ले कठिन जीत निकालेको हो।

‘प्रथम कटारी नगर मेयरकप’को उपाधि कटारी २ लाई

कटारी नगरपालिकामा आयोजित ‘प्रथम कटारी नगर मेयरकप फुटबल प्रतियोगिता ०७५’ को उपाधि कटारी २ त्रिबेणीले चुमेको छ। त्रिबेणीले कटारी १४ लेखानीलाई शून्यका विरुद्ध १ गोलको सहज अन्तरमा पराजित गर्दै मेयरकपको उपाधि हात पारेको हो।

दाउफिन्सलाई मनमोहन कपको उपाधि

सुनसरीको दुहवीमा भएको तेस्रो मनमोहन कप फुटबल प्रतियोगिताको उपाधि क्यामरुनको दाउफिन्स फुटबल क्लबले जितेको छ।

ओलम्पिक महिला छनोटमा नेपाल भारतसँग पराजित

म्यानामारमा जारी ओलम्पिक महिला फुटबलमा नेपाली टोली शनिबार पराजित भएको छ। शनिबार भारतसँग भएको खेलमा नेपाल ३–१ ले पराजित  बनेसँगै नेपालको अर्को चरणमा प्रवेश गर्ने बाटो बन्द भएको हो।

चैत २५ देखि राजर्षि जनक कप

आगामी चैत २५ गतेदेखि राजर्षि जनक कप फुटबलको तेस्रो संस्करण हुने भएको छ। आयोजक बागमती युवा क्लबले बिहीबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको टाइसिटसमेत सार्वजनिक गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्