५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

बार्सिलोना उपाधि नजिक

एजेन्सी - स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले एलाभेसलाई हराएको छ। अवे मैदानमा भएको मंगलबार राति भएको खेलमा एलाभेसलाई  २–० ले हराउँदै उपाधि नजिक पुगेको हो।

खेलमा दोस्रो हाफमा बार्सिलोनाले दुई गोल गरेको थियो। बार्सिलोनाका लागि कार्लेस एलेना र लुइस स्वारेजले गोल गरे। २१ वर्षका मिडफिल्डर कार्लेसले ५४ औँ मिनेटमा गोल गर्दै बार्सिलोनालाई सुरुवाति अग्रता दिलाए। ६० औँ मिनेटमा पाएको पेनाल्टीमा स्वारेजले गोल गरेपछि बार्सिलोनाको अग्रता दोब्बर भयो। जितपछि बार्सिलोनाको ३४ खेलबाट ८० अंक भएको छ। दोस्रो स्थानको एथ्लेटिको मड्रिडको ३३ खेलबाट ६८ अंक छ।

प्रकाशित: ११ वैशाख २०७६ ००:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App