२७ आश्विन २०८१ आइतबार
image/svg+xml

प्रदेशकै सर्वाधिक धनराशीको राजर्षि जनक कप चैत २५ देखि

राजर्षि जनक कप फुटबल प्रतियोगिताको तेस्रो संस्करण आगामी चैत २५ गतेदेखि हुने भएको छ। आयोजक बागमती युवा क्लबले विहीबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको टाइसिट समेत सार्वजनिक गरेको छ। प्रथम पुरस्कार १० लाख नगदसहित राजर्षि जनक कप तथा दोस्रो पुरस्कार ५ लाख रुपैंया रहेको प्रतियोगितामा दुई विभागीय एवं एक विदेशी टोलीसहित १२ टिमले प्रतिस्पर्धा गर्ने निश्चित भएको क्लबका अध्यक्ष किस्मत मैनालीले जानकारी दिए।

फिफा वरियतामा नेपाल यथावत्

फुटबलको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) वरियतामा नेपाल यथावत् रहेकाे छ। फिफाले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल यथावत् १६१औँ स्थानमा रहेको छ।

फराकिलो हारबाट नेपालको सम्भावना कमजोर

नेपाली महिला फुटबल टोलीले २०२० टोकियो ओलम्पिक एसिया क्षेत्र छनोटको दोस्रो चरणको खेलमा खराब सुरुआत गर्दा म्यानमारसँग ३–१ को लज्जापूर्ण हार बेहोरेको छ।

मेची नेत्रालय सेमिफाइनलमा

विभागीय नेपाल पुलिस क्लब काठमाडौंलाई ४–० ले पराजित गर्दैै मेची नेत्रालय काँकडभिट्टा झापा फुटबल ट्रेनिङ सेन्टर तेस्रो मनमोहन दुहबी गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।

आयोजक मकवानपुरलाई उपाधि

हेटौंडामा जारी भूगर्भ सिमेन्ट सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि आयोजक मकवानपुर ११ ले हात पारेको छ। हेटौंडा १० स्थित वन विज्ञान संस्थानको चौरमा भएको फाइनल खेलमा शनिबार क्यामरुनी ‘दाउफिन्स फुटबल क्लब’ लाई २–१ गोलले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो।

एसइई दिँदै डिफेन्डर चौधरी

नेपाली राष्ट्रिय फुटबल टिमका सेन्टर डिफेन्डर आदित्य चौधरी माध्यमिक शिक्षा परीक्षा (एसइई) २०७५ दिइरहेका छन्।

नेपाल र अफगानिस्तान प्रतिष्ठाका लागि भिड्ने

कतारको दोहास्थित स्पोर्ट्स सिटी सेन्टरमा हुने खेल नेपाली समय अनुसार राति ९ः४५ बजे दुवै टोली विजयी लक्ष्यका साथ मैदानमा उत्रनेछन् । खेल दुवै टोलीको लागि प्रतिष्ठाको लागि मात्र हुनेछ।

दोस्रो अभ्यास खेलमा कुवेतसँग नेपाल पराजित

कुवेतसँगको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय फुटबल टोली १–० ले पराजित भएको छ। नेपाल पहिलो खेलमा गोलरहित बराबरीमा रोकिएको थियो। खेलको २९ औं मिनेटमा कुवेतले पेनाल्टीमार्फत निर्णायक गोल गरेको हो।

खोटाङलाई एन्फाको सदस्यता

खोटाङले अखिल नेपाल फुटबल संघको अस्थायी सदस्यता प्राप्त गरेको छ। फुटबल संघ गठन गरी जिल्लामा फुटबलको व्यावसायिक विकास र विस्तारका लागि अनुरोध गरिएअनुसार एन्फाले एक वर्षका लागि अस्थायी सदस्यता प्रदान गरेको हो।

पाँचथर गोल्डकप चैत–२३ देखि, विजेतालाई ४ लाख

तेस्रो पाँचथर गोल्डकप फुटबल प्रतियोगिता चैत–२३ देखि सुरु हुने भएको छ। आइतबार फिदिममा पत्रकार सम्मेलन गर्दै आयोजक पाँचथर क्बलले प्रतियोगिताको तयारी तीव्र बनाइएको जानकारी दिएको हो।

साफले चिनायो विराटनगर

नेपाली फुटबलको इतिहासमा विराटनगरले विभिन्न तरिकाबाट इतिहास रच्दै आएको छ। विराटनगर राजनीतिक कारणले मात्र चर्चित छैन, खेलक्षेत्रका कारण पनि चर्चामा छ। अन्तर्राष्ट्रिय स्तरमा भने भारतका केही स्थानबाहेक अन्य मुलुकले थाहा नपाएको ठाउँ हो विराटगर। तर यो सहर अहिले एकाएक अन्तर्राष्ट्रिय स्तरमा पनि चर्चामा आएको छ।

गाेलकिपर किरण नायक बन्दा कुवेतसँग नेपालकाे बराबरी

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपालले कुवेतसँग गोलरहित बराबरी खेलेको छ। कुवेतको अलसबाब रंगशालामा बिहीबार राति सम्पन्न खेलमा नेपाली गोलकिपर किरण चेम्जोङले उत्कृष्ट प्रदर्शन गरेपछि कुवेतलाई नेपालले बराबरीमा रोकेको हो।

ओमानविरुद्ध नेपालको रक्षात्मक रणनीति

नेपालले एएफसी यु–२३ च्याम्पियनसिपको छनोटअन्तर्गत नेपालले शुक्रबार ओमानसँग पहिलो खेल खेल्दै छ। उक्त खेल नेपालको समयअनुसार साँझ ७ः४५ बजेदेखि दोहा स्पोर्ट्स सिटीको एस्पायर–४ मैदानमा सुरु हुनेछ।

१९ वर्षपछि नेपाल र कुवेत आमनेसामने

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा बिहीबार (आज) नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्दैछ। दुई मैत्रीपूर्ण खेल खेल्न कुवेत पुगेको नेपाली टोलीले आज पहिलो खेल खेल्न लागेको हो। खेल नेपाली समयअनुसार राति ९ः१५ बाट सुरु हुनेछ।

स्वान्सीलाई हराउँदै म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा

स्वान्सी सिटीलाई ३–२ ले हराउँदै म्यानचेस्टर सिटी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। प्रतियोगिताअतर्गत शनिबार राति भएको क्वाटरफाइनलमा सिटीले २–० ले पछि परेको स्थिती उल्ट्याउँदै रोमाञ्चक जित निकालेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्