२७ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

फिफा वरियतामा नेपाल यथावत्

काठमाडौं–  फुटबलको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) वरियतामा नेपाल यथावत् रहेकाे छ। फिफाले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १६१औँ स्थानमा यथावत् रहेको छ। अघिल्लो महीना पनि नेपाल १६१ औं स्थानमा थियो।

दक्षिण एशियाली देशमा नेपाल तेस्रो स्थानमा छ। नेपालभन्दा माथि भारत १०१औं र माल्दिभ्स १५१औं स्थानमा छन्। नेपाल भन्दा तल रहेको भूटान १८६औं, बङ्गलादेश १८८औं, पाकिस्तान २०० र श्रीलङ्का २०२ स्थानमा छन्।

विश्व वरियतामा बेल्जियम शीर्ष स्थानमा छ। फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इङ्ल्याण्ड चौथो, क्रोएसिया पाँचौं, उरुग्वे छैटौं, पोर्चुगल सातौं, स्वीजरल्याण्ड आठौं, स्पेन नवौं र डेनमार्क दशाैं स्थानमा रहन सफल भएका छ्न्। फिफाले सदस्य मुलुकहरुले खेलेको अन्तर्राष्ट्रिय खेलहरुका आधारमा प्रत्येक महिना वरियता सार्वजनिक गर्ने गर्दछ। रासस

प्रकाशित: २१ चैत्र २०७५ ११:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App