२७ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

रियल मड्रिडको शानदार जित

तस्बिरः एजेन्सी

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले एथ्लेटिको बिल्बाओलाई हराएको छ। आइतबार राति घरेलु मैदानमा भएको खेलमा खेलमा एथ्लेलिको बिल्बालाई  ३–० ले हराएको हो। रियल मड्रिडको जितमा तीनै गोल करिम बेन्जिमाले गरेका हुन् । ४७, ७६ र ९० औँ मिनेटमा ७६ बेन्जिमाले गोल गरे।

जितपछि तेस्रो स्थानको रियल मड्रिडको ३३ खेलबाट ६४ अंक भएको छ। शीर्षस्थानको बार्सिलोनाको ७७ अंक छ । पराजित भएको सातौँ स्थानको एथ्लेटिको बिल्बाओको ३३ खेलबाट ४६ अंक रहेको छ । ला लिगा अन्तर्गत आइतबार राति नै भएका अरु खेलमा गेटाफेले सेभिल्लालाई ३–०, भिल्लारियलले लेगानेस तथा भ्यालेन्सियाले रियल बेटिसलाई समान २–१ ले हराए । त्यस्तै लेभान्टे र स्पानियोलले २–२ को बराबरी खेले।

 

प्रकाशित: ९ वैशाख २०७६ ००:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App