१२ मंसिर २०८१ बुधबार
image/svg+xml

सैनिक पोशाक बिक्री वितरण गर्न नपाइने

जिल्ला प्रशासन कार्यालयले यहाँका बजारमा सैनिक पोशाक बजारमा बिक्री वितरण गर्न बन्द गर्ने भएको छ।

९६ विद्यार्थीलाई पोशाक वितरण

जिल्ला खेलकुद विकास समिति खोटाङका अध्यक्ष माईतीराज राईले स्वर्गीय बाबुको सम्झनामा ९६ छात्र/छात्रालाई पोशाक वितरण गरेका छन्।

शिक्षामा एकरुपता ल्याउन एकै प्रकारको विद्यालय पोशाक

शिक्षामा एकरुपता ल्याउन पाल्पाको पूर्वखोला गाउँपालिकाले एकै प्रकारको विद्यालय पोशाक शुरुआत गरेको छ।आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममा समेटेर गाउँपालिकाभित्र सञ्चालित सबै विद्यालयमा एकै प्रकारको पोशाक लगाउने निर्णय भएपछि विद्यालयले विद्यार्थीलाई सोही अनुसार पोशाक वितरण गर्न थालेका छन्।

कोटेश्वरका यातायात मजदूरलाई पोशाक वितरण

कोटेश्वर क्षेत्रमा कार्यरत यातायात मजदूरलाई पोशाक र परिचयपत्र वितरण गरिएको छ। अखिल नेपाल यातायात मजदूर सङ्घले आज एक कार्यक्रम गरी यात्रुमैत्री वातावरण निर्माणका लागि त्यस क्षेत्रमा कार्यरत यातायात कर्मचारी तथा मजदूरलाई पोशाक र परिचयपत्र वितरण गरेको हो।

गैरसैनिकलाई ‘कम्ब्याट’ पोशाक निषेध

नेपाली सेनाका सकल दर्जाले लगाउने सैनिक पोशाक स्थानीय बजारमा सहजरुपमा बिक्री वितरण हुने हुँदा गैरसैनिकले व्यक्तिले ‘फेशन’का रूपमा उक्त पोशाक प्रयोग गरेकाले यसलाई निषेध गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

‘मौलिक पोशाकभित्र पहिचान खोजौैँ'

शताब्दी वाङ्मय पुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीले नेपाली मौलिकता र संस्कृति समेटिएका पोशाकलाई राष्ट्रिय पहिचानको रूपमा विकास गर्नुपर्ने बताएका छन्। राष्ट्रिय पोशाक संरक्षण महाअभियानले शुक्रबार ललितपुरमा आयोजना गरेको औपचारिक राष्ट्रिय पोशाक घोषणामा आम नागरिकको भूमिका विषयक गोष्ठीमा बोल्दै जोशीले मौलिक पोशाकलाई आधुनिक फेसनले मेटाउन लागेको भन्दै युवापुस्ताबाटै मौलिक पोशाकको जर्गेना हुनुपर्ने बताएका हुन्।

प्रदेश प्रहरीको पोशाक फरक हुनुपर्ने समाजबादीको प्रस्ताव

सत्तारुढ उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी, नेपालले प्रदेश प्रहरीको पोशाक छुट्टै हुनुपर्ने प्रस्ताव अघि सारेको छ। समाजवादी पार्टी, नेपालका नेता रामसहाय यादवले नेपाल प्रहरीको भन्दा प्रदेश प्रहरीको पोशाक छुट्टै हुनुपर्ने प्रस्ताव अघि सारेका हुन्।

बंगलादेशी तयारी पोशाक उद्योगमा आगलागी

बंगलादेशको एक तयारी पोशाक उद्योगमा बुधबार भएको भीषण आगलागीका कारण छ जनाको ज्यान गएको प्रहरीले जनाएको छ।

प्रहरीकाे 'एक्सन': घुमुवा प्रहरी हटाइयो

जिल्ला प्रहरी कार्यालय चितवनले सादा पोशाकमा सूचना सङ्कलनका लागि खटाइएका घुमुवा प्रहरी हटाएको छ। ती प्रहरीमध्ये कतिपयले पदको दुरुपयोग गरेको गुनासो बढेपछि छुट्टै विभागको गठन गरेर घुमुवा हटाइएको हो।

घरेलु उत्पादनलाई सरकारी पोशाकमा प्रयोग गरिने

कर्णाली प्रदेश सरकारले महिलाहरुलाई उद्यमशील बनाउन उनीहरुले परम्परागत शैलीमा बनाउँदै आएका घरेलु कपडालाई सरकारी पोशाकका रुपमा प्रयोग गर्ने भएको छ। प्रदेश सरकारले महिलाहरुले उत्पादन गर्दै आएका ढाँका, अल्लोलगायतबाट बनेका कपडालाई सरकारका मन्त्री, प्रदेश सांसद र कर्मचारीले अनिवार्य प्रयोग गर्नुपर्ने व्यवस्था गर्न लागेको हो।

पनौतीका सामुदायिक स्कुलमा एउटै पोशाक

पनौती नगरपालिकाले यसै शैक्षिक वर्षबाट आफू मातहतका सम्पूर्ण सामुदायिक विद्यालयहरुमा एकैनासको विद्यार्थी पोशाक (स्कुल युनिफर्म) लागू गरेको छ। ‘अब पनौती नगरपालिका भित्रका सम्पूर्ण सामुदायिक विद्यालयका विद्यार्थीहरु एकैखाले पोशाक लगाएर विद्यालय आउनेछन्’, इन्द्रेश्वर उच्च मावि पनौतीमा निःशुल्क पोशाक वितरण गर्दै उपमेयर गीता बन्जाराले भनिन्।

विद्यार्थीलाई पोशाक वितरण

दुई विद्यालय गाभिएर एक भएको भक्तपुरको एक विद्यालयका विद्यार्थीले पोशाक पाएका छन्। विद्यार्थी कम भएको भन्दै सूर्यविनायक नगरपालिकाले गत जेठमा महेन्द्र निम्न माध्यामिक विद्यालय र भैरवी आधारभूत विद्यालय समायोजन गरी कटुञ्जे आधारभूत विद्यालय बनाएको थियो।

सिकाइमा भन्दा पोशाकमा जोड

काठमाडौँ महानगरपालिकाले महानगरभित्र चलेका सबैखाले स्कुलहरूमा एउटै ड्रेस लागु गराउने निर्णय गरेको छ । स्थानीय तहको चुनाव सम्पन्न भएको वर्ष दिन पुग्न लाग्दै छ । महानगरले केही काम गरेन भन्ने आरोप चुलिँदै गएको सतहमा चर्चा कमाउने उद्देश्यका दुइटा निर्णयबारे यहाँ विमर्श गर्ने प्रयास गरिएको छ ।

ल्होसारमा झुम्यो राजधानी

गुरुङ पोशाकमा सजिएका केही युवक ढोल, झ्याम्टा, र मादल बजाएर नाचिरहेका थिए। गुरुङ युवती पनि हातमा नाङ्ला र पिर्का प्रदर्शन गरिरहेका थिए। काठमाडौंको टुँडिखेलमा आइतबार देखिएको तमु ल्होसारको दृश्य हो यो। तमु ल्होसारका अवसरमा गुरुङहरू समुदायका व्यक्तिहरूले टुँडिखेलमा परम्परागत चुट्का कौडा नाच, कोडा नृत्यलगायत प्रर्दशन गरे। उनीहरूको नाच हेरेर प्रमुख अतिथि रहेका प्रधानमन्त्री केपी शर्मा ओली मख्ख देखिन्थे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्