अब शिक्षकलाई पोशाक अनिवार्य
बुढीनन्दा नगरपालिकाले शिक्षक र विद्यार्थीलाई पोशाक अनिवार्य बनाएको छ। नगरको शिक्षा नीतिमै फरक पहिचान र चिनारीका लागि सबै शिक्षक र विद्यार्थीले विद्यालय समयमा अनिवार्य पोशाक लगाउनु पर्ने उल्लेख गरिएको छ।

प्रदेशसभा सञ्चालन नियमावली मस्यौदा समितिले कर्णालीको पहिचान झल्कने चिन्ह र पोशाक निर्धारणका विषयमा छलफल सुरु गरेको छ। समितिका सभापति सीता नेपालीका अनुसार प्रदेश चिन्हको विषयमा दलहरुबीच सहमति भइसकेको छ। पोशाक निर्धारणको जिम्मा भने कार्य व्यवस्था परामर्श समितिलाई दिइएको छ।
दाैरा-सुरुवाललाई राष्ट्रिय पोशाक बनाउन माग गर्दै राजधानीमा फरक शैलीको प्रदर्शन भएको छ। 'नरहे नेपाल, रहँदैनौ हामी नेपाली' भन्ने नाराका सडकमा उत्रिएको युवाको एक समूहले सालको पात बेरेका थिए। पछिल्लो समय नेपाली संस्कृति र राष्ट्रियता माथि विभिन्न कोणबाट प्रहार भइरहेको भन्दै नेपाली राष्ट्रिय पोशाक दाैरा सुरूवाललाई राज्यको तहबाट संरक्षण गर्नुपर्ने उनीहरुले माग गरे।
काठमाडौं—नेपाल लायन्स क्लब स्थापना दिवसको उपलक्ष्यमा मंगलवार राजधानीको गोकर्णेश्वर नगरपालिकामा रहेको जोरपाटी लायन्स एकेडेमीमा अध्ययनरत १ सय ८७ जना विद्यार्थीहरुलाई पोशाक तथा जुत्ता वितरण गरिएको छ।