२० आश्विन २०८१ आइतबार
image/svg+xml

चन्द्रमामा उम्रिएका बिरुवा मरे

चीनको अन्तरीक्ष अभियानले चन्द्रमामा उमारेको कपासका टुसा रातको चिसो खप्न नसकेर मरेको चिनियाँ वैज्ञानिकहरूले बताएका छन्। चिनियाँ अन्तरीक्ष अभियान चांगीले चन्द्रमाको परको भूभागमा लिएर गएका कपासका बिउ टुसाएको भन्दै बेइजिङले मंगलबार फोटा सार्वजनिक गरेको थियो।

काठमाडौँमा चिसो बढ्यो

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आइतवार काठमाडौँको न्यूनतम तापक्रम २ दशमलब ९ डिग्री सेल्सियस मापन गरिएको छ। शनिबार काठमाडौँको न्यूनतम तापक्रम ४ दशमलब ४ डिग्री सेल्सियस थियो।

जेष्ठ नागरिकका लागि रातहमा न्यानो लुगा

डोल्पामा अत्याधिक चिसो बढेपछि जेष्ठ नागरिकलाइ न्यानो लुगा बितरण गरिएको छ। कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले उक्त न्यानो कपडा वितरण गरेको हो। मन्त्रालयको जेष्ठ नागरिक कल्याण (न्यानो लुगा) कार्यक्रम अन्तरगत ठुलीभेरि नगरपालिकाका १,२,३ र ४ वडाका ६० वर्ष माथिका ४० जना जेष्ठ नागरिकलाइ उक्त न्यानो कपडा वितरण गरिएको हो।

चिसोका कारण बिरामी हुने बढे

दुई सातादेखि बढेको चिसोले बिरामी परेपछि राजधानीका विभिन्न अस्पतालमा बिरामी भर्ना भएका छन्। सिकिस्त बिरामीहरुको आइसियुमा भर्ना भई उपचार भइरहेको छ भने मध्यम स्तरको वार्डमा भर्ना गरी उपचार भइरहेको छ।

हिमालपारि ताल जम्ने चिसो

हिमाली जिल्लामा अधिक चिसोका कारण तालतलैया जम्न थालेका छन्। तालको पानी जम्ने गरी मुस्ताङमा चिसो बढेको छ। चिसोका कारण बजार सुनसान छ भने मान्छेको आउजाउ पनि शून्यजस्तै भएको छ।

काठमाडौँको तापक्रम शून्यमा झर्‍याे

काठमाडौँ उपत्यकाको तापक्रम शून्य डिग्रीमा झरेको छ। तापक्रम घटेसँगै साेमबार यस वर्षकै बढी चिसो महसुस गरिएको छ। उपत्यकासहित देशभर चिसो बढेको छ।

स्टाइलिस उलन वेयर

काठमाडौंमा चिसो बढिरहेको छ। कपडा पसल न्यायो लुगाले भरिभराउ देखिन्छन्। जाडो मौसममा पश्मिना, कटन र उलनका लुगाहरू चल्तीमा रहेको व्यापारी बताउँछन्।  सवाह नेपालले चिसोमा विभिन्न डिजाइनका स्टाइलिस उलन ड्रेसहरू बजारमा ल्याइसकेको छ। पछिल्लो समय विभिन्न रंगका उलन कपडाहरूको फेसन चलेको व्यापारी बताउँछन्।

हुम्ला र मनाङमा भारी हिमपात, तापक्रम माइनस २० डिग्री

चिसो बढेसँगै मनाङमा हिमपात शुरु भएको छ। बिहीबार दिउँसाेदेखि हिउँ पर्न सुरू भएदेखि लगातार परिरहेकाे छ। जिल्लाको माथिल्लो भेग खांसार, भीमताङ, गुवाल,मनाङगाउँलगायत ठाउँमा बाक्लो हिउँ परेको छ।

काठमाडौंमा चिसो बढ्ने क्रम जारी

मौसम पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकाको तापक्रम अझै घट्ने क्रममा रहेको जनाएको छ। महाशाखाका अनुसार समान्यतया पुस १५ देखि माघ १५ सम्म तापक्रम घट्ने क्रम जारी रहन्छ। तापक्रम सम्बन्धि यस्तो चक्रअनुसार प्रत्येक वर्ष पुसको सुरूवातासँगै तापक्रम निरन्तर घट्न थाल्छ।

चिसोका कारण बिरामी बढे

सातादेखि बढेको चिसोका कारण अस्पतालहरुमा चिसोका बिरामी बढेका छन्। उनीहरुमा दम, ब्रोकेंल आज्मा, टन्सिल, निमोनियाँ, रुघाखोकी, टाउको दुख्ने, ज्वरो आउनेलगायतका रोग देखिएको अस्पतालका चिकित्सकले जनाएका छन्।

चिसोमा अत्यधिक प्रदूषण

पुस सुरू भएसँगै काठमाडौंलगायत देशभर चिसो ह्वात्तै बढेको छ। सामान्य व्यक्तिका लागि चिसो निकै कष्टकर हुन्छ नै। तर चिसोसँगै बढ्ने प्रदूषण मानव स्वास्थ्यका लागि अत्यन्त घातक हुने वातारणविद्हरू बताउँछन्।

सामुद्रिक चक्रवातले बदली : देशभर चिसो बढ्यो, वर्षा र हिमपातको सम्भावना

बङ्गालको खाडीको दक्षिण–पश्चिमी क्षेत्रमा बनेको चक्रवात ‘फेथाइ’ को प्रभावले नेपालमा मौसम बदली हुनुका साथै केही भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

चिसोमा छालाको स्याहार

सुन्दर अनि चम्किलो अनुहार होस् भन्ने चाहना त कसको पो नहोला । तर, चाहनाले मात्र छाला सुन्दर हुने होइन। त्यसका लागि छालाको नियमित र उपयुक्त स्याहार पनि आवश्यक छ। चिसो होस् वा गर्मी, सबैलाई सुन्दर अनुहार कसरी बनाउने भन्ने चिन्ता हुन्छ। गर्मीभन्दा चिसोमा अनुहारको स्याहार गर्नुपर्ने ब्युटिसियन बताउँछन्।

न्यूनतम तापक्रम घट्यो, हिमपात र वर्षाकाे सम्भावना

पश्चिमी वायुको प्रभावका कारण केही दिनदेखि निरन्तर तापक्रम घट्दै गएकाले चिसो बढेको छ। उक्त वायुको प्रभावले बदली गराउनाका साथै तापक्रम पनि क्रमशः घट्दै गएकाले बढी चिसो महसुश गरिएको हो।

उपत्यकासहित मुलुकभर चिसो बढ्यो

काठमाडौं उपत्यकासहित मुलुकभर चिसो बढेको छ। वायुमण्डलको प्रभावले काठमाडौं उपत्यकामा गत वर्षको तुलनामा यस वर्ष बढी चिसो भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्