३ माघ २०८१ बिहीबार
image/svg+xml

एनआरएन जापानको महिला उपाध्यक्षमा गुरुङको उम्मेदवारी घोषणा

एनआरएन जापानको २०१७-२०१९ कार्यकालको लागि महिला उपाध्यक्ष पदमा अनिता गुरुङ लामाले उम्मेदवारी दिने घोषणा गरेकी छन्। तमुधी जापानको वरिष्ठ उपाध्यक्षसमेत रहेकी गुरुङले सामाजिक कार्यका लागि आफूले उम्मेदबारी दिएको बताइन्।

बच्चा जन्माउन नसक्दा महिलाको मृत्यु

जिल्लाको रास्कोट नगरपालिका–६ निवासी एक महिलाले बच्चा जन्माउन नसक्दा मृत्यु भएको छ । शनिबार बिहान सुत्केरी गराउन जिल्ला अस्पताल कालीकोटमा ल्याइएकी गोरीकला फर्सालको उपचारका क्रममा जुम्ला लैजाने क्रममा मृत्यु भएको छ ।

छोरी पाएको निहुँमा २० वर्षीया महिलामाथि कुटपिट

छोरा र छोरी बराबरीको नारा घन्कीरहेको बेलामा छोरी पाएको निहुँमा कपिलवस्तु नगरपालिका– ५ श्रीरामपुर गाउँ की एक महिलालाई निर्घात कुटपिट गरिएको छ । २० वर्षीया सबिना खातुनलाई उनकै श्रीमान दीलसार र सुसरा ईजहार खाले सार्वजनिक स्थल मै कुटेका हुन् ।

प्रधानमन्त्री देउवाका तीन महिला सारथी

प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रोपटक मन्त्रीमण्डल गरेसँगै तीन महिला मन्त्रीहरुले विभिन्न मन्त्रालयको जिम्मेवारी पाएका छन् । नेपाली कांग्रेसकी अम्बिका बस्नेत, माओवादी केन्द्रकी आशा कोइराला र नेकपा संयुक्तकी मिथिला चौधरीले विभिन्न मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

चोरीको आरोपमा महिलामाथि दुरव्यवहार

आठ हजार चोरेको आरोपमा स्थानीयहरुले एक महिलालाई कालोमोसो दल्दै जुत्ताको माला लगाएर दुरव्यवहार गरेका छन् । बारबर्दिया नगरपालिका – ९ खैरेनीकी २५ वर्षीय गीता शाहीलाई दुरव्यबहार गर्दे स्थानीयले कालोमोसो दलेका थिए । आठ हजार चोरेको आरोप लगाउने स्थानीय सकुनी चौधरीलाई प्रहरीले अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।

पतिको हत्या आरोपमा एक महिला पक्राउ

पतिको हत्या गरेको आरोपमा एक महिलासहित दुई जनालाई प्रहरीले सदरमुकाम सिरहाबाट मंगलबार पक्राउ गरेको छ।

मन्त्रिपरिषद्मा महिला सहभागिताको माग

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल महिला संघले सरकारमा महिलाको ३३ प्रतिशत सहभागिता सुनिश्चित गर्न माग गरेको छ । पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा रहेका बेला महिला संघले सोमबार राधाजनीमा पत्रकार सम्मेलन गर्दै ३३ प्रतिशत महिला सहभागिता सुरक्षित नगरे कडा आन्दोलन गर्ने घोषणा गरेको हो ।

‘महिलालाई उपप्रधानमन्त्री र उपसभापति चाहिन्छ’

नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टीभित्रको ६० र ४० को भागबण्डा अन्त्य हुनुपर्ने बताएकी छिन्। सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेतृ कोइरालाले पार्टीभित्र गुटबन्दी हुनु दुःखदायी कुरा भएको उल्लेख गर्दै भनिन्,‘पार्टीभित्र देखिएको ६० र ४० को भागबण्डा दुर्भाग्य हो । गुटबन्दीको अन्त्य भएन भने पार्टी समाप्त हुन्छ । त्यसैले पार्टीभित्र अब सक्षम, ईमानदार, त्यागी, संघर्ष गरेका र क्षमतावान नेताहरुलाई स्थान दिनुपर्छ ।’

स्थानीय न्यायिक समितिमा महिला नेतृत्व

स्थानीय तह न्यायिक समितिको नेतृत्व महिलाको हातमा पुगेको छ। स्थानीय निर्वाचनबाट उपप्रमुखमा ९० प्रतिशत महिला प्रतिनिधित्व भएकाले स्थानीय न्यायिक समिति महिलाको नेतृत्वमा पुगेको हो।

माईती गएकी महिला मृत फेला

खोटाङमा माईती गएकी महिला शंकास्पद अवस्थामा मृत फेला परेका छन्। जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङकी ३७ वर्षीय देवी बिक वेपत्ता भएको दोश्रो दिन विहिबार मृत फेला परेकी हुन्।

महिला आत्मसुरक्षा अभियन्ता

पेसाले उनी हुन्, पुर्नवास विज्ञ। कार्यालय हो, काठमाडौं आयोजना कार्यान्वयन निर्देशनालय मेलम्ची–२। त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा एमफिल गरिरहेका सुनारसँग खेलाडीको परिचय पनि छ।

'महिला उद्यमीलाई सशक्तिकरण गर्न सरलीकृत कर्जा आवश्यक'

महिला उद्यमी महासंघ नेपालले महिला उद्यमीहरुको क्षमता अभिवृद्धि गर्न औद्यागिक नीति निर्मातासँग एकदिने छलफल गरेको छ। अन्तर्राष्ट्रिय निजी उद्यम केन्द्रको सुझावमा महासंघले राजधानीमा आयोजना गरेको छलफलमा सहभागीहरुले महिला उद्यमीलाई सशक्तिकरण गर्न सरलीकृत कर्जाका साथै प्रभावकारी नीति आवश्यक रहेको बताए।

अब अविवाहित महिला मात्र ट्राफिक प्रहरी

उत्तर कोरियाली सरकारले ट्राफिक प्रहरीको छनौटका लागि सुन्दर युवतीहरू मात्र प्राथमिकता दिने भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्